धरान समाज युकेको गठन
फार्नबरो । धरानबाट बेलायत आई बसोबास गरिरहेका धरानबासीहरुको बृहद भेला फार्नबरो स्थित गोर्खा प्यालेस रेष्टुरेण्टमा उमेशराज मोक्तानको संयोजकत्वमा सम्पन्न भएको छ ।
भेलाले विभिन्न समसामयिक विषयहरुमा छलफल गरी धरानबासीहरुको बीच भेटघाट, चिनजान, सुखदुःखमा सहयोग, युकेका नेपालीहरुबीच सहयोग र धरान विकास निर्माण गर्ने उद्देश्यले धरान समाज युके नामको सामाजिक संस्थाको गठन गरेको छ ।
भेलाले जगत लिम्वुको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति र ४ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
नव गठित कार्य समितिको बरिष्ठ उपाध्यक्षमा पदम र्राई, उपाध्यक्षमा छत्र र्राई, महासचिवमा उमेसराज मोक्तान, सचिवमा राजु लिम्वु, कोषाध्यक्षमा माधवलाल श्रेष्ठ र सह कोषाध्यक्षमा भक्त लिम्वु निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा निला श्रेष्ठ, सरिता लिम्वु, नेपालधन र्राई, अमर गुरुङ, राजिव श्रेष्ठ, रमेश लिम्वु, अशोक तामाङ, हेमकला लिम्वु, पुष्पा लिम्वु, शैलेन्द्र श्रेष्ठ, पूर्ण लिम्वु, कृष्ण र्राई, लक्ष्मी र्राई, किरण शर्मा, अनिता कोयु, गंगाराम लिम्वु, रमेश र्राई र सुभाष कायस्थ निर्वाचित हुनु भएको छ ।
भेलाले धरान समाज युकेको सल्लाहकारहरुमा विनोद मोक्तान, श्रीप्रसाद लिम्वु, डा. चन्द्र लक्सम्वा र बौद्धमान लिम्वुलाई चयन गरेको छ ।
समाजले आगामी जुलाई महिनामा विशाल धराने मेला -पिकनिक)को आयोजना गर्ने निर्णय समेत गरेको महासचिव उमेशराज मोक्तानले बताउनु भयो ।