योःमरी पुन्ही कार्यक्रम सम्पन्न हुने
लण्डन । नेवार समुदायको प्रमुख चाडहरु मध्येको एक प्रमुख चाड 'योः मरी पुन्ही' पासाः पुच गुठी साउथ इष्ट ब्राञ्च (लण्डन) ले भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको छ ।
विगतमा 'म्ह पुजा' कार्यक्रम सम्पन्न गर्दै आएको पासा पुच गुठीले 'योःमरी पुन्ही' लण्डनमा पहिलो पल्ट मनाउन लागेको हो ।
डिसेम्वर २४ सोमबारका दिन प्लमस्टिड लण्डनमा साँझ ४ बजे देखि १० बजेसम्म आयोजना गरिने उक्त कार्यक्रममा नेवार समुदायका ब्यक्तिहरुको उल्लेखनीय सहभागिता रहने विश्वास गरिएको छ ।