बीबीसी संगीत प्रतियोगिताको पाँचौं स्थानमा भूमी

लण्डन । बीबीसी विश्वसेवाको ७५औँ वारि्षकोत्सवको उपलक्षमा बीबीसीले नव प्रतिभाहरूको निम्ति विश्व संगीत प्रतियोगिताको आयोजना गरेको थियो । यसै अवसरमा विश्वभर छरिएर रहेका १०० भन्दा बढी नेपलीहरूबाट प्राप्त गीत संगीतबाट उत्कृष्ट पाँच गीतहरू बीबीसी नेपाली सेवाबाट छनौट भएकोमा भुमिराज र्राईले गाउनु भएको गीत पाँचौ नम्बरमा पर्न सफल भएको छ ।

'हामी रहुँ या नरहु यो सुन्दर सँसारमा, सुख र दुखका कथा ब्यथाहरू पल पलमा मीठो सम्झना बनिरहन्छ ..' वोलको गीत रमेश साहीले लेख्नु भएको हो भने यस गीतमा किरण कणेलले संगीत दिनु भएको छ ।

गत केही वर्ष यता गीत संगीतमा साधनारत प्रतिभाशाली युवा गायक भूमीराज र्राईको सांगीतिक यात्रा उहाँको पहिलो एलबम सृष्टीबाट आरम्भ भएपछि दोश्रो एलबम दसीसम्म आइपुग्दा नपुग्दै उहाँलाई यो सफलता मिलेको हो ।

बीबीसी नेपाली सेवाले नतिजा प्रसारण गरेपछि बीएफबीएस गोर्खा रेडियो शर्नर्क्लीफसंग कुरा गर्दै भुमिराज र्राईले भन्नुभयो - "यो सफलताले मलाई अब गीत संगीत अपरिहार्य बनाएको छ ।" त्यसोत गायक र्राईले आफ्नो सांगीतिक यात्रामा नेपालका वरिष्ठ देखि कनिष्टसम्मका कलाकारहरूसँगसँगै थुप्रै कार्यक्रमहरू प्रस्तुत गरिसक्नुभएको छ भने हालसालै मात्र प्रभात प्रोडक्सनको ब्यानरमा वेलायतमा निर्मित चलचित्र वास्तविकतामा पनि सशक्त अभिनय गरिसक्नुभएको छ ।

पेशामा वेलायती गोर्खा सैनिक हुनुले हरियो पर्खालभित्र भएपनि मेहनत, लगनशिलता र अन्तर्निहित प्रतिभाले सांगीतिक तथा कलाकारिताको क्षेत्रमा र्राईले ठूलो फड्को मार्दै पर्खाल नाघिसक्नु भएको छ । त्यसैको फलस्वरूप आज बीबीसी जस्तो गरिमामयी सन्चारसँस्थाबाट आयोजित प्रतिभाको खोजीले उहाँको प्रतिभालाई भेटाएको छ । यो भेटले उहाँलाई भविश्यमा नेपाली सांगीतिक जगतको एक नक्षत्र हुने प्रेरणा मिलोस् यही हाम्रो शुभकामना साथै सफलताको निम्ति हार्दिक बधाई ।