अरु समाचार...

 

देशान्तर साप्ताहिक

बुधवार साप्ताहिक

जनआस्था साप्ताहिक

         जनादेश साप्ताहिक

                      
Please send Your Comment
FirstName 
Last Name
Address
PostCode 
 E-Mail
 
 
सातदलद्वारा २४ घण्टे अल्टिमेटम

काठमाडौं, २२ अप्रिल- सातदलले आफुहरुको एजेण्डा २४ घण्टाभित्र सम्बोधन गर्न राजालाई अल्टिमेटम दिएका छन् ।

शीर्ष नेताहरुको बैठकले २४ घण्टा भित्र सातदलको एजेण्डामाथि सुनुवाई नभए समानान्तर सरकार गठन गर्ने चेतावनी समेत दिएको छ ।

संसद् पुनर्स्थापना,संविधान सभा, अन्तरिम सरकार गठनको माग दलहरुले राख्दै आएका छन् । शाही घोषणाले सातदलको एजेण्डामाथि सम्बोधन गर्न नसकेको भन्दै उनीहरुले शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिने निर्ण्रयगरेका छन् ।

कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगंजमा बसेको सात दलका शिर्षनेताहरुको बैठकले यो निर्ण्रयगरेको हो ।

नेपाली कांग्रेस प्रजातान्त्रिकका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धारा ३५ को कार्यकारीणी अधिकारप्राप्त प्रधानमन्त्री बनेर आफूले पहिले पनि धोका खाइसकेको टिप्पणी गर्नुभयो ।

एमाले महासचिव माधवकुमार नेपालले संविधानसभा निर्वाचनको आधार तय नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । सातदलको बैठक चलिरहँदा कांग्रेस सभापति कोइरालाको निवास अगाडि जम्मा भएका आन्दोलनकारीले जनताको भावना विपरित निर्ण्र्य नर्गन नाराबाजी गर्दै नेताहरुमाथि दबाब सृजना गरेका थिए ।

सातैदलका शीर्ष नेताले छतबाट आफूहरु कुनैपनि किसिमको सम्झौताका लागि दरबार नधाउने प्रतिवद्धता व्यक्त गरेपछि प्रदर्शनकारीहरु शान्त भएका थिए । राजाको आह्वानप्रति सकारात्मक हुन अन्तर्रराट्रय समुदायले दिएको दबाबलाई भने दलहरुले अस्वीकार गरिदिएका छन् ।

बैठक चलिरहेका बेला युरोपेली यूनियनको प्रतिनिधि मण्डलले नेताहरुसंग भेट गरेको थियो । फिनल्याण्डका नेपालस्थित राजदुत पाउलो मुस्तोहिनको नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा बेलायत, प|mान्स, जर्मनी, नर्बे र श्रीलंकाका राजदुतहरु हुनुहुन्थ्यो । दलका नेताहरुसंगको छलफलपछि नेपालका लागि फिनल्याण्डका राजदुत पाउलोले शाही घोषणाले समस्याको मार्ग खुला गरेको भन्ने युरोपेली युनियनको आधिकारिक धारणा जानकारी गराउनुभएको थियो ।

यसअघि नेपालका लागि अमेरिकी राजदुत जेम्स एफ मोरियार्टी कांग्रेस सभापति कोइरालालाई भेटी राजासंग संवादको थालनी गर्न आग्रह गर्नुभएको थियो । यसअघि सातदलका छुट्टाछुट्टै बसेका बैठकले राजाको आह्वानले राजनीतिक समस्याको निकास ननिस्कने ठहर गरेका थिए ।

नेपाली कांग्रेसले शाही घोषणाले दलहरुले उठाएको एजेण्डालाई सम्बोधन गर्न नसकेको भन्दै शान्तिपूर्ण आन्दोलनको विकल्प नभएको निष्कर्षनिकालेको छ । सभापति गिरिजाप्रसाद कोइरालाको निवासमा बसेको बैठकले आन्देालनको भावनालाई कुल्चेर सत्तामा नजाने अडान दोहोर्‍याएको छ ।

एमालेले संविधान सभाको चुनाव सुनिश्चित नभएसम्म आन्दोलनलाई निरन्तरता दिने निर्ण्र्यगरेको छ । शाही सन्देशले मुलुकका जल्दावल्दा समस्या समेट्न नसकेको भन्दै एमाले स्थायी समिति बैठकले असहमति जनाएको छ ।

दल-माओवादी १२ बुँदे समझदारी र जनताको भावनालाई राजाको सन्देशले तिरस्कार गरेको एमालेको ठहर छ । र्सार्वभौमसत्ता, राजकीय सत्ता र शासन अधिकार जनताको हातमा नसुम्पिएसम्म आन्दोलनलई अझै व्यापक बनाउन एमालेले सबै दलहरुसंग आग्रह पनि गरेको छ ।

त्रिभुवन अन्तर्रार्ट्रय विमानस्थलबाट गिरफ्तारीमा पर्नुभएका एमाले नेता बामेदव गौतम र झलनाथ खनाललाई प्रहरीले एमाले कार्यालयमा छाडिदिएपछि उहाँहरु पनि बैठकमा सहभागी हुनुहुन्थ्यो । विभिन्न ६ वटा बामपन्थी पार्टीको संयुक्त घटक संयुक्त बाममोर्चा नेपालले शाही घोषणा षडयन्त्रपर्ूण्ा भएको टिप्पणी गरेको छ । संयुक्त वाममोर्चाको तर्फाट कार्यवाहक अध्यक्ष विष्णुबहादुर मानन्धरले निकाल्नुभएको वक्तव्यमा शाही घोषणाले दल-माओवादीबीच समझदारी तोड्न खोजेको आरोप लगाएको छ ।

शाही घोषणाले सातदलको मार्गचित्रलाई सम्बोधन नगरेको भन्दै प्रजातान्त्रिक कांग्रेसले अहिंसात्मक र शान्तिपूर्ण आन्दोलनलाई अझ उचाइमा लैजान आह्वान गरेको छ । पार्टीको केन्द्रीय कार्यालय महाराजंगमा बसेको बैठकले सातदलको माग पुरा नभएसम्म आन्दोलन नरोकिने निर्ण्र्यगरेको छ । बैठकमा सभापति शेरबहादुर देउवालगायत केन्द्रीय नेताहरु उपस्थित हुनुहुन्थ्यो । माथि

विदेशी कुटनीतिज्ञहरुसंग शिर्ष नेताहरुको भेटवार्ता

काठमाण्डौ, २२ अप्रिल/ विभिन्न विदेशी कुटनीतिज्ञहरुले शनिवार प्रमुख सात राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटवार्ता गरी जारी आन्दोलनको लक्ष्यबारे जानकारी लिएका छन् ।

सातदलको बैठक जारी रहेका बेला यूरोपेली यूनियनका प्रतिनिधि तथा भारतीय राजदुत, अमेरिकी राजदुत, बेलायती राजदुत र प|mान्सेली राजदुतले सातदलका शिर्ष नेताहरुसंग भेटावर्ता गनुभएको हो । उहाँहरुले सातदलको आन्दोलनको लक्ष्यबारे जानकारी लिएको र दलहरुले सो बारे स्पष्ट पारेको नेकपा एमालेका विदेश विभाग प्रमुख झलनाथ खनालले बताउनु भएको छ । माथि

राजधानीमा मोबाइल सेवा बन्द

काठमाण्डौ, २२ अप्रिल/ सरकारले शनिवार दिउँसो पौने ४ बजेदेखि राजधानीमा मोबाइल सेवा बन्द गरेको छ । पटक-पटक आन्दोलनको समयमा बन्द गरिदै आइएको मोबाइल सेवा यसपटकको आन्दोलनमा मात्रै पनि यो दोस्रो पटक काटिएको हो । जारी आन्दोलनलाइ निस्तेज पार्न मोबाइल सेवा अवरुद्ध गरिएको बुझिएको छ । माथि

राजाको सम्बोधनलाइ सदुपयोग गर्न राप्रपाको जोड

काठमाण्डौ, २२ अप्रिल/ राष्ट्रिय प्रजातन्त्र पार्टीले शाही सम्बोधनमा माओवादी समस्या र बन्दी बनाइएको ब्यक्तिहरुको बारे उल्लेख नगरिएको प्रति दुःख प्रकट गरेको छ । राप्रपाले जनअधिकार फिर्ता गरिएको घोषणालाइ भने सकारात्मक भन्दै सम्बाद र सहमति मार्फ अघि बढ्न बाटो खुलेको ठहर गरेको छ । शनिवार बसेको केन्द्रीय कायसमिति बैठक पश्चात जारी गरिएको राप्रपाको विज्ञप्तिमा दलहरुलाइ शाही सम्बोधनलाइ टेकेर अघि बढ्न आग्रह पनि गरिएको छ ।

पार्टी अध्यक्ष पशुपति शमशेर राणाद्वारा जारी सो विज्ञप्तिमा शाही सम्बोधनको सही सदुपयोग गरेर राजनीतिक समस्या समाधान गरिनुपर्नेमा जोड दिइएको छ । माथि

जिविस पदाधिकारी फरार

गुल्मी, २२ अप्रिल - लोकतान्त्रिक गणतन्त्र स्थापनाको माग गर्दै उर्लिएको जनआन्दोलनबाट अत्तालिएर जिल्ला विकास समिति गुल्मीका सबै मनोनीत पदाधिकारीहरु कार्यालय छोडेर फरार भएका छन् । आन्दोलनकारीहरुले कालो मोसो लगाइ तम्घास बजार परिक्रमा गराउने चेतावनी दिएपछि उपसभापति अशोक श्रेष्ठ सहित सबै पदाधिकारीहरु कार्यालय मात्र होइन जिल्ला सदरमुकाम समेत छोडेर भागेका हुन् । जिविसमा मनोनीत भए लगत्तै राजाको सवारीमा लाखौ भ्रष्टाचार गरेका सभापति पूर्णबहादुर खत्रीको कर्ुर्ची जनताले चारमहिना अघि जलाइदिएपछि उनी पनि जिल्ला फर्केका छैनन् ।

उता जनताको लोकतान्त्रिक आन्दोलनको र्समर्थन गर्दै गुल्मीका सबै कार्यालयका कर्मचारीहरु काम छोडेर आन्दोलनमा उत्रिएका छन् । जिल्ला प्रशासन कार्यालयमा विगत १७ दिनदेखि आन्दोलनकारीले धर्ना दिइ कुनै काम हुन दिएका छैनन् भने अन्य सबै कार्यालयका कामकाज कर्मचारीहरुले नै ठप्प गरी आन्दोलनलाइ सहयोग गरेका छन् । त्यस्तै कर्मचारीका संगठन र युनियनले आन्दोलनका कामकाज वाहेक कार्यालय नआउन जनतालाइ अनुरोध गर्दै लोकतन्त्र नआएसम्म संघर्ष जारी राख्ने बताएका छन् । माथि

बुटवलमा एकलाख सडकमा

बुटवल, २२ अप्रिल -राजाको शाही घोषणाको विरोध तथा लोकतन्त्रको माग गर्दै शुक्रबार बुटवलमा एकलाख भन्दा बढी जनता सडकमा उत्रिएर पर््रदर्शन गरेका छन् ।

शाही घोषणा धोका हो भन्दै शुक्रबार बिहानैदेखि ठाउँ-ठाउँबाट स्वतस्फूर्त रुपमा जुलुस निस्केका थिए ।

बुटवलको गोलपार्कबाट निस्किएको विद्यार्थीहरुको जुलुस पुष्पलाल पार्कसम्म पुगेको थियो । त्यस्तै दीपनगरबाट स्थानीय बासिन्दाले हजारौको जुलुस निकालेका थिए ।

लुम्बिनी बाणिज्य क्याम्पस प्राध्यापक संघ, शिक्षक कर्मचारी संघ र स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा क्याम्पसबाट निस्किएको जुलुस पुष्पलाल पार्क आइ नगर परिक्रमा गरेको थियो । उक्त जुलुसमा राजनीतिक दल, भातृ संगठन, विभिन्न संघ-संस्थासमेत गरी दशौंहजार सहभागी थिए ।

जुलुसपछि मिडियाचोकमा आयोजित सभामा बोल्ने वक्ताहरुले सम्बिधान सभाको निर्वाचनभन्दा तल झरेर राजासंग सम्झौता नहुने स्पष्ट पारे । उनीहरुले शाही सेना विघटन गरी नेपाली सेना कायम हुनुपर्ने र निःशर्त संविधान सभाको निर्वाचन घोषणा गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नुपर्ने माग गरेका थिए ।

सभामा नेपाली कांग्रेसका नगर सभापति रामप्रसाद खनाल, प्राध्यापक गोपाल पाण्डे, लुम्बिनी बाणिज्य क्याम्पसका स्ववियू सभापति सुमन खरेल, नेपाल विद्यार्थी संघका ओमप्रकाश अर्याल, महिलाको तर्फाट सावित्रा अर्याल लगायतले बोल्दै राजाले उचाइमा पुगेको आन्दोलन निस्तेज पार्न कुटिल चाल रचेको टिप्पणी गर्दै त्यसलाइ पूर्णरुपमा अवज्ञा गरी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आम जनसमुदायमा अपिल गरेका थिए ।

त्यस अवसरमा विभिन्न लोकतान्त्रिक स्रष्टाहरुले लोकतान्त्रिक गीत र कविता मार्फ राजाको निरंकुशताको विरोध गरेका थिए । माथि

सात दलद्वारा शाही सम्बोधनलाइ ठाडै अस्वीकार

काठमाण्डौ, २२ अप्रिल/ प्रमुख सात राजनीतिक दलहरुले राजाको शाही सम्बोधनलाइ ठाडै अस्वीकार गर्दै तत्काल संसद पुनस्थापना गर्न या संविधान सभाको घोषणा गर्न दबाव दिएका छन् । आज काठमाण्डौमा सम्पन्न ती दलहरुका शिर्ष नेताहरुको बैठकले राजाबाट तत्काल त्यस्तो कदम नचालिए समानान्तर जनसरकार निर्माण गर्ने चेतावनी समेत दिएका छन् ।

वर्तमान समस्या समाधानका लागि निरंकुश राजतन्त्रको अन्त्य, स्थायी शान्ति र सार्वभौम तथा राजकीय सत्ता जनतामा केन्द्रीत हुनुपर्छ भन्दै दलहरुले शाही सम्बोधनलाइ षडयन्त्रको अर्को अध्यादेशका रुपमा परिभाषित गरेका छन् । सातदलको संयूक्त बैठकले शाही सम्बोधनलाइ पूर्णत अस्वीकार गर्दै माओवादी समस्या प्रति गम्भिर रहेर संविधान सभा या संसद पुनस्थापना भन्दा तल झरेर कुनै पनि सम्झौता नहुने प्रष्ट पारेको छ । बैठकले माओवादीप्रति सम्बोधन नगरिएको र आन्दोलनले उठाएका कुनै पनि बुँदालाइ वास्ता नगरिएको भन्दै शाही सम्बोधन औचित्य हिन रहेको ठहर गरेको छ ।

बैठक पछि जारी गरीएको संयूक्त विज्ञप्तिमा दलहरुले आन्दोलनलाइ थप चर्काउने निर्णय गरेका छन् । शाही सम्बोधन प्रति कत्तिपनि विचलित नभएर आन्दोलनमा उत्रिन बैठकले आब्हान गरेको छ । संविधान सभा मार्फ मात्रै निरंकुश राजतन्त्रको अन्त्य हुने ठहर गर्दै बैठकले जारी आम हड्ताल र आन्दोलनलाइ अनिश्चितकालसम्म थप सशक्त बनाएर लैजाने घोषणा गरेको छ । काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको निवास महाराजगञ्जमा बैठक भैरहँदा बैठक स्थल बाहिर हजारौ कायकर्ता र संगठनहरुले दलहरुलाइ शाही सम्बोधनमा नफस्न आग्रह गर्दै नाराबाजी गरिरहेका थिए । यस अघि सातैदलले छुट्टाछुट्टै बैठक बसी शाही सम्बोधनलाइ अस्वीकार गरेका छन् ।माथि

एमालेबाट शाही घोषणा अस्वीकार, आन्दोलन जारी राख्ने

काठमाडौं, २२ अप्रिल/ नेकपा एमालेका महासचिव माधव कुमार नेपालले सार्वभौमसत्ता, राजकीयसत्ता र शासनाधिकार जनताको हातमा सम्पूर्ण रुपले नसुम्पिएसम्म र संविधान सभाको निर्वाचनको आधार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने जनाउनु भएको छ ।

एमालेका तर्फाट माधव कुमार नेपालद्वारा हस्ताक्षरीत विज्ञप्तिमा शाही घोषणालाइ अस्वीकार गर्दै निरंकुश राजतन्त्रलाइ पराजित गरेर पूर्ण प्रजातन्त्र स्थापना गर्ने आन्दोलनलाइ शान्तिपूर्ण रुपमा अझ व्यापकताको साथ अघि बढाउन नेकपा एमाले पार्टीका तर्फाट सवै समक्ष आहृवान गरिएको छ ।

प्रेशित विज्ञप्तिमा सात राजनीतिक दलको संयुक्त घोषणा पत्र र दल-माओवादी बीच सम्पन्न १२ बुँदे समझदारीका आधारमा अघि बढेको संयुक्त जनआन्दोलन ऐतिहासिक उत्कर्षता तर्फउन्मुख भएको अवस्थामा शुक्रावर साँझ राजाबाट शाही घोषणा आएको तर उक्त शाही घोषणाले सात दलको माग र १२ बुँदे समझदारीलाइ अस्वीकार गरेको र जनताको भावनालाइ पूर्ण रुपले तिरस्कार गरेको उल्लेख छ ।माथि

नयाँ नारा लिएर लाखौ जनता सडकमा

काठमाण्डौ, २२ अप्रिल/ आज जनआन्दोलन चर्किएको १७ औं दिन पनि राजधानी काठमाण्डौमा लाखौको संख्यामा जनता सडकमा ओर्लिएका छन् । हिजोसम्म राजा विरुद्ध नारा लगाउदै लोकतन्त्रको माग गर्ने जनताहरु आज लोकतान्त्रिक गणतन्त्रको साथसाथै हिजोको शाही सम्बोधनलाइ गाली गलौज गर्दै एक नयाँ नारा लिएर सडकमा ओर्लिएका हुन् । आज गाउँ-गाउँ लगायत चारैतिरबाट काठमाण्डौको रत्नपार्क कब्जागर्ने सोंचले निस्किएका जनताले "शाही सम्बोधन धोका हो, ज्ञाने चोर बोका हो" भन्ने नारा लगाउदै लोकतन्त्र र संविधान सभाको माग गरिरहेका छन् । भक्तपुरबाट काठमाण्डौ तर्फआइरहेको जुलुशलाइ तीनकुने हुदै बानेश्वरको सुरक्षा घेरा तोडी थापाथली पुग्दा सुरक्षाकर्मीले गोली र अश्रुग्यास प्रहार गरेको छ । यसैगरी गोंगबुबाट रत्नपार्क तर्फलागेको अर्को लाखौको जुलुशलाइ ठमेल आइपुग्दा सुरक्षाकर्मीले धरपकड गरी त्यही तितरवितर पारेकोछ भने पाटनबाट रत्नपार्क तर्फहिडेको जुलुशलाइ पनि थापाथलीमै गोली तथा अश्रुग्यास चलाइ रोकेको छ । सुरक्षाकर्मीको निर्मम गोली, लाठी र अश्रुग्यासबाट दर्जन भन्दा बढी गम्भिर घाइते भएका छन् ।माथि

बामदेव गौतम र झलनाथ खनाल शनिवार रिहा

काठमाण्डौ, २२ अप्रिल/ हिजो गिरफ्तार गरिएका एमालेका नेताद्वय बामदेव गौतम र झलनाथ खनाललाइ आज रिहाइ गरिएको छ । उहाँहरु दुबैलाइ एमाले पार्टी कार्यालय बल्खुमा पुर्‍याइ सुरक्षाकर्मीले छोडिदिएको हो । खनाल र गौतमलाइ हिजो भारतबाट काठमाण्डौ आउने वित्तिकै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गिरफ्तार गरिएको थियो । माथि

शाही सम्बोधन षडयन्त्र भएको ठहर

काठमाण्डौ, २२ अप्रिल/ बन्दीगृहमा रहेका मानव अधिकारकर्मीहरुले आज विहान संयूक्त विज्ञप्ति जारी गरी शाही सम्बोधन षडयन्त्र भएको ठहर गरेका छन् । उनीहरुले शाही सम्बोधनमा नअल्मलिन र आन्दोलनलाइ निर्णायक मोडमा अघि बढाउन राजनीतिक दल र सम्पूर्ण जनसमुदायहरुलाइ आहृवान गरेका छन् । संविधान सभा विना मुलुकको समस्या समाधान नहुने ठहर गर्दै उनीहरुले शाही सम्बोधनले आन्दोलनको कत्तिपनि मर्मलाइ सम्बोधन गर्न नसकेको प्रष्ट पारेका छन् । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेहरुमा मानव अधिकारकर्मीहरु दमननाथ ढुंगाना, मद्मरत्न तुलाधर, कनकमणि दिक्षित, लक्ष्मण प्रसाद अर्याल र चरण प्रसाइ हुनुहुन्छ । माथि

उपत्यकामा शनिवार पुनः कर्फ्र्यू

काठमाण्डौ, २२ अप्रिल/ सरकारले काठमाण्डौ उपत्यकामा आज पुनः कर्फ्र्यू आदेश जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्र्यू लगाइएको हो । कर्फ्र्यू लगाइनुको कारण उल्लेख नगरिएपनि चक्रपथ क्षेत्रभित्र कर्फ्र्यू लागु हुने गृहमन्त्रालयले उल्लेख गरेको छ । यसैबीच हिजो विहान ९ बजेदेखि साँझ ८ बजे लागु गरेको कर्फ्र्यू सरकारले राती १२ बजेसम्मलाइ थपेको थियो । माथि

अन्तर्राष्ट्रिय समुदायबाट राजाको सम्बोधनलाइ स्वागत

काठमाण्डौ, २२ अप्रिल/ संयूक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रिय समुदायहरुले राजा ज्ञानेन्द्रको जनअधिकार फिर्ता गरिएको सम्बोधनलाइ सकारात्मक भन्दै स्वागत गरेका छन् ।

संयूक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानका प्रवक्ताले हिजो राति वासीङटनमा जारी गरेको विज्ञप्ति मा जनअधिकार फिर्ता गर्ने राजाको घोषणा सकारात्मक भएको उल्लेख गरिएको छ । संयुक्त राष्ट्रसंघले राजालाइ हरेक सम्बोधन कार्यान्वयन गर्न आब्हान पनि गरेको छ ।

त्यसैगरी भारत, अमेरिका र यूरोपेली यूनियनले पनि राजाको सम्बोधनलाइ सकारात्मक रुपमा लिदै राजनीतिक दलहरुलाइ अधिकार सम्पन्न सरकार गठनमा ढिलाइ नगर्न आग्रह गरेका छन् । उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति निकाली राजाको सम्बोधनबाट शासन गर्ने अधिकार जनताको हो राजाको होइन भन्ने कुरा प्रष्ट भएको बताएका छन् ।

यसैबीच राजाको संबोधनको विषयलाइ लिएर देशभरी नै विरोध अझ चर्किएको छ भने एमाले, काँग्रेस प्रजातान्त्रिकले आफ्नो बैठकले राजाको सम्बोधन अर्थहिन रहेको भन्दै आन्दोलनले निर्णायक मोडमा नपुर्‍याएसम्म जारी राख्ने निर्णय भएको जनाएका छन् ।माथि

षडयन्त्रमूलक घोषणालाई घृणापूर्वक खारेजः प्रचण्ड

काठमाडौं, २२ अप्रिल/ नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आज एक वक्तब्य प्रकाशित गरी राजाबाट शुक्रवार गरिएको घोषणालाई घृणापूर्वक खारेज गर्नु भएको छ । बक्तब्यमा महान् जनआन्दोलनलाई लक्ष्यसम्म पुर्‍याउन, लोकतन्त्र, शान्ति र अग्रगमनको तेस्रो गुणात्मक समझदारी कायम गर्न माओवादी पार्टी तयार रहेको कुरा स्पष्ट गर्दै त्यसका लागि अन्य पक्षसग ठोस पहलका लागि आग्रह गरिएको छ । वास्तविक देशभक्तिको परिचय दिन 'शाही' सेना र प्रहरीका जवानहरुसग विशेष अपिल पनि गरिएको छ ।बक्तब्यको पूर्ण पाठ... माथि

शाही सम्बोधन षडयन्त्रमूलक रहेको भन्दै विरोध

काठमाण्डौ, २१ अप्रिल/ राजा ज्ञानेन्द्रको आजको शाही सम्बोधन षडयन्त्रमूलक रहेको भन्दै सम्बोधन लगत्तै नेपाल भरिनै विरोध प्रदर्शन शुरु भएका छन् । विरोध गर्ने क्रममा काठमाण्डौमा शाहि सम्बोधन विरुद्ध आधाघण्टा सबै ठाउँमा बत्ति निभाएर ब्ल्याक आउट गरीयो । देशभरिका सम्पूर्ण यूवाहरु एकजुट भएर नेताहरु राजाको सम्बोधनको प्रलोभनमा परि दरबारमा नजान भनेका छन् । उनीहरुले नेताहरु दरबार छिरे पनि यूवाहरुको गणतन्त्रको आवाज र आन्दोलन नरोकिने बताएका छन् । अहिले देशका विभिन्न स्थानमा राकेजुलुस सहितको आन्दोलनका क्रममा बुटवलका विभिन्न स्थानमा पनि विरोध प्रदर्शन भैरहेको समाचार हामीलाइ प्राप्त भएको छ । सो क्रममा बुटवलको गोलपार्क स्थित राजा त्रिभूवनको शालिक ढालेर टायरबाली टायरमा होमीदिएका छन् । माथि

नेपालको जनआन्दोलनको समर्थनमा डीसीमा र्‍याली

२१ अप्रिल २००६, नेपालमा चलिरहेको जनआन्दोलनको र्समर्थनमा ऐक्यवद्धता प्रकट गर्ने क्रममा अमेरिकाको वासिंङटन डीसी मेट्रोपोलिटन क्षेत्र वरपर बस्ने नेपालीहरुले अमेरिकी संसद भवन अगाडि शुक्रबार एक विरोध पर््रदर्शन कायक्रम सम्पन्न गरे ।

कायक्रममा नेपालको जनआन्दोलनका र्समर्थनमा विभिन्न नाराहरु लगाइएको थियो ।

सो विरोध कायक्रममा अमेरिकी संसद जेम्स टी बाल्सले आफू विरोध प्रदर्शनमा सहभागी हुन नपाएको भन्दै एक सन्देश आफ्नो कर्मचारीमार्फ् सहभागीहरुबीच पढेर सुनाउन पठाउनुभएको थियो । सन्देशमा आफू सन् १९७० देखि ७२ सम्म पिसकोर स्वय्मसेवक भएर नेपालमा काम गरेकाले नेपालप्रति आफ्नो सधैं सद्भाव र माया रहेको जनाउँदै नेपालमा आफू नेपाल र नेपाली जनताहरुले शान्ति स्थीरता र प्रजातन्त्र पाउनुपर्छ भन्ने कुराको र्समर्थन रहेको जनाउनुभएको थियो ।

उक्त अवसरमा एम्नेष्टी इन्टरनेशनल साउथ एसियाका डाइरेक्टर टी कुमारले एम्नेष्टीद्वारा नेपालमा निहत्था नागरिकमाथि दमन तथा हत्या गरिएकोप्रति चासो राखेको बताउँदै राजा र सेनाहरुलाइ नागरिकहरुको मानवअधिकारको सम्मान गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।

अर्का वक्ता डा. श्याम कार्कीले विदेशमा बस्ने नेपालीहरुले विदेशमा रहेका वर्तमान सरकारी प्रतिनिधिहरुलाइ सामाजिक बहिस्कार गर्नुपर्ने, उनीहरुलाइ आफू बसेको देशका सरकारलाइ समेत पनि आउन नदिन र बहिस्कार गर्न अनुरोध गर्न आग्रह गर्नुभयो ।

सोही बमोजिम आफूहरुले केही समयअघि शाही सरकारका एक मन्त्री वासिंङटन आइपुग्दा यहाँका कंग्रेसम्यानहरु र अमेरिकी सरकारी अधिकारीहरुलाइ भेट गर्न रोकेको कुराको जानकारी गराउनुभयो ।

अर्का वक्ता अधिवक्ता दिनेश त्रिपाठीले नेपालका सेना तथा सुरक्षा परिषद्का अधिकृतहरुले जसरी मानवअधिकारको उल्घंन गर्दै निहत्था मान्छेहरुमाथि हत्या हिंसामा उत्रेका छन् ती मानवअधिकार उल्लंघन गर्नेहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी कठघरामा उभ्याइने छ भन्नुहुँदै प्रजातान्त्रिक मुलुकहरुले त्यस्ता व्यक्तिहरुलाइ भिसा लगाउन रोक्नुपर्ने र विमानस्थलबाटै त्यस्ता व्यक्तिहरुलाइ गिरफ्तार गरेर कानुनी प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्रिपाठीले त्यस्ता अधिकृत तथा सुरक्षा निकायका प्रमुखहरुलाइ अन्तर्राष्ट्रिय अदालतमा नरसंहार गरेकोमा उभिनुपर्ने छ भन्दै उनीहरुले बेलैमा जनतामाथिको दमन बन्द गर्न समेत आग्रह गर्नुभयो ।

अर्का वक्ता हृयुमनराइट् कमिटी युएसएका अध्यक्ष डा. बलराम अर्यालले पुस्तौं पुस्तासम्मका राजतन्त्रका कारणले नेपाली जनताले दुःख पाउनुको बदला एकैपटक नेपालमा लोकतान्त्रिक पद्दतिको स्थापना हुनुपर्ने कुरामा जोड दिनुभयो । मानवअधिकारको उल्लंघन गर्ने माओवादी र सरकारी सेनाहरुलाइ अन्तर्राष्ट्रिय कानुनले छाड्न नहुने कुरा व्यक्त गर्नुभयो ।

कायक्रममा होमराज आचाय, कृष्ण कँडेल, प्रेम संग्रौला, गिरीश पोखरेलले पनि नेपालमा चलिरहेको आन्दोलनको र्समर्थन गर्दै आन्दोलनलाइ कुनै हालतमा पनि रोक्न नहुने बताउनुभएको थियो ।

कायक्रमका सञ्चालक राजेन्द्र वलीले राजाको घोषणा धोका हो भन्दै यो आन्दोलनले नै संविधानसभाका लागि थप दवाव दिनर्ुपर्छ भन्दै दीगो शान्तिका लागि माओवादीहरुलाइ राजनीतिक मूल धारमा ल्याउने वातावरण बनाउँदै मुलुकलाइ द्वन्द्वबाट मुक्त दिलाउनुपर्ने कुरा बताउनुभयो । नेपालको इतिहासमा राजतन्त्र सधैं नै प्रजातन्त्रका लागि बाधा र अड्चन भएको कुरा जनताले महसुस गरेको हुँदा नै देशमा अहिले जनक्रान्ति शुरु भएको हो र फेरी यस्तो अवसर इतिहासमा कहिले पनि प्राप्त नहुने ओलीले सोही अवसरमा बताउनुभयो । नेपालका राजनीतिक दलहरु र दरवारहरुले विदेशीको वुइ चढेर सम्झौताको राजनीतिकले नेपाललाइ फेरी अर्को युद्धभूमीमा परिणत गर्ने छ र भावी पुस्ताले पुनः अर्को आन्दोलन गर्नुपर्ने वाध्य परिस्थिति सृजना हुनेछ त्यसकारण यही अवसरमा नेपालमा पूर्ण लोकतान्त्रिक पद्धतिको स्थापना गर्न सके भावी पिढीहरुले फेरी आन्दोलन गरिराख्नुपर्ने हुँदैन ओलीले भन्नुभयो ।

माथि

Back