सिर्जनसिल समाजमा कृषि मन्त्री छविलाल विश्वकर्मा

लण्डन । कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा सिर्जनसिल समाजले फार्नबरोमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नर्थक्याम्पस्थित वेभल स्कुलमा आयोजित कार्यक्रममा समाजका अध्यक्ष शेरबहादुर सुनारले मन्त्री विश्वकर्मालाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा मन्त्री विश्वकर्माका अतिरिक्त बेलायतका लागि नेपाली राजदुत मुरारीराज शर्मा, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष अशोक श्रेष्ठ, नेपाली लोकतान्त्रिक मञ्च बेलायतका अध्यक्ष आङ्ग कल्जङ्ग लामा, मगर संघ युकेका अध्यक्ष थर्क राना, किरात र्राई यायोक्खा युकेका उपाध्यक्ष रामधन र्राई, ग्रेटर रशमुर नेपलिज कम्युनिटीका अध्यक्ष रोहित कुमार गुरुङ्ग, नेपाली लोकतान्त्रिक मञ्च युकेका साउथ वेष्ट कमिटीका अध्यक्ष रमेश वास्तोला, शिव मन्दिर निर्माण समिति अल्डरशटका अध्यक्ष हरिविभोर कार्की, कृषि सचिव बलराम प्रधान लगायत सञ्चारकर्मीहरुको समेत उपस्थिति थियो ।

सिर्जनसिल समाजका अध्यक्ष शेरबहादुर सुनारको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि एवं कृषि तथा सहकारी मन्त्री छविलाल विश्वकर्माले प्रवासमा रहेर पनि नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रवासी नेपालीहरुले पुर्‍याएको योगदानको सह्राहना गर्नु भएको थियो । "प्रवासमा रहेका नेपालीहरुको चाहना नेपालमा लोकतान्त्रिक गणतन्त्र हुनर्ुपर्छ भन्ने छ ।" मन्त्री विश्वकर्माले भन्नुभयो "सामन्ती र केन्द्रिकृत संरचना भएको हाम्रो जस्तो मुलुकमा सबै जाति, धर्म र क्षेत्रको समुचित प्रतिनिधित्व गराउन संघीय लोकतान्त्रिक गणतन्त्र आजको आवश्यकता बनेको छ ।"

संविधान सभाको चुनाव छिटोभन्दा छिटो गरेर मात्र राजनैतिक गतिरोधको अन्त्य हुने बताउनु हुँदै मन्त्री विश्वकर्माले यसबाट नेपाली जनताले चाहेको शान्ति र अग्रगमन प्राप्त हुने बताउनु भयो ।

सिर्जनसिल समाजका अध्यक्ष शेरबहादुर सुनारले आफ्नो संस्थाको परिचय गराउनु हुँदै सदियौ देखि राज्यद्वारा उपेक्षित, अन्याय र अत्याचारको मारमा परेका दलितहरुको हक, अधिकार र अस्तित्वको लागि केही गर्न खोज्ने संस्था सिर्जनसिल समाज भएको बताउनु भयो ।

उल्लेखनीय संख्यामा नेपालीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमका अतिथिहरुले समेत देशको समसामयिक राजनीतिक गतिविधि र सिर्जनसिल समाजका विषयमा आ-आफ्ना विचारहरु राख्नु भएको थियो ।