नेपाल फोरम युकेद्धारा सम्मान साँझ
लण्डन, ९ डिसेम्वर । नेपाल फोरम युकेले प्लमस्टिडको सेण्ट प्याटि्रक स्कुल हलमा आईतबार एक बृहद कार्यक्रमको आयोजना गरी बेलायतमा बसोबास गरिरहेका विभिन्न कलाकारहरुलाई सम्मान गरेको छ ।
नेपाली मन्दिर निर्माण कमिटीका अध्यक्ष होम शर्माको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली काउन्सिलर झविन्दप्रसाद अर्याल हुनुहुन्थ्यो भने कलाकार मदन थापा विशेष अतिथि हुनुहुन्थ्यो ।
गोकुल न्यौपानेको संयोजकत्व तथा मनिषकुमार श्रेष्ठको सञ्चालनमा भएको उक्त कार्यक्रमका अतिथि, कलाकार तथा सहभागिहरुलाई विनोद ज्ञवालीले स्वागत गर्नु भएको थियो ।
कार्यक्रमको व्यवस्थापन विनोद ज्ञवाली, राज कटुवाल, महादेव शर्मा, विनोद चिपालु, मिलन खरेल, भारती श्रेष्ठ, हरि पन्त, श्याम शेरचन, श्रीचन्द्र गुरुन र विष्णु ज्ञवालीले गर्नु भएको थियो भने जलपानको ब्यवस्थापन महादेव शर्मा, सचिन श्रेष्ठ, सन्तोष अधिकारीले गर्नु भएको थियो ।
त्यसैगरी अडियो भिडियो शर्मिला श्रेष्ठ र राजेन्द्र गुरुङले ब्यवस्थापन गर्नु भएको थियो भने विनोद चिपालु, गोकुल न्यौपाने र शर्मिला श्रेष्ठले सांस्कृतिक कार्यक्रमको संयोजन गर्नु भएको थियो ।
कार्यक्रममा बेलायतमा लामो समयदेखि विभिन्न किसिमले कलाक्षेत्रमा सेवा गर्दै आउनु भएकोमा कार्यक्रमका विशेष अतिथि कलाकार मदन थापालाई सामाजिक अभिनन्दन गरिएको थियो ।
अभिनन्दनका क्रममा गोकुल न्यौपानेले टोपी लगाई दिनु भएको थियो भने संस्थाका अध्यक्ष रामकुमार अधिकारीले अभिनन्दन पत्र पढेर सुनाउनु भएको थियो र कलाकार मदन थापालाई प्रमुख अतिथि झविन्द अर्यालले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
सन् २००० मा त्यस क्षेत्रमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा महिला स्वर दिनु भएकी कलाकार पुनम गुरुङ दिवंगत हुनु भएकोले उहाँलाई श्रद्धाञ्जली सम्मान दिंदै सम्मान कार्यक्रम सुरु गरिएको थियो ।
७ बर्ष सम्म विविध कलाबाट सामाजिक योगदान गरे वापत मनिषकुमार श्रेष्ठलाई ट्रफि र प्रमाणपत्र दिएर सामाजिक सम्मान गरिएको थियो ।
त्यसैगरी बेलायतमा बसोबास गर्ने विभिन्न कलाकारहरुलाई समेत कार्यक्रममा सम्मान गरिएको थियो । यसरी सम्मानित हुने कलाकारहरुमा ज्ञानेन्द्र गुरुङ, गोपी गुरुङ, सफल शेरचन, टिका गौचन, रोहित अधिकारी, ओम प्रदान, सचिनकुमार श्रेष्ठ, राजकुमार कटवाल, विनोद ज्ञवाली, उज्जवल कार्की, विनोद चिपालु, आयुष श्रेष्ठ, संदिप अधिकारी, विष्णु ज्ञवाली, लोचन क्षेत्रि, अनिता भण्डारी, रोजिना अर्याल, मुना पन्त, सुविष्मा गौतम, अस्मिता गुरुङ, रिना थापा, आशा गुरुङ, सकिला थापा, अनिता अधिकारी, प्रियंका रेग्मी, उमा गुरुङ, मिनी खरेल, एलिना र्घर्ति, समिता थापा, सरिना थापा, स्मारिका गुरुङ, सलिना मल्ल, रेखा तामाङ, प्याटि्रका पाण्डे, एलिना मल्ल, निला वाग्ले, विद्या गुरुङ, सलिना गुरुङ, भावना गुरुङ, स्वस्तिका पुन, टिना गुरुङ, अस्मिता पाण्डे, दिवयानी शर्मा, शर्मिला श्रेष्ठ, पार्वती शर्मा, प्रेमिका गुरुङ, गंगा थापा, बाबुराम शर्मा, अनिता अधिकारी र मन्जेस प्रर्साई हुनुहुन्थ्यो ।
नेपाल फोरम युकेले दक्षिणपूर्व लण्डनमा बसोबास गर्ने नेपाली बालबालिकाहरुलाई नेपाली भाषाको कक्षा सञ्चालन गरिरहेको छ । कार्यक्रममा नेपाली भाषा अध्ययन गर्ने बालबालिकाहरुलाई समेत पुरस्कृत गरिएको थियो । यसरी पुरस्कृत हुने बालबालिकाहरुमा प्रियंका रेग्मी, अनिता अधिकारी, सुभाङ गौतम, सागर गौतम, निश्चल सेन, निशान सेन, प्रणय रेग्मी, र्सार्थक वाग्ले, रोशन अधिकारी, मिनि खरेल, आयुष थापा, रोहण कार्की, प्रसुन श्रेष्ठ, अन्जेस श्रेष्ठ, आयुस्मा जोसी, विप्लव पौडेल, आयुष श्रेष्ठ, अंकिता ढकाल, कृति भण्डारी, स्वस्तीका पुन, सिजन थापा, सुजन थापा, सौजन श्रेष्ठ, सवन पुन र इश्का पुन हुनुहुन्थ्यो ।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै प्रमुख अतिथि काउन्सिलर झविन्द्रप्रसाद अर्यालले विदेशी भुमिमा नेपाली भाषा, कला र संस्कृति प्रति चिन्तित रहेर नेपालीहरुको आफ्नोपनको अस्तित्व परदेशमा टिकार्यराख्न यस्तो कार्यक्रमले टेवा पुग्ने बताउनु भयो । उहाँले यस्तो पवित्र उद्धेश्यमा सञ्चालित कार्यक्रममा आफू प्रमुख अतिथि हुनु पाएकोमा खुसी ब्यक्त गर्दै कलाकारहरुलाई सम्मान गरिने यस खालका कार्यक्रम भविष्यमा पनि गर्दै जानु पर्नेमा जोड दिनुभयो ।
नेपाल फोरम युकेका अध्यक्ष रामकुमार अधिकारीले फोरमले जुनसुकै कार्यक्रम गर्दा पनि समाजको विकासलाई ध्यानमा राखेर गरेको बताउनु भयो । नेपाल फोरम युके सवैको साझा संस्था हो भन्नुहुँदै अध्यक्ष अधिकारीले यस कार्यक्रमबाट कला र संस्कृतिको संरक्षणका लागि योगदान गरेका कलाकारलाई हौसला मिल्ने जसले गर्दा देशको संस्कृतिको संरक्षणमा टेवा पुग्ने बताउनु भयो । उहाँले नेपाली कक्षाका विद्यार्थीलाई समेत पुरस्कृत गरिएकोले यसबाट नेपाली भाषाको संरक्षणमा नयाँ पिढी अभ्रि्रेरित भएको विचार राख्दै नेपालीको अस्तित्व जोगाउन अनिवार्य भएकोले यस्ता कार्यक्रम सहज र व्यवस्थित तरिकाले गर्न नेपाल फोरम युके अर्न्तर्गत नेपाली सांस्कृतिक केन्द्र युकेको ओपचारिक घोषणा गर्नु भयो ।
विशेष अतिथि मदन थापाले सम्मान समारोह आयोजक संस्थाप्रति आभार ब्यक्त गर्नुका साथै धन्यवाद दिदै भन्नुभयो "नेपाली फोरम युकेले मलाई जुन इज्जत दियो यसको मूल्य मैले चुकाउन सकुँला नसकुँला यसले मलाई कलाप्रतिको जिम्मेवारीमा अझ जोड दिएर लाग्नमा प्रेरित गरेको छ ।"
कार्यक्रम संयोजक गोकुल न्यौपानेले नेपाली सांस्कृतिक केन्द्र युकेको कार्यसमिति पूर्ण प्रजातान्त्रिक ढंगले चुनाव सम्पन्न गरी गठन हुने र अहिले संयोजक समिति गठन भएको जानकारी दिनुभयो । गोकुल न्यौपानेको संयोजकत्वमा गठित केन्द्रको ७ सदस्यीय संयोजक समितिमा पार्वती शर्मा, शर्मिला श्रेष्ठ, राज कटुवाल, विनोद ज्ञवाली, विनोद चिपालु र मनिष श्रेष्ठ रहनु भएको छ । संयोजक गोकुल न्यौपानेले केन्द्रले गर्ने कामका सम्वन्धमा बुँदागत रुपमा प्रस्ताव पढेर सुनाउनु भएको थियो । उहाँले कला बचाउन कलाकारलाई बचाउनु पर्छ भन्नुहुँदै कलाकारको बेलाबेलामा सम्मान गर्नु पर्ने विचार राख्नु भयो ।
नव गठित नेपाली सांस्कृतिक केन्द्रले नेपाली समुदायको लागि स्वच्छ मनोरञ्जनका कार्यक्रम गर्ने, जनजातिका मुल्य र मान्यतालाई अंगाल्ने तथा कलाकारको उचित मुल्यांकन गरी कलामा अगाडि बढाउन प्रेरित गर्ने जस्ता उद्देश्य लिएको मनिषकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति होम शर्माले भाषा, संस्कृति, रिति रिवाज हामो पहिचान भएकोले नेपाल फोरम युकेको अंगको रुपमा नेपाली सांस्कृतिक केन्द्रको गठन हुन लागेकोमा खुसी ब्यक्त गर्दै यसको विकासले अनुशासित नेपाली समाजको विकास हुने अभिब्यक्ति दिनु भयो । उहाँले नेपाली सांस्कृतिक केन्द्रको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको थियो ।
कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । कलाकार मदन थापाले सारंगीको धुन बजाएर नेपाली मौलिक वाद्यवादनको परिचय गराउनु भएको थियो । उहाँलाई मादलमा गोकुल न्यौपाने, बाँसुरीमा सुनिल न्यौपाने, ताइमरिङमा रवीन्द्र थापाले साथ दिनु भएको थियो ।
त्यसैगरी रोहित अधिकारी र रवीन्द्र थापाले गीत गाउनु भएको थियो भने कार्यक्रममा कौडा नृत्यको साथै एलिना र्घर्ति, सरिना थापा, सुनिता थापा, सरिता गुरुङ, सरिना मल्ल, रेखा तामाङ, निरा वाग्ले, सुनिता गुरुङ, मिनि खरेल लगायतका कलाकारहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।