|
|
|
|
|
Please send Your Comment FirstName Last Name
Address PostCode
|
|
मुलुक गणतन्त्रको दिशातर्फअघि बढ्ने
चेतावनी काठमाण्डौ, २३ अप्रिल/ नेकपा एमालेका नेता झलनाथ खनालले राजाबाट बेलैमा कदम नचालिए मुलुक गणतन्त्रको दिशातर्फअघि बढ्ने चेतावनी दिनुभएको छ । उहाँले नेपालको राजसंस्था अत्यन्तै संकटमा रहेको उल्लेख गर्दै सडकको आन्दोलनले गणतन्त्रमा जान दलहरुलाइ बाध्य पार्ने उल्लेख गर्नुभयो । रिपोर्टस क्लबद्वारा आइतबार काठमाण्डौमा आयोजित अन्तरक्रिया कायक्रममा बोल्दे नेता खनालले हाल संसद पुर्नस्थापना मार्फ जनताका सबैखाले अधिकार फिर्ता गरिए राजसंस्था दुर्घटनाबाट बच्न सक्ने उल्लेख गर्नुभयो । स्थानीय तहदेखि केन्द्रीय तहसम्म जनता गणतन्त्रको पक्षमा रहेको उहाँको भनाइ थियो । एमाले नेता खनालले शुक्रबार शाही सम्बोधनले आन्दोलन चर्काउन थप मद्दत पुर्याएको बताउदै नयाँ प्रधानमन्त्री बनाउदैमा समस्या समाधान हुन सक्दैन भन्नुभयो । विदेशी राष्ट्रहरुले आन्दोलनको मर्मबारे अध्ययन नगरेका कारण राजाको सम्बोधनलाइ सकारात्मक टिप्पणी गरेको बताउनु भयो । कायक्रममा परराष्ट्रविद् शैलेन्द्र कुमार उपाध्याय, यादवकान्त सिलवाल, तथा लोकराज बरालले शाही सम्बोधन जनताको आन्दोलनलाइ समेट्ने गरी आउन नसकेको भन्दै त्यसप्रति चिन्ता प्रकट गर्नुभएको थियो । माथि मंगलवार चक्रपथमा बीस लाख मानिस उतार्ने काठमाण्डौ, २३ अप्रिल/ शिर्ष नेताहरुको नेतृत्वमा भोली मंगलबार प्रमुख सात राजनीतिक दलले राजधानीको चक्रपथमा २० लाख मानिस उतार्ने गरी पर््रदर्शन गर्ने घोषणा गरेका छन् । गत चैत्र २४ गतेदेखि जारी आन्दोलनमा शिर्ष नेताहरुले प्रदर्शनको नेतृत्व गर्न लागेको यो पहिलो कायक्रम हो । चक्रपथ पुरै ढाक्ने गरी दलहरुले यो वृहत पर््रदर्शन गर्न लागेका हुन् । यस अघि गत शुक्रबार राजधानीको चक्रपथमा १० लाख भन्दा बढी मानिसहरुले प्रदर्शनमा भाग लिएका थिए । आइतबार साँझ बसेको सातदलको आन्दोलन संयोजन समितिको बैठकले चक्रपथ पुरै ढाक्नेगरी १२ गते २० लाख भन्दा बढी जनता उतार्ने घोषणा गरेको छ । बैठकले सो प्रदर्शनमा सम्पूर्ण संगठन, संघ-सस्था र आम जनसमुदायलाइ सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । बैठकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिए अनुसार पर्सीको राजधानी चक्रपथ प्रदर्शनमा नेपाली काँग्रैसका सभापति गिरिजा प्रसाद कोइरालाले नारायण गोपाल चोक, एमाले महासचिव माधव नेपालले कलंकी चोक, तथा नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति शेर बहादुर देउवाले गोंगबु चोकको जुलुशलाइ नेतृत्व गर्नुहुने छ । त्यसैगरी सातदोबाटोमा जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन, कोटेश्वरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमा विजुक्छे, चावहेलमा संयुक्त बाममोर्चाका विष्णु बहादुर मानन्धर तथा सितापाइलामा सद्भावना आनन्दीदेवीका भरत विमल यादवले जुलुशको नेतृत्व गर्नुहुने छ । माथि राज्य अराजकतातर्फअघि बढेको मानअधिकार आयोगको ठहर काठमाण्डौ, २३ अप्रिल/ राष्ट्रिय मानव अधिकार आयोगले आइतबार राज्य अराजकतातर्फअघि बढेको ठहर गर्दै तत्काल कार्यान्वयन गर्नेगरी ६ बुँदे अवधारणा पत्र सरकारलाइ सिफारिस गरेको छ । आयोगले शान्तिपूर्ण जनआन्दोलन दबाउन सरकारबाट सुरक्षाकर्मीलाइ दमनमा नउतार्न, थुनुवामा राखिएका सम्पूर्ण बन्दीहरुलाइ तत्काल रिहा गर्न, मानव अधिकार र जेनेभा महासन्धिको कार्यान्वयन गर्न सरकारलाइ सिफारिस गरेको छ । त्यसैगरी चिकित्सक, मानव अधिकारकर्मी, पत्रकार, वकील र अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिमाथि कर्फ्र्यूकै बीच पनि सम्मानजनक ब्यवहार गर्न, आन्दोलनमा बल प्रयोग नगर्न तथा कर्फ्र्यूको समयमा पनि एम्बुलेन्स, चिकित्सक, मानवअधिकारकर्मी र पत्रकारलाइ विनारोकावट हरेक घटनाको सुचना लिने र निर्वादपूर्ण ढंगले काय गर्ने वातावरण तयार गर्न आयोगले सरकारलाइ सिफारिस गरेको छ । माथि राजधानीका थुप्रै ठाउँमा गोली चल्यो काठमाण्डौ, २३ अप्रिल/ शान्तिपूर्ण आन्दोलनले कर्फ्र्यू अवज्ञा गरी शहरका विभिन्न भाग परिक्रमा गर्दा राजधानीका थुप्रै ठाउँमा सुरक्षाकर्मीले गोली चलाएको छ । लाखौ मानिसहरु सडकमा उत्रिएर प्रदर्शन गर्ने काय भने दैनिक गोली चलाउदा पनि घटेको छैन । काठमाण्डौको कोटेश्वर, चावहेल, बालाजु, तथा बुद्धनगरमा सुरक्षाकर्मीले गोली चलाउनुका साथै निर्घात कुटपीट गरेको छ । ती ठाउँमा सुरक्षाकर्मीले चलाएको गोलीबाट २ दर्जन भन्दा बढी घाइते भएका छन् भने कुटपीट, लाठीचार्ज, अश्रुग्यासबाट थप ५० भन्दा बढी घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको अवस्था भने अत्यन्त चिन्ताजनक रहेको बताइएको छ । घाइते मध्ये केहीलाइ मोडेल अस्पताल, केहीलाइ टिचिङ्ग हस्पीटल र बाँकीलाइ ओम हस्पीटल पुर्याइएको छ । सुरक्षाकर्मीको आक्रमणका बाबजुद लाखौ मानिस आइतबार पनि राजधानीमा उत्रिएका थिए । कोटेश्वर, सितापाइला, कलंकी, सातदोबाटो, ठमेल, मैतीदेवी लगायतका सबै ठाउँमा गरी ५ लाख भन्दा बढी राजधानीबासीले ती प्रदर्शनमा सहभागिता जनाएका थिए ।माथि सरकारी कार्यालयका प्रमुखहरु आन्दोलनमा पाल्पा, २३ अप्रिल - पाल्पाको तानसेनमा सरकारी कार्यालयका कर्मचारीहरु र कार्यालय प्रमुखहरु लोकतान्त्रिक आन्दोलनमा उत्रिएका छन् । दलको बृहत जनपर््रदशनमा उनीहरुले ऐक्यवद्धता जनाउदै कायक्रममा उपस्थित भएका थिए । प्रशासन, अनुसन्धान, प्रहरी र सेना बाहेकका सवै कार्यालयवाट कर्मचारीहरु प्रदशनमा आएका थिए । उनीहरुले शुक्रवार नै लोकतान्त्रिक आन्दोलनमा र्समर्थन जनाइसकेका थिए । साथै तानसेन नगरपालिकावाट गठन भएका टोलविकास संस्थाहरुपनि लोकतान्त्रिक आन्दोलनमा आफ्ना व्यानर सहित उपस्थित भएका थिए । पाल्पाको तानसेनमा आयोजित बृहत जनप्रदशनमा पाच दर्जन भन्दा बढी टोली विकास संस्थाहरुले प्रतिनिधित्व गरेका थिए । उनीहरुले शाही घोषणालाइ धोका भएको बताउदै लोकतन्त्र नआउदा सम्म आन्दोलन जारी रहने बताउदै नारावाजी गरेका थिए । त्यसै गरी जिल्लाका विभिन्न स्थानवाट आएका जनताहरु तानसेनको बजारमा नारा सहित जुलुस प्रदशन गरेका थिए । हज्जारौको सहभागिता रहेको जनप्रदर्शनमा महिलाहरुको अत्यधिक सहभागिता हुने गरेको छ । प्रदशनमा पेशागत संघसंगठन, संचारकर्मी, शिक्षक, विद्यार्थी, कर्मचारी समेतको सहभागिता थियो । गैरसरकारी संघसंस्था, सरकारी कार्यालयका कर्मचारी, शिक्षकहरु, जामा मस्जिद, भरियाहरु, महिला, आमा समुह, टोल विकास संस्था, यातायात व्यवसायी सवैले लोकतन्त्रको माग गर्दै प्रदशन गरेका थिए । माथि थाल ठटाउँदै प्रदर्शन पाल्पा, २३ अप्रिल - स्याङ्गजाको वालिङ्गमा आइतवार हज्जारौ महिलाहरुले चम्चाले थाल ठटाउदै शाही घोषणा धोका भएको बताउदै प्रदशन गरेका छन् । उनीहरुले नेताहरुलाइ खुट्टा नकमाउन समेत आग्रह गरेका थिए । वालिङ्ग बजारवाट सुरु भएको सातदल समर्थित महिलाहरुको अगुवाइमा निस्केको जुलुस क्याम्पसरोड, अस्पताल रोड, तल्लो वालिङ्ग हुदै वालिङ्गवजारको लोकतन्त्र चोकमा पुगेर कोण सभा गरेका थिए । सभामा एमाले, कांग्रेस, जनमोर्चा र कांग्रेस प्रजातान्त्रिकका महिलाहरुले राजाको शाही घोषणाको पछि नलाग्न आफ्ना नेताहरुलाइ खवरदारी गरेका थिए । यसै गरी स्याङ्गजाको पुतलीवजार, गल्याङ्गमा पनि वृहत प्रदर्शन भएका छन् । वालिङ्ग र गल्याङ्गमा प्रतिगमनको पुत्ला दहनको कायक्रम सम्पन्न भएको छ । माथि ३१ राजनितिक दलका नेता कायकर्ता रिहा पाल्पा, २३ अप्रिल- स्याङ्गजाको पुतलीवजार नगरपालिकामा गत चैत २६ गते पक्राउ परेका ३१ जना राजनीतिक दलका नेता तथा कायकर्ता आइतवार रिहा भएका छन् । उनीहरुलाइ जिल्ला प्रशासन कार्यालय स्याङ्गजाले रिहा गरेको हो । उनीहरु चैत २६ गते प्रदशनका वेला पक्राउ परेका थिए । स्याङ्गजा प्रशासनले पुतली वजार नगरपालिकाका विभिन्न क्षेत्रमा निषेध क्षेत्र घोषणा गरेर प्रदशनमा अवरोध गर्दै आएको छ । चैत २७ गते उनीहरुलाइ अनिश्चितकालिन थुनाको पुर्जी थमाएको दलहरुले वताएका छन् । स्याङ्गजा बारले दलका नेता कायकर्ता रिहाइको लागी आइतवारै अदालतमा मुद्धा दायर गर्ने भनेको थियो । मुद्धा दायर नहुदै उनीहरु छाडिएका छन् ।माथि काठमाण्डौमा कर्फ्र्यूको अवज्ञा गर्दै प्रदर्शनकाठमाण्डौ २३ अप्रिल / काठमाण्डौमा कर्फ्र्यूको अवज्ञा गर्दै पर््रदर्शनमा उत्रिदा आज पनि सुरक्षाकर्मीले गोली चलाएको छ । काठमाण्डौको कोटेश्वरमा दिउँसो साढे १ बजे सुरक्षाकर्मीले चलाएको गोलीबाट ३ जना घाइते भएका छन् । राजधानीको चावहेल, ठमेल, गंगबु, कलंकी, कोटेश्वर, लगायताका ठाउँहरुबाट वृहत प्रदर्शन भैरहेका छन् । रत्नपार्कतर्फउन्मुख रहेका ती जुलुशलाइ सुरक्षाकर्मीले ठाउँठाउँमा रोकी राखेको छ । लोकतन्त्रको माग सहित आजपनि राजधानीमा लाखौं मानिसहरु सडकमा उत्रिएका छन् ।माथि जनताको आन्दोलनलाइ कदर गर्न आव्हान काठमाण्डौं २३ अप्रिल / नेपाली काँग्रेसले मित्रराष्ट्र एवं अन्तर्राष्ट्रिय समुदायलाइ सातदलको आन्दोलन पूर्णत लोकतन्त्र प्राप्ति र स्थायी शान्तिको पक्षमा रहेको बताउँदै नेपाली जनताको आन्दोलनलाइ कदर गर्न आहृवान गरेको छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा राजाको शाही सम्बोधन जनताको हितमा नरहेको उल्लेख गरिएको छ । सोही कारण जनताको भावना अनुरुप लोकतान्त्रिक आन्दोलन जारी राख्ने घोषणा भएको भन्दै काँग्रेसले जनआन्दोलनको मर्म अनुरुप सहयोग पुर्याउन अन्तर्राष्ट्रिय समूदायलाइ आग्रह गरेको छ । सोही विज्ञप्ति मार्फ काँगे्रसले भारतद्वारा पछिल्लो पटक व्यक्त भानाइलाइ स्वागत पनि गरेको छ । माथि शाही सम्बोधन अपूर्ण रहेको भारतको ठहर काठमाण्डौ २३ अप्रिल / राजाको शाही सम्बोधनलाइ स्वागत गरेको भारतले शाही सम्बोधन अपूर्ण रहेको ठहर गर्दै नेपाली जनताको पक्षमा निर्णय गरिनुपर्ने बताएको छ । यस अघि हतारमा राजाको शाही सम्बोधनलाइ स्वागत गरेको थियो । हिजो साँझ नयाँ दिल्लीमा पत्रकार सम्मेलनको आयोजना गरी भारत सरकारका विषेश सचिव श्याम शरणले नेपालको माओवादी समस्याबारे चिन्ता प्रकट गर्नुभयो । उहाँले नेपाली जनताको चाहना र निर्णयलाइ भारतले सम्मान गर्ने उल्लेख गर्नुभयो । त्यसैगरी भारतीय कम्यूनिष्ट पार्टी मार्क्सवादीका नेता सिताराम याचुरीले लोकतन्त्र बहालीका लागि नेपाली जनताको भावनाको कदर गर्दै संविधान सभाको निर्वाचन गरिनुपर्ने बताउनुभएको छ । कोलकत्तामा संञ्चारकर्मीसंग कुरा गर्दै याचुरीले माओवादी समस्या समाधान सहित नेपालले निकाश पाउनुपर्नेमा जोड दिनुभयो । माथि भिजिलान्तेद्वारा माधव कुमार नेपाल माथि आक्रमण काठमाण्डौं २३ अप्रिल / सरकारद्वारा परिचालन गरिएका भिजीलान्तेहरुले हिजो साँझ नेकपा एमालेका महासचिव माधव कुमार नेपालमाथि आक्रमणको प्रयास गरेको सो पार्टीले जनाएको छ । एमाले केर्न्र्दीय कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा जनाइएअनुसार सात पार्टीको बैंठह सकेर घरतर्फजानेक्रममा आफ्नै निवास अगाडि महासचिव नेपालमाथि साँघातिक आक्रमणको प्रयास गरिएको थियो । स्थानीय बासीन्दाको सहयोगमा भिजिलान्तेहरुलाइ प्रतिकार गरेपछि उनीहरु भागेका थिए । समाउने प्रयास गर्दा गर्दै भिजितान्तेहरु भागेको एमालेले जनाएको छ ।माथि |