किरात राइ यायोक्खा यूकेको तेश्रो वार्षिक साधारण सभा सम्पन्न

फार्नबरो, ८ डिसेम्बर / किराँत र्राई यायोक्खा यूकेको तेश्रो वार्षिक साधारण सभा फार्नबरोमा शनिबार सम्पन्न भएको छ ।

किरात र्राई यायोक्खा यूकेका अध्यक्ष भीम र्राईको अध्यक्षतामा सम्पन्न सो सभामा यायोक्खा यूकेका विशेष सदस्यहरू शंकर र्राई, रामधन र्राई, शिब र्राई, डम्बर र्राई, गजेन्द्र र्राई, चन्द्र र्राई लगायत यूकेका विभिन्न ठाउँहरूबाट आएका किरात समुदायका प्रतिनिधिहरूको साधारण सभामा उपस्थिति थियो ।

वेलायतमा किरात समुदायको एकता र सद्भाव कायम राख्दै किरात धर्म, भाषा तथा संस्कृतिको संरक्षण तथा संवर्द्धन गर्ने उद्धेश्यले सन् २००३ मा किरात र्राई यायोक्खा युकेको स्थापना भएको हो ।

किरात र्राई यायोक्खा यूकेले आफ्नो स्थापना देखि गरेका कामहरुको प्रगति विवरण प्रस्तुत गर्दै यायोक्खा युकेका वर्तमान उपाध्यक्ष रामधन र्राईले विभिन्न भाषाका किरातहरू अब एउटै शुत्रमा अघि वढ्न थालेको बताउनु भयो ।

संस्थाका कोषाध्यक्षद्वय डम्बर र्राई र चन्द्र र्राईले संस्थाको आयब्ययको विबरण प्रस्तुत गर्नुका साथै किरात र्राई यायोक्खा नेपालले डेड करोडको लागतमा खरिद गर्न लागेको यायोक्खा भवनको निम्ति आर्थिक संकलनको विवरण पनि प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका सचिव पदबहादुर र्राईले सञ्चालन गर्नुभएको सो सभामा वेलायतमा रहेका तमाम किरातबन्धुहरूले आफ्नो संस्कार र संस्कृतिको संरक्षण र सर्ंवर्द्धन गर्नको निम्ति स्थापित संस्थालाई कसरी विकसित गर्दै लैजाने भन्ने विषयमा केन्द्रित रही छलफल भएको थियो ।

मध्यान्ह १२ बजे देखि शुरुभएको सो सभामा सस्थाका अन्य सदस्यहरू अजय र्राई, प्रेम र्राई, जय र्राई, रामशेर र्राई, सपन र्राई लगायतका अन्य सदस्यहरूले आ­-आफ्नो धारण ब्यक्त गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष भीम र्राईले संस्थागत एकताको अपरिहार्यतामा जोड दिदै देशको बहुसंख्यक आदिवासी जनजातिहरूले सयौं वर्षदेखि भोग्दै आएको सामाजिक तथा साँस्कृतिक थिचोमिचोलाई समाप्त गर्नको निम्ति वर्तमान राजनीतिक पर्रि्रेक्षमा किरात र्राई यायोक्खा र अन्य भात्रृ जनजाति संस्थाहरूले पहल गरेको भूमिकालाई सुक्ष्म अवलोकन गरी आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न कटिबद्ध हुनुपर्ने बताउनु भयो ।

किरात र्राई यायोक्खा यूकेको अर्को बृहत सम्मेलन २२ मार्च २००८ शनिवार हुने निर्णयका साथ यस वर्षको वार्षिक साधारण सभा सभाध्यक्षद्वारा अपराहृन ४ बजे विर्सजन भएको थियो ।

यसैबीच किरात र्राई यायोक्खा युकेले आईतबार स्वर्गीय पदमबहादुर र्राईकी विधवालाई ३ हजार ४७ पाउण्ड आर्थिक सहयोग उपलव्ध गराएको छ ।

संस्थाका अध्यक्ष भीम र्राईले उहाँको निवास ब्राक्नेलमा गजेन्द्र र्राई, डम्वर र्राई तथा अरुण र्राईको उपस्थितिमा उक्त रकम आईतबार प्रदान गर्नु भएको हो ।

पदमबहादुर र्राईको २९ अक्टोबर २००७ मा प्रिmम्ली पार्क अस्पतालमा निधन भएको थियो ।

उक्त रकम बेलायतमा बसोबास गरिरहेका किरात र्राई परिवारहरुको सहयोगमा संकलन गरिएको अध्यक्ष भीम र्राईले बताउनु भयो ।