|
|
|
|
|
Please send Your Comment FirstName Last Name
Address PostCode
|
|
कर्फ्यू अवधि २५ घण्टा काठमाडौं, अप्रिल २० / विहिवार विहान २ वजेदेखि काठमाण्डौमा गलाइएको कर्फयू साझ आठ वजे खोल्ने भनिएको मा सरकारले अवधि वर्ढाई सुक्रवार हिहान तीन वजे सम्म कर्फ्रयू अवधि थप गरेको छ । पहिले लगातार अठार घण्टा कर्फ्रयू तोकिएकोमा समयावधि वढाउनाले अव कर्फ्यूको अवधि २५ घण्टा हुन गएको छ । माथि आन्दोलनलाई थप चर्काउने घोषणा काठमाण्डौ, २० अप्रिल/ आन्दोलनरत सात प्रमुख राजनीतिक दलहरुले राजाको भेटघाट र सम्बादलाई औचित्यहिन भन्दै आन्दोलनलाई थप चर्काउने घोषणा गरेका छन् । प्रमुख सातराजनीतिक दलको जनआन्दोलन संयोजक समितिको विहिबार साँझ काठमाण्डौमा बसेको बैठकले सो घोषणा गरेको हो । दलहरुले भोली शुक्रबार देशभरि सडक पर््रदर्शन गर्ने उद्घोषण गर्दै आन्दोलनमा आम जनसमुदायलाई उपस्थित हुन आग्रह गरेका छन् । हाल जारी आन्दोलन र आम हड्ताललाई थप अनिश्चितकालसम्म लम्ब्याउने पनि जनआन्दोलन संयोजन समितिको बैठकले निर्णय गरेको छ । सातदलले सोही बैठकमार्फ राज्य दमनलाई अन्तिम प्रहारको संज्ञा दिएका छन् । मुलुकभरि आन्दोलनलाई वृहत रुपमा सञ्चालन गर्न सम्पूर्ण दल, संगठन र संघ-संस्थाहरुका स्थानीय तहलाई सातदलले आब्हान गरेका छन् । राजाको केही ब्यक्तिसंग भएको सम्बादलाई अर्थहिन भन्दै दलहरुले त्यसमा नअल्झीन पनि सबैलाई आग्रह गरेका छन् । माथि प्रदर्शनमा भाग लिन आएकालाई सुरक्षाकर्मीले बाटोमै रोकिदिए, बर्दियामा सत्ताइस घाइते काठमाण्डौ, २० अप्रिल/ राजधानीको चक्रपथ प्रदर्शनमा भाग लिन आएका काभ्रेको एउटा समुह र धादिङ्गबाट गएको अर्को समुहलाई सुरक्षाकर्मीले बाटोमै रोकिदिएको छ । धादिङ्गबाट प्रदर्शनमा भाग लिन जिल्ला भरिका ५० हजार भन्दा बढी मानिसहरु काठमाण्डौ प्रवेश गर्न लाग्दा उनीहरुसबैलाई थानकोटमै सुरक्षाकर्मीले रोकिदिएको छ । त्यसैगरी काभ्रेबाट जिल्ला भरिका उत्तिनै संख्यामा मानिसहरु प्रदर्शनमा भाग लिन काठमाण्डौ आउदै गर्दा उनीहरुलाई भक्तपुरमा रोकिएको दलहरुले बताएका छन् । काभ्रेका बासिन्दाहरुले जिल्लाका २ जनालाई सुरक्षाकर्मीले गोली हानी मारेको आक्रोशमा बदला लिन भन्दै लामो दुरीको बाटो हिड्दै काठमाण्डौ प्रवेश गर्ने अठोट लिएका छन् । भक्तपुरमा रोकेपछि नाराबाजी गर्दै भक्तपुरबाटै फर्किएको दलहरुले जनाएका छन् । यसैगरी आज सरकार तर्फाट गोली चलाउदा बर्दीयामा २७ जना आन्दोलनकारी घाइते भएको छ । चितवन, नेपालगञ्ज र जनकपुरमा लाखौंको संख्यामा आन्दोलनकारीको सहभागिता रहेको थाहा हुन आएको छ । माथि विशेषदुत करणसिंह विहिबार भारत फिर्ता काठमाण्डौ, २० अप्रिल/ भारतीय विशेषदुत करणसिंह विहिबार भारत र्फकनु भएको छ । हिजो नेपाल आउनुभएका करणसिंह आज राजासंगको भेटवार्ता लगत्तै भारत र्फकनुभएको हो । भारत र्फकनु अगाडि सञ्चारकर्मीलाई राजासंगको भेटवार्ता बारे केही बताउने आशा गरिएपनि करण सिंहले त्यसबारेमा केही बताउनुभएन । भारत पुगिसेकेपछि त्यहाँका सञ्चारकर्मीहरुसंग कुरागर्दै भारतीय विशेषदुत करण सिंहले नेपालमा लोकतान्त्रिक आन्दोलन अत्यन्तै चर्को रुपमा अघि बढेको बताउनु भयो । त्यसबखत उहाँले भारत लोकतन्त्रको पक्षमा रहेको प्रष्ट पार्दै राजाबाट सकारात्मक कदम चालिनेमा आशा ब्यक्त गर्नुभयो । माथि धरानको जुलुश प्रदर्शनमा तीसौ हजार सहभागीप्रदिप मेयाङवो धरान, २० अप्रिल - लोकतन्त्रिक आन्दोलनको र्समर्थनमा विहिवार धरानमा ३० औं हजारको जुलुस प्रदर्शन भएको छ । सातदलको आव्हानमा गाउ गाउवाट आएको महिला, वृद्ध र किशोर किशोरीहरुको विशाल जुलुशले धरानको छाता चोक, चतरालाईन, लोकपथ हुदै भानुचोकमा पुगेको थियो । स्थानीय धार्मिक संघ संस्था, एकल महिला समूह, सात राजनीतिक दलका भातृ संगठन, विद्यार्थी, पत्रकार, निजामति कर्मचारी, वकिल, पत्रकार, शिक्षक, प्राध्यापक, मजदुरहरु सम्मीलित जुलुशले लोकतन्त्रको वहालीको माग गर्दै नगरपारिक्रमा गरेका थिए । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीद्वारा विर्तामोड, इटहरी, चन्द्रगडी र राजधानीमा प्रदर्शनकारी माथी गरिएको गोली प्रहारको तीव्र निन्दा गरेका छन । हत्यारा सुरक्षाकर्मीलाई कारवाही गर्न उनीहरुले माग गरेका छन । यसैगरी सुनसरीको भरौल र प्रकाशपुरमा आदिवासी जनजाति र थारु कल्याणकारी संघ, वराहक्षेत्र, चतरा र पाचकन्यामा सात राजनैतिक दलका र्समर्थकहरुले लोकतन्त्रको वहालीको माग गर्दै गाउ परिक्रमा गरेका छन । पाचकन्याका गाउलेहरुलाई सुरक्षाकर्मीहरुले जुलुस प्रदर्शन गरेमा गोली प्रहार गर्ने धम्की दिएका छन । माथि प्रतिष्ठानमा आन्दोलनकारी घाइतेहरुको उपचार निशुल्क प्रदिप मेयाङवो धरान, २० अप्रिल - लोकतन्त्रको माग गर्दै विहिवार पनि वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सयौं चिकित्सक, नर्स र कर्मचारीहरुले जुलुश प्रदर्शन गर्दै भानुचोकमा कोण सभा गरेका छन । उनीहरुले प्रतिष्ठानमा विहान ९ वजे देखि ११ वजे सम्म आकस्मिक सेवा वाहेक सम्पूर्ण विभाग वन्द गरेका थिए । प्रतिष्ठानका जन आन्दोलन संयोजक समितिका संयोजक डा. वी पी दासका अनुसार आन्दोलनमा घाइते भई उपचारका लागि भर्ना गरिएका सम्पूर्ण विरामीका उपचार खर्च निशुल्क गरिएको छ भने विरामी कुरुवाहरुका लागि खाने, वस्नेको सुविधा निशुल्क रुपमा उपलब्ध गराइएको छ । प्रतिष्ठानमा हाल झापाका ११ जना, इलाम र इटहरीका एक एक जना घाइतेहरु उपचाररत छन । झापाका ६० वषिर्य गोविन्द कडेरिया, चिया मजदुर गोपाल श्रेष्ठ, सुरुङगाका जीवन खतिवडा, चारपानेका फडिन्द्र नेपाल, अर्जुनधाराका ७३ वषिर्य पूर्ण वहादुर ढकाल, बुधवारेका यतिराम ढुङगाना, महेशपुरका याम वहादुर निरौला र सन्तोष ढकाल, भद्रपुरका सिन्दु उप्रेती र अनारमुनीका पे्रम चौधरीको उपचार भइरहेको छ । यसैगरी इलाम सुलुवुङका ट्याक्सी चालक विश्वमणि खुलाल, इटहरीका गोविन्द अधिकारीको पनि उपचार भइरहेको छ । ति मध्ये सन्तोष ढकालको टाउकोमा गोली लागेर भित्रै रहेकोले स्थिति चिन्ताजनक छ भने याम वहादुर निरौलाको पेटमा गोली लागि आन्द्रको ६ ठाउ चुटिएको छ । अन्य घाइतेका त्रि्रा र हात छिया छिया हुने गरी सुरक्षाकर्मीले गोलि प्रहार गरेका छन । घाइते मध्ये ०७ सालका सेनानी समेत रहेका पूर्ण वहादुर ढकालको टाउकोमा गम्भीर चोट लागेको छ । प्रदर्शनमा सुरक्षाकर्मीले आफ्नो सुनको सिक्का घाटीवाट तानेर चुटाइ दिएपछि खोस्न जादा मरणासन्न हुने गरी घुडा र छातीमा बुट र लाठी प्रहार गरेको घाइते गोविन्द अधिकारीले वताए । छेउमा रहेका अर्का सुरक्षाकर्मीले सुनको सिक्री फिर्ता गर्न दवाव दिएपछि मात्र उनले पाएको वताए ।माथि आन्दोलनकारी अन्यन्त आक्रोशित, ५०० र्घाईतेचक्रपथको सात दोवाटो देखि खुमलटारमा भर्खरै भएको भिडण्तमा ७० जना भन्दा बढीलाई गोली लागेको छ, सेनाले हवाई फायर गरेको छ भने ५०० जना जति र्घाईते भएका छन । अहिले ५ बजे गोंगबुमा पनि ससत्र प्रहरी र प्रदर्शनकारी वीच झडप भएको छ । प्रहरीको कुर्टाईको कुनै वर्गीकरण नै छैन । जनताहरु घरका छत छतमा थाल, भांडाकुडा ठटाएर जुलुश लगाएर शहरलाई उचाली रहेका छन । हरेक हस्पिटलहरुमा र्घाईतेहरुको थुप्रो लागेको समाचारहरु आईरहेका छन । पूरै शहरको वातावरण यति तनावपूर्ण छ कि कुनै पनि वेला के हुने भन्ने पूर्वानुमान हुन सकेको छैन भने सुरक्षावलको अनावश्यक दमनले आन्दोलनकारीलाई अन्यन्त संगठीत र आक्रोशित वनाउदै लगेको देखिन्छ ।माथि कलङ्कीमा पनि गोली चल्यो, तीन बजे सम्ममा तीनको मृत्यूकाठमाण्डौ, २० अप्रिल/ राजधानीका विभिन्न ठाउँमा सुरक्षाकर्मीले चलाएको गोलीबाट आज दिउँसो ३ बजेसम्ममा कम्तिमा ३ जनाको मृत्यू भएको मोडल अस्पताल स्रोतबाट थाहा हुन आएको छ । उपचारका लागि मोडेल हस्पिटलमा लैजादै गर्दा उनीहरुको मृत्यू भएको हो । घटनामा थप केही हताहत भएको आशंका गरिएको छ । कलंकीमा आज राजधानीका गाउँगाउँबाट जुलुश पुगी एकिकृत भएका थिए । करिव १ लाख भन्दा बढीको सहभागिता रहेको कलंकीमा सुरक्षाकर्मीले ब्यापक गोली प्रहार गरेको छ । त्यहाँ १ सय भन्दा बढी घाइते भएका छन् । काठमाण्डौको चावहेल, ग्वार्कु, सातदोबाटो लगायतका ठाउँमा पनि सुरक्षाकर्मीले गोली चलाएको छ । गोली लागेर घाइते भएकाहरुलाई अत्यन्तै जटिल अवस्थामा उपचार्रार्थ मोडेल हस्पीटल पुर्याइएको छ । मृतकहरुको पहिचान खुल्न बाँकी रहेको र उनीहरुलाई हाल मोडेल हस्पिटलमा राखिएको छ । चिकित्सकहरु गम्भिर घाइतेभएकाहरुको उपचारमा सक्रिय भएका छन् । कर्फ्र्यू पासको अभावमा एम्बुलेन्स नचल्दा उपचारमा कठीनाई उत्पन्न भएको छ । कर्फ्र्यू तोड्दै अहिले पनि प्रदर्शन भैरहेका छन् । स्मरणरहोस आजको कर्फ्र्यूमा सरकारले मानवअधिकारवादी, पत्रकार, एम्बुलेन्स, डाक्टर कसैलाई पनि कर्फ्र्यू पास उपलब्ध गराएको छ । माथि कर्फ्र्यूका बावजुद राजधानीमा बीसौ हजारको विरोध प्रदर्शनकाठमाण्डौ २० अप्रिल / सरकारद्वारा घोषीत कर्फ्र्यूका बावजुद राजधानीमा सात प्रमुख राजनीतिक दलको प्रदर्शनमा २० औं हजारले सहभागिता जनाएका छन् । एक दर्जन भन्दा बढी ठाउँहरुबाट हजारौंको संख्यामा प्रदर्शनकारीहरु चक्रपथका सडकहरुमा निरंकुशता विरुद्धको जुलुशमा सहभागी भएका छन् । चक्रपथको कलंकी, सामाखुशी, कोटेश्वर, सातदोवाटो, चावहेल, सितापाइला, बुढानिलकण्ड, बनस्थली, ढुंगेधारा र महाङकालमा दशौ हजारको सहभागिता प्रदर्शन भैरहेको छ । त्यसका अतिरिक्त भित्रि सडक र गल्लीहरुमा कर्फ्र्यू तोड्दै विहानै देखि प्रदर्शन भएका छन् । शान्तिनगर, बुद्धनगर, गंगबु, मैतिदेवी, पुरानो बानेश्वर, महाराजगञ्ज, दिल्ली बजार लगायत दर्जनौ ठाउँमा राजधानी बासीन्दाहरुले प्रदर्शन गरेका छन् । प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले डिल्लीबजार, शान्तिनगर, कलंकी, गंगबु र चावहेलमा दर्जनौ राउण्ड अश्रुग्यास हानेको छ । विभिन्न ठाउँमा गरी ३ दर्जनलाई गिरफ्तार गरिएको छ । सुरक्षाकर्मीको गिरफ्तारीमा पर्नेहरुमा एमालेका केन्द्रीय सदस्य केशव बडाल लगायत छन् । कलंकी, चावहेल र कोटेश्वरमा सुरक्षाकर्मी र प्रदर्शनकारी वीच झडप भैरहेका छन् । भक्तपुरका विभिन्न ठाउँमा र किर्तिपुरमा पनि प्रदर्शन भैरहेका छन् । सरकारले राजधानीमा विहान २ बजेदेखि साँझ ८ बजेसम्म कर्फ्र्यू घोषणा गरेको छ । माथि करण सिंह र राजा वीच दुइ घण्टा लामो भेटवार्ता काठमाण्डौं २० अप्रिल / भारत सरकारका विशेष दुत करण सिंह र राजा ज्ञानेन्द्र विच आज २ घण्टा लामो भेटवार्ता भएको छ । राजा ज्ञानेन्द्रबाट विहान ११ बजे भारतीय विशेष दुत करण सिंहलाई भेटवार्ता दिने क्रममा यो भेटवार्ता भएको हो । नारायाणहिटी राजदरवारमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थाका सम्बन्धमा छलफल भएको छ । भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंहद्वारा राजा ज्ञानेन्द्रलाई पठाइएको शन्देश पत्र विशेषदुत करणसिंहले राजा ज्ञानेन्द्र समक्ष बुझाउनु भएको छ । नेपालको राजनीतिक आन्दोलन चर्किदै गैरहेको बेला भारतले देखाएको चासो र भारतीय विशेषदुत करण सिंहको नेपाल आगमनलाई महत्वका साथ लिइएको छ । भारतीय विशेष दुत सिंहले आजै विहान पूर्व प्रधानमन्त्री र्सूयबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपति शम्सेर राणासंग भेटवार्ता गर्नुभएको छ । उहाँले यस अघि हिजो नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, काँग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका महासचिव माधवकुमार नेपाल स.ग भेटवार्ता गर्नुभएको थियो । माथि बेलायत नेपाल प्राज्ञिक परिषद (BNAC) प्रजातन्त्रको पक्षमा लण्डन /बेलायत नेपाल प्राज्ञिक परिषद (Britain Nepal Academic Council)ले एक वक्तब्य प्रकाशित गरी प्रजातन्त्रको पूनर्वहालीको लागि शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रिएका जनता माथि शुरक्षाकर्मीहरुबाट भएको अत्यधिक बल प्रयोगको विरोध गरेको छ । परिषदले शुरक्षा दस्ताले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका वकील, प्राध्यापक, चिकित्साकर्मी समेत माथि भएको वर्वर दमनको विरोध गर्दै मानवअधिकार, प्रजातन्त्र र कानूनी शासनको लगि प्रदर्शनमा उत्रिएका दर्जनौ जनताको हत्याको भर्त्सना गरेको छ । बक्तब्यमा मानवअधिकार अन्तराष्ट्रिय कानूनको नेपाल सरकारले गरेको उल्लङ्घन प्रति चासो देखाउँदै थुनामा रहेका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधिहरु, मानवअधिकारकर्मीहरु पत्रकार आदि तथा गैरकानुनी थुनामा रहेका सम्पुर्ण ब्यक्तिहरुलाई तुरुन्त रिहा गर्न र प्रजातन्त्रको लागि प्रदर्शनमा उत्रिएकाहरुलाई डर, धम्की र त्रास नदेखाउन शुरक्षाकर्मीहरुलाई निर्देशन दिन समेत आग्रह गरेको छ । राजा तथा सवै राजनैतिक दलका नेताहरुलाई देशमा शान्ति तथा प्रजातन्त्र वाहालीको लागि वार्ताको पहल गर्न आग्रह गर्दै वक्तब्यमा नेकपा माओवादीलाई तुरुन्त यूद्धविरामको घोषणा गर्न तथा हिंसा परित्याग गरी विश्वब्यापी रुपमा स्थापित मानवअधिकार तथा प्रजातन्त्रको सिद्धान्तलाई स्वीकार गर्दै नेपालको शान्ति, प्रजातन्त्र र प्रगतिको लागि कार्य गर्न पनि बक्तब्यमा अपिल गरिएको छ । बक्तब्य प्रो. डा. र्सूय सुवेदी -लिड्स यूनिभर्सिटी), डा. डेभिड गिल्नर -अक्सफोर्ड यूनिभर्सिटी), प्रो. माइकल हट - लण्डन यूनिभर्सिटी), डा. जुडिथ पेट्रि्रयू -सेन्ट्रल ल्याङ्कशायर यूनिभर्सिटी), प्रो. एन्थेनी कोस्टेलो - यूनिभरसिटी कलेज लण्डन), डा. इयन हारपर - यूनिभरसिटी अफ एडिनबरा), डा. स्टेफाइन लोटर -यूनिभरसिटी अफ वीटवाटर स्टयाण्ड जोहन्र्सवर्ग, साउथ अप्रि mका) को संयूक्त नाउँबाट प्रकाशित भएको छ ।माथि
ऐक्यवद्धता जनाउँदै वायूसेवा संचालक संघले सबैखाले उडान बन्द गर्ने काठमाण्डौ, १९ अप्रिल/ जारी लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै भोली विहिबार वायूसेवा संचालक संघले सबैखाले उडान बन्द गर्ने भएको छ । सातदलले भोली राजधानीको चक्रपथमा घेराबन्दी गर्ने कायक्रमलाइ वायूसेवा संचालक संघले सहयोग गर्नुका साथै ऐक्यवद्धता जनाउने घोषणा गरेको हो । नेपालमा रहेका सबैखाले उडानको छाता संगठन रहेको सो संघले तत्काल लोकतन्त्र पूनर्वहाली गर्न र राजालाइ राजनीति छोड्न आग्रह पनि गरेको छ । यसैबीच सात राजनीतिक दलहरुले राजधानीको चक्रपथमा घेराबन्दी गरेर धर्ना दिने तयारी पुरा भएको बताएका छन् । राजधानीका प्रत्येक घरबाट १ जना अनिवाय घेराउ कायक्रममा उपस्थित हुन पनि ती दलहरुले आग्रह गरेका छन् । |