इण्टेक १९८५ को साधारण सभा सम्पन्न
बेजिङस्टोक, ८ डिसेम्वर । सन् १९८५ मा बृटिस गोर्खा सेनामा भर्ति भएका भुतपूर्व तथा बहालवाला गोर्खा सैनिकहरु तथा उनीहरुका परिवारहरुको संस्था इण्टेक १९८५ को साधारण सभा बेजिङस्टोकको कार्निभलहलमा शनीबार सम्पन्न भएको छ ।
करिव १७० जनाको उपस्थिति रहेको उक्त साधारणसभाको सभापतित्व संस्थाका अध्यक्ष शेरबहादुर सुनारले गर्नु भएको थियो ।
संस्थाका सचिव योगकुमार फगामीले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा सहभागि भएका नम्बरी तथा परिवारहरुलाई उपाध्यक्षद्वय नेपालधन र्राई र राजकुमार गुरुङले स्वागत गर्नु भएको थियो ।
इण्टेक ८५ का नम्बरी तिर्थराज लिम्वुका एकमात्र छोरा तथा गत १४ सेप्टेम्वरमा दिवंगत हुनु भएका स्वर्गीय डेनियल लिम्वुको संझनामा एक मिनेट मौनधारणबाट कार्यक्रमको सुरुवात गरिएको थियो ।
सन् २००६ को नोभेम्वर ५ मा स्थापना भएको इण्टेक १९८५ मा हालसम्म १७५ जना सदस्य रहेको सचिव योगकुमार फगामीले जानकारी दिनुभयो । उहाँले साधारणसभामा संस्था स्थापनादेखि हालसम्मको कार्य विवरण प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी कोषाध्यक्ष मिलन तमु र सहकोषाध्यक्ष तेजबहादुर गुरुङले संस्थाको आयब्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
गएको गोर्खा कपको भेटरान तर्फ विजयी टिम क्याप्टेन भक्त लिम्वुले गोर्खा कपका विजयी खेलाडी तथा नम्बरीहरुलाई धन्यवाद दिदै आउँदो बर्ष पनि सो प्रतियोगितामा भाग लिई विजय हासिल गरिने आशा ब्यक्त गर्नु भयो ।
साधारण सभाले बेलायतमा आई बसोबास गर्नु भएका सम्पूर्ण नम्वरीहरुलाई एक बर्षभित्र सदस्य बन्न आग्रह गरेको थियो । तोकिएको समयभित्र सदस्य बन्न नचाहनेहरुलाई इण्टेक ८५ ले पाउने सहयोग दिन नसकिने समेत जानकारी गर्राईएको थियो ।
इण्टेक ८५ का अध्यक्ष शेरबहादुर सुनारले तयार गर्नु भएको विधानमा लामो छलफल गरी सर्वसम्मतिले पारित गरिएको थियो ।
त्यसैगरी साधारण सभाले आउँदो ९ फेबुअरीमा इण्टेक ८५ को २३ औं बारि्षकोत्सव मनाउने निर्णय समेत गरेको छ । सोही सभाले इण्टेक ८५ को समर बीबीक्यु आउँदो जुन २८ शनीबार गर्ने निर्णय गरेको छ ।
साधारणसभाले पब्लीक रिलेसनमा भुपेन गुरुङ, कृष्ण र्राई र दोर्ण र्राईलाई छनोट गरेको छ भने वेभ डिजाइनरमा प्रेम गुरुङ, कोअर्डिनेटरमा बीरेन्द्र बोहरा र योगकुमार फगामीलाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी यातायात सम्वन्धी ब्यवस्थाका लागि लालबहादुर गुरुङ र दिपक घलेलाई जिम्मेवारी तोकिएको छ भने भक्त लिम्वु, अमर गुरुङ र राजु लिम्वुलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएको छ । सभाले मनोरञ्जनमा राजनकुमार क्षेत्रि र जित गुरुङलाई र खाद्यान्न तर्फ बुद्धि गुरुङ, राजेन्द्र राना र पदमबहादुर गुरुङलाई जिम्मेवारी दिएको छ ।
त्यसैगरी साधारणसभाले बेलायतका विभिन्न स्थानकालागि संस्थाको क्षत्रीय प्रतिनिधि अनुमोदन गरेको छ । जसमा बेजिङस्टोकलागि होमप्रसाद गुरुङ र पृथ्वी नारायण खान, फार्नबरोकालागि ओमप्रसाद थापा, बेकबहादुर घले र बलबहादुर तामाङ, कोलचेष्टरकालागि घनप्रसाद लिम्वु र लक्ष्मण गुरुङ, पिटरबरोका लागि जसविर पुन, अक्सफोर्डका लागि राजु लिम्वु र रामकुमार लिम्वु रहनु भएको छ ।
यसका अलावा आसफोर्डको क्षेत्रीय प्रतिनिधिका लागि श्रीप्रसाद लिम्वु र नरदेव पुन, रेडिङका लागि अमर गुरुङ र रामबहादुर गलामी, स्वीण्डनका लागि राजनकुमार क्षेत्रि र लक्ष्मी लिम्वु, अनर्सर्भिसका लागि क्याप्टेन दिवान लिम्वु, होन्स्लोका लागि प्रेमबहादुर गुरुङ, वकिङका लागि बुद्धिबहादुर गुरुङ, प्लमस्टिडका लागि छविलाल राना र हिराबहादुर गुरुङ, न्युइन्टनका लागि विर्खबहादुर गुरुङ, क्याटि्रकका लागि सुवास गुरुङ, डनक्याष्टरका लागि ओमबहादुर तिलिजा, विन्चेष्टरका लागि मिनबहादुर लामा र डोरसेटका लागि एकबहादुर पुन रहनु भएको छ ।
त्यसैगरी साधारणसभाले म्याकल्सफिल्डका लागि धिरेन्द्रकुमार चेम्जोङ, वारमिनिष्टरका लागि धर्मराज गुरुङ, फोक्स्टनका लागि तुलसी गुरुङ, क्याम्वर्लि तथा ब्राक्नेलका लागि रामबहादुर तिलिजा, जालकुमार गुरुङ र योगेन्द्र गुरुङ, अल्डरशोटका लागि बुद्धिमान गुरुङ, मोत्रि्रसाद लिम्वु र मुक्ति गुरुङ, साउथ हृयारोका लागि गञ्जबहादुर आले र बीरबहादुर लिम्वु, नर्थहोल्टका लागि कालीबहादुर लिम्वु, वेम्लीका लागि जुनबहादुर पुर्जा, एनफिल्ड लण्डनका लागि सूर्यबहादुर गुरुङ र ब्रिस्टोनका लागि देउकुमार गुरुङ र दोर्ण र्राईलाई क्षेत्रीय प्रतिनिधि तोकेको छ ।
संस्थाको हालको कार्यकारिणी समितिको अध्यक्षमा शेरबहादुर सुनार, उपाध्यक्षमा नेपालधन र्राई र राजकुमार गुरुङ, सचिवमा योगकुमार फगामी, सहसचिवमा आरकुमार गुरुङ, कोषाध्यक्षमा मिलन तमु र सहकोषाध्यक्ष तेजबहादुर गुरुङ रहनु भएको छ ।
गत जुलाई ९ तारिख आफ्नो बारीमा काम गर्दागर्दै झारकाट्ने मेसिनको दुर्घटनामा परी आफ्नो दाहिने हातको ३ वटा औला गुमाउनु भएका नम्बरी हर्कबहादुर र्राईलाई उहाँको सहयोगको लागि साधारणसभामा नम्बरीहरुको तर्फबाट ९ सय पाउण्डको चेक हस्तारण गरिएको थियो ।
स्वर्गीय डेनियल लिम्वुका बुबा तिर्थराज लिम्वु र आमालाई नम्वरीका तर्फबाट सम्पूर्ण खर्च कटाएर पहिला भुक्तानी गरेका नम्वरीहरुको बाहेक २ हजार २ सय ३४ पाउण्ड ४९ पेन्सको चेक समेत हस्तारण गरिएको थियो ।
सभामा बेइजिङ स्टोकका नम्वरी तथा परिवारहरुले खानपिनको ब्यवस्था गरेका थिए ।
अध्यक्ष शेरबहादुर सुनारले सभा विर्सजन गर्नुहुँदै खानपिन तथा ब्यवस्थापन तर्फ बेजिङस्टोकका नम्वरी तथा परिवार र टाढा देखि आउनु भएका नम्वरी तथा परिवारलाई धन्यवाद दिदै इण्टेक १९८५ नम्वरी परिवारहरुबीच सुख दुःख बाड्ने संस्था भएको विचार राख्नु भएको थियो ।
यस संस्थाले विगतमा स्वर्गीय कैलाश वाखिमको श्रीमतिलाई सम्पूर्ण खर्च कटाएर ५ हजार ७ सय २८ पाउण्ड ५६ पेन्स सहयोग प्रदान गरेको थियो भने स्वर्गीय श्रीमति देवीकुमारी गुरुङको श्रीमान तथा उहाँका बच्चाहरुलाई ३ हजार ६ सय पाउण्ड पनि सहयोग उपलव्ध गर्राईसकेको सचिव योगकुमार फगामीले हामीलाई जानकारी गराउनु भएको छ ।