अरु समाचार...

 

देशान्तर साप्ताहिक

बुधवार साप्ताहिक

जनआस्था साप्ताहिक

         जनादेश साप्ताहिक

                      
Please send Your Comment
FirstName 
Last Name
Address
PostCode 
 E-Mail
 
 
गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री

संविधान सभाको घोषणा नभएसम्म आन्दोलन नरोक्न चेतावनी

बुटवल, २५ अप्रिल / राजा ज्ञानेन्द्रबाट सोमबार राति विघटित प्रतिनिधि सभा पुनःस्थापना भएको घोषणा भएपछि राजधानी लगायत देशका विभिन्न ठाउँहरुमा सोमबार रातिदेखि नै विजय जुलुस निकालिएको छ । उपत्यकाका तिनै जिल्लामा राति १२ बजेदेखि नै विजय जुलुस निस्किएका थिए । काठमाडौका गोंगबु, कलंकी, सीतापाइला, सातदोबाटो लगायतका स्थानहरुबाट राजनीतिक दलका कायकर्ता तथा युवा विद्यार्थीहरुले जुलुस निकालेका छन् ।

जुलुसमा सहभागी युवा विद्यार्थीहरुले भने संविधान सभाको निर्वाचन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् । उनीहरुले संसद पुनःस्थापनाबाट आन्दोलन आंशिक रुपमा सफल भएको बताएका छन् ।

राजाको शाही घोषणाबाट संसद पुनःस्थापित भएपछि देशका विभिन्न जिल्लाहरुमा पनि विजय जुलुसहरु निस्किरहेका छन् । विराटनगर, झापा, नेपालगञ्ज, पोखरा, बुटवल, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लाहरुमा मंगलबार विहानैदेखि विजय जुलुसहरु निस्किरहेका छन् । बुटवलका पुष्पलाल चोक, मिडिया चोक, सुख्खानगर, दीपनगर, योगीकुटी, गोलपार्क लगायतका ठाउँहरुमा जुलुसहरु निस्किरहेका छन् ।

राजाको घोषणालाइ दलहरुले स्वागत गरेपनि कायकर्ताहरुले भने संविधान सभाको निर्वाचन नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

आ आफ्ना झण्डा र ब्यानरसहित सडकमा उत्रिएका आन्दोलनकारीहरुले संविधान सभाको पक्षमा चर्का नाराबाजी गरिरहेका छन् । त्यस्तै भैरहवामा आज विहानैदेखि आधा दर्जन ठाउँबाट जुलुस निस्कोका थिए ।

त्यस्तै पाल्पाको आन्दोलन चोकबाट बृहत विजय जुलुस निस्किएको छ ।

यता राजा ज्ञानेन्द्रबाट हिँजोको शाही घोषणामार्फ संसद पुनर्स्थापित भएपछि आन्दोलनरत सात राजनीतिक दलहरुले आगामी रणनीति तय गर्न आज विहान बैठक बसेको छ । बैठकले संसद पुनर्स्थापनाको र्समर्थन गर्न मओवादीलाइ आग्रह गरेको छ । सात दलले संविधान सभाको निर्वाचनलाइ मूख्य कायसूचि बनाउने निर्णय गरेका छन् । आज बसेको सात दलको बैठकले जनआन्दोलनमा मृत्यु भएकाहरुका परिवारलाइ सहयोग गर्ने र घइतेहरुको उपचार गर्ने निर्णय समेत गरेको छ । त्यसैगरी बैठकलेले जनआन्दोलनमा दमन गर्नेहरुको छानविन गरी कारबाही गर्ने र निरंकुश शासनमा भएका सम्पूर्ण निर्णयहरु खारेज गर्ने निर्णय पनि गरेको छ । सात दलले माओवादीसँग भएको १२ बुँदे समझदारीप्रति पूर्ण प्रतिवद्धता जनाएका छन् ।

अहिले बैठक गरिरहेका छन् । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगंजमा बसिरहेको बैठकमा संसद पुनर्स्थापनापछिको अवस्था र अग्रगामी रणनीतिका बारेमा छलफल भैरहेको बैठकमा सहभागी जनमोर्चा नेपालका उपाध्यक्ष लिलामणि पोखरेलले बताउनुभएको छ । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाइ प्रधानमन्त्री बन्न एमाले महासचिव माधवकुमार नेपाल र प्रजातान्त्रिक कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्ताव गर्नुभएको छ सात दलले बैठक गरिरहँदा बैठकस्थल बाहिर भने हजारौ दलका कायकर्ता तथा युवा विद्यार्थीहरुले भने संविधान सभाको पक्षमा नाराबाजी गर्दै पर््रदर्शन गरिरहेका छन् । उनीहरुले संविधान सभाको निर्वाचन घोषणा नहुञ्जेल आन्दोलन जारी राख्ने बताएका छन् । राजधानीमा लगाइँदै आएको कफर्र्यू र निषेधाज्ञा पनि आजदेखि नै हटाइएको छ । कर्फ्र्यु र निषेधाज्ञा हटेपछि अब जुनसुकै स्थानमा पजि सभा र जुलुस गर्न पाइने भएको छ ।

यसैबीच सात राजनीतिक दलहरुले संसद पुनर्स्थापना भएपछि २० दिनदेखिको आम हडताललाइ फिर्ता लिएका छन् । उनीहरुले आज गर्ने भनिएको चक्रपथ केन्द्रित विरोध प्रदर्शनलाइ विजय उत्सवका रुपमा मनाउने घोषणा समेत गरेका छन् । माथि

राजाको सम्बोधन यस प्रकार थियो

२४ अप्रिल काठमाण्डौ । राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते भंग गरेको प्रतिनिधि सभा आज राती ११ ३० वजेको शाही घोषणाबाट पुनर्स्थापना गरेका छन । आन्दोलनमा ज्यान गुमाएकाहरु प्रति समवेदना र र्घाईतेहरु प्रति स्वस्थलाभको कामना सहित गरिएको संसदको पुनर्स्थापना पछिको पहिलो अधिवेशनका लागि यहि २०६३ वैशाख १५ गते शुक्रवार दिनको एक बजे अधिवेशनको आव्हान गरेको छन । घोषणाको लगत्तै काठमाण्डौका सडक र गल्लीहरु नाराबाजीले गुञ्जिएक छन् । जनताहरुले नेताहरुलाई सम्झौता नगर्न र गणतन्त्र तर्फआन्दोलन हांक्न आग्रह गरिरहेका छन् -

राजाको सम्बोधन यसप्रकार थियो

शक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौम सत्ता एवं राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाइ हृदयंगम गर्दै वर्तमान जनआन्दोलन मार्फ अभिब्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनीतिक दलको गठवन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याहरुको समाधान गर्न तत्कालिन प्रधानमन्त्रिको सिफारिसमा नेपाल अधिराज्यको सम्बिधान २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधि सभालाइ यसै घोषणा मार्फ पुनस्थापीत गरिवक्सेका छौं । बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवं समृद्धिको बाटो तर्फमुलुकलाइ अघि बढाउने जिम्मेवारी वहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरुलाइ आहृवान गर्दछौं । पुनस्थापित प्रतिनिधिसभाको बैठक २०६३ साल बैशाख १५ गते शुक्रबार दिनको १ वजे संसद भवन सिंहदरबारमा वस्नेगरी आहृवान गरिबक्सेका छौं । नेपाल र नेपालीको वृहत्तर हित यो संसदबाट हुनेछ भन्ने हामीलाइ विश्वास छ । जनआन्दोलनमा जीवन गुमाएका प्रति समबेदना र घाइते भएका सबै प्रति स्रि्र स्वाथ्य लाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकता तर्फअभिमुखक विश्वास प्रकट गर्दछौं । श्री पशुपति नाथले हामी सबैको कल्याण गरुन जय नेपाल !माथि

सोमबार पनि सुरक्षाकर्मीले राजधानीमा गोली चलाए

काठमाण्डौ, २४ अप्रिल/ आन्दोलनको १९ औ दिन सोमबार पनि सुरक्षाकर्मीले राजधानीमा गोली चलाएको छ ।

काठमाण्डौंको गोंगबुबाट अघि बढेको जुलुशमाथि सुरक्षाकर्मीले बसुन्धरामा पुग्दा गोली चलाएको हो । सुरक्षाकर्मीको गोलीबाट सात जना घाइते भएका छन् । त्यसैगरी पुरानो बानेश्वरबाट अघि बढेको जुलुसलाइ मैतिदेवी पुग्दा सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेको छ । उक्त घटनामा ३ दर्जन भन्दा बढी घाइते भएका छन् । कलंकी, किर्तिपुर, चावहेल, भक्तपुर, कोटेश्वर, महाराजगञ्ज लगायतका ठाउँमा दशौ हजार राजधानीवासीहरुले सहभागिता जनाएका छन् । दैनिक रुपमा लगाइदै आएको कर्फ्र्यूको अवज्ञा गर्दै प्रदर्शनमा उत्रिनेहरुले मंगलबारको वृहत प्रदर्शनका लागि प्रचार प्रसारको समेत काम गरेका थिए । भोली मंगलबार सात दलका शिर्ष नेताहरुको अगुवाइमा चक्रपथमा २५ लाख राजधानीवासीको सहभागितामा वृहत प्रदर्शन हुने दलहरुले जनाएका छन् । यस अघि दशलाख भन्दा बढी राजधानीवासीहरु सडकमा उत्रिसकेका छन् । माथि

मुलुकलाइ निर्णयविहिन बन्दी नबनाउन राजा समक्ष आग्रह

काठमाण्डौ, २४ अप्रिल/ वरिष्ठ अधिवक्ताहरुले मुलुकलाइ निर्णयविहिन बन्दी नबनाउन राजा समक्ष आग्रह गरेका छन् । उनीहरुले आन्दोलनलाइ यो भन्दा बढी चर्कन नदिन राजाबाट तत्काल पहल गरिनुपर्नेमा जोड दिएका छन् ।

रिपोर्टस क्लबद्वारा आज काठमाण्डौमा आयोजित कायक्रममा उनीहरुले संसद पुनर्स्थापना गर्नु उपयुक्त बाटो भएको औंल्याए ।

कायक्रममा वरिष्ठ अधिवक्ताहरु सिन्धुनाथ प्याकुरेल, भिमार्जुन आचाय, विश्वकान्त मैनाली, राधेश्याम अधिकारी लगायतले राजालाइ तत्काल निकाश दिन आग्रह गर्नुभयो । माथि

राजसंस्था जिवित राख्न संसद पुर्नस्थापनाको बाटोः सैलजा

काठमाण्डौ, २४ अप्रिल/ नेपाली काँग्रसकी नेतृ शैलजा आचायले राजालाइ राजसंस्था जिवित राख्न संसद पुर्नस्थापनाको बाटो उपयुक्त हुने सल्लाह दिनुभएको छ ।

काँग्रेस नेतृ आचायले राजसंस्थाको बारेमा अत्यन्तै जटिल अवस्था आएको भन्दै राजसंस्थाको अन्त्य गर्नबाट जोगाउन राजालाइ उपयुक्त कदम चाल्न सुझाव दिनुभएको हो । सोमबार एक विज्ञप्ति जारी गरी उहाँले सडकमा गणतन्त्रको आवाज उर्लीरहेका कारण संसद पुनस्थापना गर्न ढिलाइ भयो भने त्यसको असर राजसंस्थाले दिर्घकालिन रुपमा भोग्नु पर्ने चेतावनी दिनुभएको छ । विज्ञप्तिमा राजदरबार हत्याकाण्डपछि नै नेपालीहरुले राजसंस्था प्रतिको विश्वास गुमाएको उल्लेख गर्दै नेतृ आचायले आन्दोलनलाइ सम्बोधन नगरिएको सम्बोधन राजाका लागि नै घातक हुने दावी गर्नुएको छ । माथि

दमनमा खटिइरहेका हरेक ब्यक्तिको नामावली संकलन

काठमाण्डौ, २४ अप्रिल/ आठ विद्यार्थी संगठनहरुले आन्दोलन दबाउन गोली चलाउन निर्देशन दिने सुरक्षाकर्मी, लोकतन्त्र विरुद्ध उभिने सरकारी अधिकारी तथा दमनमा खटीरहेका हरेक ब्यक्तिको नामावली संकलन गरिएको जनाएको छ । विद्यार्थी संगठनहरुको सोमबार बसेको संयुक्त बैठकले ती हरेक ब्यक्तिमाथि लोकतन्त्र बहाली हुनासाथ कडा कार्वाही गरीने निर्णय औपचारीक रुपमा सार्वजनिक गरेको छ ।

बैठकले मोफसलमा रहेका दमनकारीहरुको नामावली तयार गर्न संगठनका जिल्ला कायसमितिहरुलाइ आग्रह गरेको छ । आठ विद्यार्थी संगठनले सम्पूर्ण विद्यार्थी र अभिभावकलाइ सक्रियताका साथ लोकतान्त्रिक आन्दोलनमा सहभागिता जनाउँदै आब्हान पनि गरेका छन् । सोही बैठकमार्फ उनीहरुले राजधानीको चक्रपथ घेराउको कायक्रममा राजधानीवासीलाइ सहभागी हुन आग्रह गरेका छन् । ती संगठनहरुले सुरक्षाकर्मी र सबै सरकारी पदाधिकारीहरुलाइ पनि आन्दोलनमा सहयोग पुर्‍याउन आब्हान गरेका छन् । माथि

इमरजेन्सी सेवा बाहेक अस्पतालका सम्पूर्ण सेवाहरु बन्द

बुटवल, २४ अप्रिल/ लुम्बिनी अञ्चल अस्पताल बुटवल इमरजेन्सी शाखामा कायरत इमरजेन्सी इन्चार्जलाइ सेनाले अपहरण गरी कुटपीट गरेको विरोधमा बैशाख ११ गते सोमबार सो अस्पतालका सम्पूर्ण कर्मचारीहरुले इमरजेन्सी सेवा बाहेक अस्पतालका सम्पूर्ण सेवाहरु बन्द गर्ने भएका छन् ।

यही बैशाख ८ गते शुक्रबार साँझ आफ्नो इमरजेन्सी ड्यूटी पुरा गरी आफ्नो निवास तर्फजादै गरेका लुम्बिनी अञ्चल अस्पतालका इमरजेन्सी विभागका इन्चार्ज तथा लुम्बिनी अञ्चल अस्पताल विकास समितिका सदस्य काशिनाथ बन्जाडेलाइ सेनाहरुले बुटवल नगरपालिका, वडा नं. १० मिलनचौक स्थित पश्चिमाञ्चल फाइनान्स कम्पनी अगाडि करिव ९ः३० बजे अकस्मात रोकी आफ्नो कर्मचारी परिचय पत्र देखाउदा देखाउँदै र "म लुम्बिनी अञ्चल अस्पतालको इमरजेन्सी इन्चार्ज हुँ" भनी जानकारी दिदा दिदै पनि सो कुराको कुनै वास्ता नगरी लगातार आँखा, हात र शरीर भरी गम्भिर चोट पुर्‍याइ मरणासन्न हुनेगरी कुटपिट गर्नुका साथै निजसंग रहेको निजी साइकल र रेडियो बलिरहेको टायरको आगोमा हाली रात भरि हिरासतमा राखी शारीरिक तथा मानसिक यातना दिएको थियो । सेनाले आफूलाइ बारम्बार आतंककारीको आरोप लगाउदै गोलपार्कमा तोडफोड गरी जलाइएको त्रिभूवनको शालिकको जिम्मा लिन दबाव दिएको पिडित बन्जाडेको भनाइ छ ।

यस्ता किसिमका अमानवीय तथा क्रुर ब्यवहारहरुबाट अस्पताल जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाइ आवत जावतमा बाधा अडचन पुगेको हुनाले यस्तो काम कारवाहीहरु यथास्रि्र चाँडो बन्द गरी अस्पतालको इमरजेन्सी लगायत अन्तरङ्ग कक्षमा काम गर्ने चिकित्सक एवं संलग्न स्वास्थ्यकर्मीलाइ बाधारहित आवत जावत गर्न जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले अविलम्ब ब्यवस्था मिलाइ र दोषी उपर कडा भन्दा कडा कारवाही गरियोस भन्दै नेपाल चिकित्सक संघ-लुम्बिनी शाखा, नेपाल नर्सिङ्ग संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल पारामेडिकल संघ, लुम्बिनी अञ्चल अस्पताल-कर्मचारी यूनियनले संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् । माथि

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा माओवादी आक्रमण

काठमाण्डौ, २४ अप्रिल/ माओवादीले आइतवार राती सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा आक्रमण गरेपछि भएको भिडन्तमा १ सर्वसाधारण सहित ६ जनाको मृत्यू भएको सरकारी भनाइ रहेको छ । मृत्यू हुनेहरुमा १ सुरक्षाकर्मी र ४ जना माओवादी रहेको बताइएको छ ।

राती ९ बजे माओवादीले आक्रमण गरेपछि दोहोरो भिडन्त भएको थियो भिडन्तका क्रममा जिल्ला अस्पतालका विरामी र सर्वसाधारण गरी ४ जना घाइते भएका छन् । उनीहरुलाइ उपचार्रार्थ काठमाण्डौ ल्याइएको छ ।

माओवादी जिल्लाका आधा दर्जन सरकारी कार्यालयमा आक्रमण गरी क्षति पुर्‍याएका छन् । सो आक्रमणबाट जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, मालपोत कार्यालय तथा नेपाल टेलिकम र विद्युत प्राधिकरणको कार्यालयमा क्षति पुगेको छ । आक्रमण पछि घटनास्थलमा विभिन्न सकेटबमहरु यत्रतत्र छरीएर रहेका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले घटनापछि विहान ६ बजेदेखि साँझ ९ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ । माथि

पच्चीस लाख मानिस उतार्ने तयारी

काठमाण्डौ, २४ अप्रिल/ शिर्ष नेताहरुको नेतृत्वमा भोली १२ गते प्रमुख सात राजनीतिक दलहरुले राजधानीको चक्रपथ ढाक्नेगरी २५ लाख मानिस उतार्ने तयारी गरेका छन् ।

भोलीको प्रदर्शनमा सातै दलका शिर्ष नेताहरुले जुलुशको नेतृत्व गर्ने भएका छन् । गत चैत २४ गतेदेखि शुरु भएको आन्दोलनमा शिर्ष नेताहरुले नेतृत्व गर्न लागेको यो पहिलो प्रदर्शन हो । भोलीको प्रदर्शन नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको अगुवामा हुने बताइएको छ । माथि

कर्फ्र्यूको औचित्य रहेन

काठमाण्डौ, २४ अप्रिल/ सरकारले लगातार लगाउदै आएको कर्फ्र्यू राजधानीमा सोमबार विहान ११ बजेदेखि साँझ ६ बजेसम्मका लागि घोषणा गरेको छ ।

तर सरकारी कर्फ्र्यू दैनिक रुपमा तोडिएका कारण कर्फ्र्यूको औचित्य भने नरहेको भन्दै झण्डै लाखको संख्यामा राजधानीवासीहरु आज पनि विहानैदेखि प्रदर्शनमा उत्रिएका छन् । दलहरु भने भोलीको विशेष प्रदर्शनको तयारीमा जुटेका छन् ।

माथि

लोकतान्त्रिक आन्दोलनमा आएरल्याण्डका नेपालीको ऐक्यबद्धता

नेपालमा भइरहेको लोकतान्त्रिक आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्न नेपाल आएरल्याण्ड समाज डब्लिनले अप्रिल २३ का दिन एक अन्तरक्रिया कायक्रम गरेको छ । विगत लामो समय देखि भएको जन आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदहरुको नाम कायक्रमको थालनीमा लिइ, उनीहरुलाइ अभिवादन,अनि चीर शान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।

कायक्रममा नेपाल आएरल्याण्ड समाजका महा सचिव जीवन तिमिल्सिना , हेल्प नेपाल नेर्टवर्क आएरल्याण्डका अध्यक्ष केशव भट्टराइ, नेपाली विद्यार्थी समाजका अध्यक्ष नगेन थापा, गंगाराम कंडेल , दीपक राना, अनि टुंगा नाथ पौड्याल ,डम्बर सिंह लगायतका वक्ताहरुले बोल्नु भएको थियो । कायक्रममा सबै वक्ताहरुले देशमा पूर्ण शान्ति र पूर्ण प्रजातन्त्रको लागि कामना गर्नु भएको थियो । शान्तिपूर्ण प्रदशनमा सरकार पक्ष बाट गरिएको अमानविय, हत्या र दमनको घोर भर्त्सना पनि गरिएको थियो । कायक्रममा डम्बर सिंहले देशको वर्तमान परिस्थिति र लोकतन्त्रको पक्षमा लेखिएको गीत सारंगीको धुनमा गाउनु भएको थियो ।

सोही अन्तरक्रिया कायक्रमले जन आन्दोलनमा घाइते भएकाहरुलाइ उपचार्रार्थ सहयोग गर्न चन्दा संकलन टोली गठन गरेको छ । सो टोलीले एक हप्ता भित्र सम्पूर्ण आएरल्याण्ड बासी नेपाली बाट उठेको रकम नेपाल पठाउने कायक्रम छ । कायक्रम कक्षमा आव्हान गरिएको चन्दा संकलनमा ८५० यूरो संकलन भएको थियो । नेपाल आएरल्याण्ड समाजले चाडैनै डब्लिनमा प्रदशन गर्ने भएको छ ।

चार दर्जन भन्दा बढीको संख्यामा उपस्थित सो कायक्रम नेपाल आएरल्याण्ड समाजका अध्यक्ष कृष्ण कमार डंगोलको सभापतित्वमा सरु भएको थियो भने कायक्रम संचालन नवराज कोइरालाले गर्न भएको थियो ।

-सुमन घिमिरे   माथि

शाही घोषणा भ्रमपूर्ण रहेको दक्षिणकोरियाका नेपालीको दावी

लण्डन, २४ अप्रिल / नेपाल लोकतान्त्रिक सहयोग मञ्च दक्षिण कोरिया का अध्यक्ष मानध्वज लामाले एक विज्ञप्ति जारी गरी शाही घोषणा भ्रमपूर्ण रहेको जनाउनु भएको छ । बक्तब्यमा २०४६ सालको ऐतिहासिक जनआन्दोलन पश्चात प्राप्त वहुदलीय प्रजातन्त्रको मुन्टो निमोठ्दै राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते नेपाल अधिराज्यको संविधान २०४७को अपहरण गर्दै घोषणा गरेको शाही घोषणा पश्चात शुरु भएको पूर्ण लोकतान्त्र प्राप्तिका लागि जारी आन्दोलनमा कोरियामा बसोवास गर्दै आएका संपूर्ण नेपालीले पूर्ण र्समथन जनाउदै लोकतान्त्रिक आन्दोलन चर्किएको समयमा राजाद्वारा हालै जारी गरेको वक्तव्य आन्दोलन मोड्ने र भ्रमपूर्ण खाल्को रहेकोले उक्त वक्तव्यको भर्त्सना गर्दै लोकतान्त्रिक आनदोलन जारी रहेको यस घडीमा पूर्ण सहयोग एवं र्र्समर्थन गर्ने जनाइएको छ । आन्दोलनको क्|mममा जीवन वलीदान गर्ने आदरणीय ज्ञात अज्ञात सहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गदै सहिदको रगत र लोकतान्त्रिक आन्दोलनको लक्ष्यमा पुग्न सवै राजनैतिकदलहरुले जनभावना र जनर्समर्थनलाई कदर गदै नेतृत्व प्रदान गरिरहन अनुरोध गर्दै आन्दोलनको क्|mममा साहदत प्राप्त गर्ने सहीदहरुका परिवारलाई दक्षिण कोरियाबाट यथासक्य आर्थिक सहयोग गर्दै लोकतान्त्रिक आन्दोलनको क्|mममा र्घाईते भएका लोकतन्त्रप्रेमीको सीघ्र स्वास्थ्यलाभको कामना गदै उपचार्रार्थ आर्थिक सहयोग सहित आन्दोलन प्रति पूर्ण एक्यवद्धता जाहेर गरिएको छ ।

बक्तब्यको अन्त्यमा राजनैतिकदलका नेताहरुलाई हालै जारी गरिएको शाही घोषणाको चक् व्यूमा नफस्न समेत सचेत गराइएको छ ।फोटो...

माथि

दमनकारीहरुलाइ कारबाही गर्न बीयनडीयसद्वारा सयूक्त राष्ट्र संघसंग आग्रह

लण्डन । बेलायत नेपाल प्रजातान्त्रिक समाजले एक बिज्ञप्ति जारी गरी नेपाली जनताको लोकतन्त्र प्राप्तीको जनआन्दोलनले नयाँ उचाइ लिइरहेको र जनता निरंकुश राजतन्त्रको अन्तको लागि स्वतस्फूर्त रुपमा शान्तिपूर्णरुपले आन्दोलित भएका जनताका न्यूनतम मागलाइ समेत वेवास्ता गरी राजाद्वारा गरिएको शाही सम्बोधनको कुनै औचित्य नभएको र धोका भएको ठहर हामीले गरेका छौं भन्दै न्यायप्रेमी लोकतन्त्रवादी लगायत सात पार्टी गठन वन्धनलाइ आन्दोलन आफ्नो लक्ष्यमा पुर्‍याएर मात्र टुंगाउन अपिल गरेको छ ।

शान्तिपूर्ण रुपमा आन्दोलित जनता माथि गरिएको घोर दमनका कारण शहिद हुनु भएका महान शहदिहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको स्रि्र स्वास्थ्य लाभको कामना समेत गर्दै बिज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनका दमनकारीहरुलाइ अन्तर्राष्ट्रिय विशेष अदालत बनाइ कारवाही गर्न समेत संयुक्त राष्ट्रसंघलाइ अपिल गरिएको छ ।

आन्दोलनका क्रममा सहिद हुनु भएका सहिदका परिवार लगायत घाइतेहरुको उपचार्रार्थ आर्थिक संकलनको काय शुरु भइसकेको र यसलाइ अझ शसक्त रुपमा अघि बढाइ सहयोग गरिदिनु हुन समेत अनुरोध गरिएको उक्त बिज्ञप्तिमा सहयोगको लागि सर्म्पर्क गर्न विजनप्रसाद भट्टः ०७८८६६७७२२३, शान्तविनोद लामिछाने ०७८००५७६४५८, शैलेन्द्रकाजी श्रेष्ठ ०७८३०२६६३९६ राजकुमार पाठकः ०७८८८८९६२८९ को नाउ दिइएको छ ।माथि

" नेपालको बर्तमान राजनैतिक परिस्थिति, हाम्रो अबस्था र दायित्व "

विषयक अन्तरक्रिया कायक्रम भब्यताका साथ सम्पन्न

ब्रसेल्स, २३ अप्रिल/ नेपाली जन प्रगतिशील मंच, बेल्जियमको आयोजनामा बेल्जियमको राजधानी ब्रशेल्स्मा " नेपालको बर्तमान राजनैतिक परिस्थिति, हाम्रो अबस्था र दायित्व " बिषयक अन्तरक्रिया कायक्रममा जनजाती सरोकार मंच, यूरोपका संयोजक तथा नेपाली जन प्रगतिशील मंच, बेल्जियमका केन्द्रीय सदस्य रामबहादुर गुरुङ्ग बाट प्रस्तुत कायपत्र उपर सयौं जना नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहभागितामा ब्यापक रुपमा छलफल गरियो । उक्त कायक्रमको शुरुमा नेपालमा लोकतान्त्रीक गणतन्त्र स्थापनार्थ सुरु गरिएको सघर्षमा आफ्नो बहुमुल्य जीवन बलिदान गर्नु हुने ज्ञात अज्ञात शहीदहरुको सम्मानमा एक मिनेट मौन धारण गरी उपस्थित महानुभावहरुलाइ मंचको तर्फाट केन्द्रीय सदस्य बदन योङ्गहाङ्गले स्वागत गर्नु भएको थियो । कायक्रममा मंचका ब्रसेल्स क्षेत्रिय समितिका अध्यक्ष धरणीधर गौतम, आमन्त्रित विभिन्न संघ संगठनप्रतिनिधिहरुमा विश्व मगर समाज बेल्जियमका मार्के मगर , इन्द्रधनुष क्लब बेल्जियमका बोध राज पौडेल ,सिक्लेस् पार्चे समाज बेल्जियमका होम गुरुङ्ग , नेपाली जनसास्कृतिक समाज बेल्जियमका कृष्ण तिवारी ,नेपाली जनजाती सरोकार मंच, यूरोपका गम बहादुर गुरुङ्ग तथा बर्कर्स पार्टी, बेल्जियमका प्रतिनिधिहरुले आ-आफ्नो संघ,संस्थाको प्रतिनिधित्व गर्दै नेपालमा हाल भै रहेको जनआन्दोलनको र्समर्थन, सहयोग तथा ऐक्यवद्धता जनाइ अगाडि बढ्नु पर्ने बिचारहरु राख्नु भएको थियो । त्यस्तै बिचार राख्ने क्रममा बाम बुद्धिजिबी कपिल पोख्रेलले नेपाली जन प्रगतिशील मंच नै बेल्जियममा आन्दलनको अग्रणी र जननी संस्था भएकोले, यो संस्थाले नै संपूर्ण संस्थालाइ समेटेर लैजानु पर्नै बिचार ब्यक्त गर्नु भयो ।

कायपत्र माथिको गहन छलफलका क्रममा नेपालकेा बर्तमान स्थिति, हाम्रो अबस्था र दायित्वको सर्न्दर्भमा हलबाट सोधिएका प्रश्नहरुको विषयमा कायपत्र प्रस्तुतकर्ता राम बहादुर गुरुङ्ग, मचंका भू.पू.अध्यक्ष सुरेन्द्र भुषाल, मंचका अध्यक्ष विष्णु भुजेल र सचिब दामोदर आचाय ले स्पष्ट पार्नु भएको थियो । लोकतान्त्रिक गणतन्त्रका लागि पुरै देश तातिरहेको बेला हामी बिदेशमा रहेका स्वाभिमानी नेपालीहरुले पनि संगठित भएर सहयोग, र्समर्थन र ऐक्यबद्धता जनाउन कुनै कन्जुस्याँइ तथा ढिलाइ गर्न नहुने तथा नेपाली जन प्रगतिशील मंच, बेल्जियमले गरेका गतिविधिहरु समाबेश हुनु पर्ने तथा नेपालको बर्तमान राजनैतिक अबस्थामा पनि नेपालीहरु माथि बेल्जियम सरकारले गरेको भेदभावपूर्ण कायप्रति सम्पूर्ण नेपालीहरुको साझा समस्याका सवालहरुमा बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ, संगठनहरुलाइ समेत आहृवानका साथ गोलबन्द भएर बिभिन्न सघर्षका कायक्रमहरु तय गरी चरणबद्ध ढंगले संघर्ष गर्नु पर्ने कुरा सम्पूर्ण उपस्थित नेपाली समुदायबाट एकमतको विचारहरु राखिएको थियो । आगामी दिनमा अझ शसक्त रुपमा नेपालको फाँसीबादी सामन्ती सत्ताको अन्त तथा लोकतान्त्रिक गणतन्त्रको स्थापनाको पक्षमा लाग्दै हाम्रा मानवीय हक, अधिकार प्राप्तिका लागि बेल्जियममा रहेका सम्पूर्ण नेपाली समुदायले नयाआधारमा नयाएकता गर्दै संघर्षमा होमीनुको अर्को बिकल्प नरहेको निस्कर्ष निस्किएको थियो । साथै उक्त भेलाले नेपाली जन प्रगतिशील मंच, बेल्जियमका सचिब दामोदर आचायको संयोजकत्वमा चित्र सुबेदी, जित गुरुङ्ग, लिलाधर पंत, धरणिधर गौतम, दुर्गा सुबेदी, अर्जुनबाबु तिवारी , रामहरि घिमिरे, सुय थापा, गिरिजा कुमार थापा, मार्के मगर र होम गुरुङ्गका साथ पछि थप गर्नसक्ने गरी हाललाइ १२ सदस्यीय एक नेपाली समुदाय सघर्ष समिती गठन समेत गरेको छ । कायक्रमको अन्त्यमा अन्तरक्रिया कायक्रमको निष्कर्षको रिपोर्ट जनप्रगतिशील मंचका केन्द्रीय सदस्य टेक नारायण सापकोटा बाट पढेर सुनाइएको थियो । उtm अन्तरक्रिया कायक्रम नेपाली जनप्रगतिशील मंचका अध्यक्ष विष्णु भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासचिब दधि राज घिमिरेले कायक्रम संचालन गर्नु भएको थियो ।

माथि

Back