जनप्रगतिशिल मञ्चको अधिवेशन हुने
बेल्जियम, १६ डिसेम्वर । नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियमको केन्द्रीय समितिका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा बसेको पुर्ण बैठकले मञ्चको सातौं अधिवेशन आगामी २४ फेब्रुअरीमा एन्टवेर्पन, बेल्जियममा गर्ने निर्णय गरेको छ ।
ज्ञात अज्ञात बीर शहिदहरु प्रति एक मिनेट मौनधारणा गरी सुरु भएको उक्त बैठकले अधिवेशन तयारीका लागि विभिन्न समितिहरु समेत गठन गरी जिम्मेवारी सुम्पेको छ । मञ्चको प्रतिवेदन तयारी समितिमा बिष्णु भुजेल, दधिराज घिमिरे र रामबहादुर गुरुङ्ग रहनु भएको छ भने ब्यवस्थापन समितिका लागि लोक दाहाल, प्रकाश पौडेल र जित गुरुङ्गका साथै एन्टवेर्पन क्षेत्रीय समितिलाई जिम्मेवारी दिइएको छ ।
त्यसैगरी प्रचार प्रसार समितिमा दधिराज घिमिरे, चित्र सुवेदी, लिलाधर पन्त, तेज नेपाली, टेकनारायण साप्कोटा र रामहरी घिमिरे रहनु भएको छ भने आर्थिक व्यवस्थापनका लागि लिलाधर पन्त र सम्पूर्ण क्षेत्रीय अध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ ।
बैठकले नेपाली जनप्रगतीशिल मञ्च, बेल्जियमका केन्द्रीय सचिव दामोदरप्रसाद आचार्यलाई संगठनको विधानको मर्म र संगठनको नीति र निर्देशन बमोजिम काम गर्नको लागि पटक पटक मौखिक सुझाव दिदा दिदै पनि आफ्नो गतिबिधिमा सुधार गर्नुको सट्टा प्रतिशोधको भावनाबाट प्रेरित भई १४ सेप्टेम्वर २००७ मा दिनु भएको राजिनामा भन्दै स्वीकृत गरेको छ ।
सचिव दामोदरप्रसाद आचार्यकी श्रीमती भोलाकुमारी आचार्यको मृत्युसंग सम्वन्धित घटनाको प्रकृतिको प्रारम्भिक अध्ययनले दामोदरप्रसाद आचार्यले पारीवारीक वातावरणलाई न्यायिक र भावनात्मक रुपमा सुधार गर्नुको सट्टा भेदभाव तथा अन्यायपूर्ण क्रियाकलाप गरिरहेको अवस्थामा मृत्यु जस्तो जघन्य घटना घट्न पुगेकोले यस घटनाको सत्य तथ्य सार्वजनिक नभए सम्म र उहाँ सामाजिक रुपमा स्थापित नभए सम्मका लागि उहाँलाई मिति १६ डिसेम्वरदेखि लागु हुने गरी नेपाली जनप्रगतिशील मञ्च वेल्जियमको साधारण सदस्यबाट समेत निश्कासन गर्ने निर्णय गरेको छ ।
यसैगरी उहाँकी श्रीमती शोभा आचार्यलाई समेत मञ्चले उक्त मितिबाट नै लागु हुने गरी संगठनको साधारण सदस्यबाट समेत निष्काशन गरेको छ ।