अरु समाचार...

 

देशान्तर साप्ताहिक

बुधवार साप्ताहिक

जनआस्था साप्ताहिक

         जनादेश साप्ताहिक

                      
Please send Your Comment
FirstName 
Last Name
Address
PostCode 
 E-Mail
 
 
बेलायत नेपाल प्राज्ञिक परिषद (BNAC)  प्रजातन्त्रको पक्षमा

लण्डन /बेलायत नेपाल प्राज्ञिक परिषद (Britain Nepal Academic Council)ले एक वक्तब्य प्रकाशित गरी प्रजातन्त्रको पूनर्वहालीको लागि शान्तिपूर्ण ढंगले विरोध प्रदर्शनमा उत्रिएका जनता माथि शुरक्षाकर्मीहरुबाट भएको अत्यधिक बल प्रयोगको विरोध गरेको छ । परिषदले शुरक्षा दस्ताले शान्तिपूर्ण ढंगले प्रदर्शनमा उत्रिएका वकील, प्राध्यापक, चिकित्साकर्मी समेत माथि भएको वर्वर दमनको विरोध गर्दै मानवअधिकार, प्रजातन्त्र र कानूनी शासनको लगि प्रदर्शनमा उत्रिएका दर्जनौ जनताको हत्याको भर्त्सना गरेको छ ।

बक्तब्यमा मानवअधिकार अन्तराष्ट्रिय कानूनको नेपाल सरकारले गरेको उल्लङ्घन प्रति चासो देखाउँदै थुनामा रहेका नेता, कार्यकर्ता, नागरिक समाजका प्रतिनिधिहरु, मानवअधिकारकर्मीहरु पत्रकार आदि तथा गैरकानुनी थुनामा रहेका सम्पुर्ण ब्यक्तिहरुलाई तुरुन्त रिहा गर्न र प्रजातन्त्रको लागि प्रदर्शनमा उत्रिएकाहरुलाई डर, धम्की र त्रास नदेखाउन शुरक्षाकर्मीहरुलाई निर्देशन दिन समेत आग्रह गरेको छ ।

राजा तथा सवै राजनैतिक दलका नेताहरुलाई देशमा शान्ति तथा प्रजातन्त्र वाहालीको लागि वार्ताको पहल गर्न आग्रह गर्दै वक्तब्यमा नेकपा माओवादीलाई तुरुन्त यूद्धविरामको घोषणा गर्न तथा हिंसा परित्याग गरी विश्वब्यापी रुपमा स्थापित मानवअधिकार तथा प्रजातन्त्रको सिद्धान्तलाई स्वीकार गर्दै नेपालको शान्ति, प्रजातन्त्र र प्रगतिको लागि कार्य गर्न पनि बक्तब्यमा अपिल गरिएको छ ।

बक्तब्य प्रो. डा. र्सूय सुवेदी -लिड्स यूनिभर्सिटी), डा. डेभिड गिल्नर -अक्सफोर्ड यूनिभर्सिटी), प्रो. माइकल हट - लण्डन यूनिभर्सिटी), डा. जुडिथ पेट्रि्रयू -सेन्ट्रल ल्याङ्कशायर यूनिभर्सिटी), प्रो. एन्थेनी कोस्टेलो - यूनिभरसिटी कलेज लण्डन), डा. इयन हारपर - यूनिभरसिटी अफ एडिनबरा), डा. स्टेफाइन लोटर -यूनिभरसिटी अफ वीटवाटर स्टयाण्ड जोहन्र्सवर्ग, साउथ अप्रिmका) को संयूक्त नाउँबाट प्रकाशित भएको छ ।माथि

सभापति उपसभापतिको घरमा आगजनी

तौलिहवा, १९ अप्रिल - लोकतान्त्रिक आन्दोलनमा उत्रिएका युवा विद्यार्थीहरुको समूहले जिल्ला विकास समिति कपिलवस्तुका सभापति कृष्ण बहादुर चौधरी र उपसभापति काल्रि्रसाद शर्माको घरमा आगजनी गरी क्षति पुर्‍याइदिएका छन ।

सदरमुकाम तौलिहवास्थित उपसभापति शर्माको घरमा तोडफोड गरी सरसामान जलाइदिएका छन् । त्यस्तै सभापति चौधरीको घरमा आगजनी गरी भएका लत्ताकपडा, टिभी,भाँडा वर्तन बाहिर ल्याई आगजनी गरेका थिए । तोडफोड र आगजनीबाट लाखौंको क्षति भएको छ ।

सभापति चौधरीको घरमा परिवारका कोही पनि सदस्य थिएनन् । उपसभापतिका घरमा परिवारका सदस्यलाई चोटपटक नलागेको उनका छोरा शक्ति शर्माले बताए ।

प्रदर्शनकारी युवा विद्यार्थी सभापतिको कार्यकक्षमा पुगी आगजनी गर्न खोजेका थिए । तर प्रहरीले नदिएपछि उनको घरमा गएर आक्रोशित युवा विद्यार्थीले आगजनी गरेका थिए ।

यसैबीच प्रदर्शनकारी र्फकन लाग्दा बसबाट खसेर कपिलवस्तु पटना गाविस-९ का २० वर्षीय सुनिल भट्टर्राई गम्भीर घाइते भएका छन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको छ भने दाहिने हात भाँच्चिएको छ ।

प्रदर्शनकारीहरुले विरोध प्रदर्शन गरी रत्न राज्य लक्ष्मी माविमा आई सभा गरे । सभामा अनेरास्ववियु केन्द्रीय सदस्य यमलाल आचार्य, प्रजातान्त्रिक कांग्रेस विद्यार्थी संघका केन्द्रीय सदस्य राजेश ज्ञवाली , नेविसंघका जिल्ला उपाध्यक्ष प्रकाश गैरे र अखिल एकीकृतका कपिल खनाल लगायतका विद्यार्थी नेताले आन्दोलनले गति पाएकाले लोकतन्त्र आउन धेरै पर्खनु नपर्ने बताउनुभयो । माथि

मानवअधिकार आयोगबाट गृहमन्त्रीसंग केरकार

काठमाण्डौ, १९ अप्रिल/ राष्ट्रिय मानवअधिकार आयोगले गृहमन्त्री कमल थापालाई बुधबार आयोगको कार्यालयमा उपस्थित गर्राई शान्तिपूर्ण आन्दोलनमा गरिएको दमनका सम्बन्धमा स्पष्टिकरण लिएको छ ।

बुधबार दिउँसो आयोगले गृहमन्त्री थापालाई सरकारको दमन तत्काल बन्द गर्न आग्रह पनि गरेको छ । यस अघि सशस्त्र प्रहरीका एसएसपी माधव थापालाई आयोगमा उपस्थित नगराएका सम्बन्धमा पनि आयोगले गृहमन्त्रीसंग सोधपुछ गरेको बुझिएको छ । सशस्त्र प्रहरी एसएसपी थापाले भने आयोगमा स्पष्टिकरण दिएनन् । त्यस सम्बिन्धी गृहमन्त्री कमल थापाले राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्र र सिमाना भित्र आयोगलाई रहन भन्नुभएको थियो ।

आयोगको कार्यालयमा उपस्थित गृहमन्त्री थापाले सञ्चारकर्मीसंग खासै केही बताउनु भएन । उहाँले मुलुकको वर्तमान अवस्थाका सम्बन्धमा छलफल भएको उल्लेख गर्नुभयो ।

यसैबीच आयोगले बुधबारनै एक विज्ञप्ति जारी गरी सरकारलाई शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नगर्न दबाव दिएको छ । सरकारले तीव्र दमन गरेर शान्तिपूर्ण प्रदर्शनमा गोली चलाइरहेको प्रति आयोगले गम्भिर ध्यानाकर्षा गराएको छ । आयोगले अब हुने कुनै पनि प्रदर्शनमा सुरक्षाकर्मीको बल प्रयोग नगर्न सरकारलाई आग्रह गर्दै राजनीतिक दलहरुलाई संयमताका साथ शान्तिपूर्ण आन्दोलन अघि बढाउन सुझाव दिएको छ । माथि

माधव कुमार नेपाल बुधबार रिहा

काठमाण्डौ, १९ अप्रिल/ गत चैत्र १२ गते निवासबाटै गिरफ्तार हुनु भएका नेकपा एमोलका महासचिव माधव कुमार नेपाल बुधबार रिहाई हुनुभएको छ । गत माघ ६ गतेदेखि निवासमै नजरबन्द गरिनु भएको उहाँलाई चैत १२ गते गिरफ्तार गरी प्रहरी क्याम्प ककनीमा राखिएको थियो ।

जिल्ला अदालत काठमाण्डौको रोहवरमा बुधबार एमाले महासचिव माधव कुमार नेपाल सहित नेपाली काँग्रेसका रामचन्द्र पौडेल, सुजाता कोइराला, सशांक कोइराला, मिना पाण्डे, एमालेका रघुजी पन्त तथा अखिलका ठाकुर गैरे पनि रिहाई हुनुभएको छ ।

रिहाई भएको लगत्तै एमाले महासचिव नेपालले यसलाई षडयन्त्र गरिएको पनि हुनसक्ने प्रतिक्रिया दिनु भयो । पार्ट कार्यालय बल्खुमा साँझ आयोजित पत्रकार सम्मेलनमा महासचिव नेपालले राजाबाट थालिएको सम्बादलाई अर्थहीनको संज्ञा दिनुभयो । उहाँले जनआन्दोलनको लक्ष्य प्राप्ति नभएसम्म आन्दोलन नरोकिने पनि बताउनुभयो । एमाले महासचिव नेपालले अब दलहरु राजाको संजालमा नफस्ने उल्लेख गर्नुहुँदै आन्दोलनमा थप सक्रिय हुन सबैलाई आहृवान गर्नुभयो ।

भारतबाट विशेष दुत करणसिंह नेपाल आएकै दिन नेपाललाई रिहाई गरिनुलाई अर्थपूर्ण ढंगले हेरिएको छ । माथि

भारतीय विशेष दुतको कोइराला र देउवासंग भेटवार्ता

काठमाण्डौ, १९ अप्रिल/ नेपालको राजनीतिक अवस्थाको बस्तुस्थिति बुझ्न बुधबार नेपाल आउनु भएका भारतीय सरकारका विशेषदुत डा. करण सिंहले बुधबार साँझ नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेपाली काँग्रेस प्रजातान्त्रिकका सभापति शेरबहादुर देउवासंग भेटवार्ता गनुभएको छ ।

कोइराला र देउवासंगको भेटवार्ता पछि भारतीय विशेष दुत करणसिंहले नेपालको राजनीतिक अवस्था सुधार हुनेमा आशावादी रहन आग्रह गर्नुभयो । उहाँले भारत सरकार नेपालको समस्यामा अत्यन्तै चिन्तित रहेको र सोही सम्बन्धमा कोइराला र देउवालाई जानकारी गराएको बताउनुभयो ।

यस अघि अपरान्ह काठमाण्डौ आएपछि सञ्चारकर्मीसंग उहाँले राजासंगको भेटमा प्रजातन्त्र पर्ूनर्वहाली गराउन लगाउने बताउनु भएको थियो । करणसिंहले विहिबार राजासंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उहाँले नेपालका अन्य राजनीतिक दलहरुसंग पनि भेटवार्ता गर्ने बताइएको छ । भारत सरकारको निर्णय नेपाल आउनु भएका भारतीय विशेष दुत करणसिंहको यो भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । माथि

झापामा शुरक्षाकर्मीद्वारा चार जना मारिए

काठमाण्डौ, १९ अप्रिल/ झापाको चन्द्रगढीमा जिल्लाभरीका ५० औं हजार मानिसको उपस्थितिमा भएको वृहत प्रदर्शनमा सुरक्षाकर्मीले ब्यापक धरपकड गरी गोली चलाउदा ४ जनाको मृत्यू भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन् । घटनामा केही थप प्रदर्शनकारी हताहत भएको आशंका गरिएको छ ।

दिउँसो २ बजेपछि सुरक्षाकर्मीले चलाएको गोलीबाट झापा अर्जुनधाराका राजन गिरी र भद्रपुरका सुरज विष्ट सहित ४ जनाको मृत्यू भएको हो । अन्य २ जना मृतकलाई सुरक्षाकर्मीले उठाएर लगेका छन् । सुरक्षाकर्मीले चन्द्रगढीमा आधुनिक हतियार समेत प्रयोग गरेको दलहरुले बताएका छन् । त्यहाँ कम्तीमा ५ सय राउण्ड गोली चलाइएको बताइएको छ । घाइतेभएकाहरु मध्ये १ दर्जनको अवस्था चिन्ताजनक रहेको छ । घाइते सबैलाई मेची अञ्चल अस्पतालमा पुर्‍याइएको र अस्पताल पुरै घाइतेहरुले भरिएको प्रप्त समाचारमा जनाइएको छ ।

दिउँसो १२ बजे चन्द्रगढीमा ५० हजार भन्दा बढी मानिसहरुले शान्तिपूर्ण प्रदर्शन सुरु गरेका थिए । यस अघि नै घोषित कार्यक्रम अनुसार झापा जिल्ला भरिका जनताले आज चन्द्रगढीलाई लोकतान्त्रिक क्षेत्र घोषणा गर्ने तयारी गरिरहेका थिए ।

पर््रदर्शन शुरु भएको केहीबेर पछि सुरक्षाकर्मी र प्रदर्शनकारीबीच सामान्य झडप सुर भएको बताइएको छ । दिउँसो २ बजेसम्म अश्रुग्यास र लाठी प्रहार गरेर सुरक्षाकर्मीले केही प्रदर्शनकारीलाई घाइते बनाएको थियो । दिउँसो २ बजेपछि एक्कासी सुरक्षाकर्मीले पचासौ हजार प्रदर्शनकारीमाथि गोली चलाउन सुरु गरेको हो । सुरक्षाकर्मीले सयौं राउण्ड गोली चलाएपछि साँझसम्म चन्द्रगढीको स्थिति निकै तनावग्रस्त रहेको थियो ।

सुरक्षाकर्मीको गोलीबाट घाइते भएकाहरुलाई जिल्ला १२ वटा एम्बुलेन्सले ओसार्ने काम गरेका हुन् । अहिले पनि त्यहाँको स्थिति अत्यन्तै तनाव र चिन्ताजनक रहेको छ । माथि

प्रदर्शनबाट अन्ठाउन्न जना गिरफ्तार

काठमाण्डौ, १९ अप्रिल/ नेपाल शिक्षक संघ र शिक्षक यूनियनको संयूक्त आयोजनामा काठमाण्डौमा भएको पर््रदर्शनबाट बुधबार सुरक्षाकर्मीले ५८ जनालाई गिरफ्तार गरेको छ ।

दिउँसो डिल्लीबजारमा भएको प्रदर्शनबाट सुरक्षाकर्मीले मोहन ज्ञवाली र बाबुराम अधिकारी सहित ती शिक्षकहरुलाई गिरफ्तार गरेको हो ।

यसैबीच सात राजनीतिक दलहरुले बुधबार पनि राजधानीका दर्जन भन्दा बढी ठाउँमा प्रदर्शन गरेका छन् । ती प्रदर्शनहरुमा सुरक्षाकर्मीले धरपकड गरी लाठी र अश्रुग्यास प्रहार गरेको छ । जसबाट पाटनमा १ दर्जन बढी घाइते भएका छन् । सातदलहरुको आन्दोलन अन्तरगत राजधानीका कलंकी, कोटेश्वर, किर्तिपुर, बानेश्वर, डिल्लीबजार, चावहेल लगायतका ठाउँमा बुधबार दिनभरी प्रदर्शन भएका छन् ।

सातदलहरुले विहिबार राजधानीको चक्रपथमा गर्ने वृहत प्रदर्शनको तयारीमा बुधबार साँझ काठमाण्डौका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेका छन् । दलहरुले लाखौको सहभागितामा राजधानी चक्रपथ क्षेत्रमा वृहत प्रदर्शन गर्ने तयारी गरेका छन् ।माथि

कर्मचारीहरुको झन चर्को आन्दोलन

काठमाण्डौ, १९ अप्रिल/ लोकतान्त्रिक आन्दोलनमा ऐक्यवद्धता जनाउदै विभिन्न मन्त्रालय र सरकारी कार्यालयका कर्मचारीहरुले आज आन्दोलन र प्रदर्शनलाइ थप चर्काएका छन् ।

हिजो सिंहदवारबाट गृहमन्त्रालय सहित विभिन्न मन्त्रालयका कर्मचारीलाइ गिरफ्तार गरिएको विरुद्ध सरकारी कर्मचारीहरुले आन्दोलन चर्काएका हुन् । हिजो गिरफ्तार गरिएका गृहमन्त्रालयका ६ कर्मचारीलाइ अझै रिहा गरिएको छैन ।

आज कार्यालय खुल्ने समय पछि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, स्थानीय विकास मन्त्रालय, गृह मन्त्रालय, संस्कृति पयटन तथा नागरिक उड्ययन मन्त्रालयका कर्मचारीहरुले मन्त्रालय परिसरमै प्रदर्शन गरेका छन् ।

नेपाल टेलिभिजनका कर्मचारी र पत्रकारहरु पनि लोकतान्त्रिक आन्दोलनमा उत्रिएका छन् । त्यसक्रममा नेपाल टेलिभिजनका पत्रकार विश्वमित्र खनाललाइ गिरफ्तार गरिएको छ । रेडियो नेपाल, साझा प्रकाशन, काठमाण्डौ महानगरपालिका, नागरिक उड्ययन प्राधिकरण, त्रिभूवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु, नेपाल टेलिकम, विद्युत प्राधिकरण र मालपोत कार्यालयका कर्मचारी पनि आज प्रदर्शनमा उत्रिएका छन् । माथि

पोखरामा र्फ्र्यू ताड्दै प्रदर्शन

काठमाण्डौ, १९ अप्रिल/ लोकतान्त्रिक आन्दोलनको चौधौ दिन आज पोखरामा कफर्र्यू ताड्दै प्रदर्शनहरु भएका छन् । त्यस क्रममा प्राध्यापकहरुले निकालेको विरोध जुलुसमा हस्तक्षेप गरी सुरक्षाकर्मीले प्राध्यापक सहित २ सय ५० जनालाइ गिरफ्तार गरेको छ । विहान ८ बजेदेखि साँझ ७ बजेसम्म पोखरामा कर्फ्र्यू घोषणा गरिएको छ । कर्फ्र्यू तोड्दै हजारौको संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका छन् ।

राजधानीमा पनि विहानैदेखि प्रदर्शनहरु भएका छन् । काठमाण्डौको पाटन, गोंगबु, कोटेश्वर, चावहेल, कलंकी, ठमेल, क्षेत्रपाटी लगायतका ठाउँमा प्रदर्शन भैरहेका छन् ।माथि

उपचार कोषमा आजसम्म एक करोड अठार लाख रुपैया जम्मा

काठमाण्डौ, १९ अप्रिल/ आन्दोलनमा घाइते भएकाहरुकोलागि स्थापित उपचार कोषमा आजसम्म १ करोड १८ लाख रुपैया जम्मा भएको छ ।

मदनकृष्ण श्रेष्ठ र हरिबंश आचायद्वारा १ लाखको कोष खडा गरी मोडेल अस्पतालको जिम्मा लगाइएको उपचार कोषमा दश दिनमा यतिका रकम जम्मा भएको हो । विभिन्न संघ-संस्था एवं ब्यक्तिहरुबाट घाइतेहरुका लागि उपचार कोषमा रकम जम्मा गर्ने काय जारी रहेको छ । कोषलाइ मोडेल हस्पीटलले एक लाख, ओम हस्पीटलले १ लाख, टिचिङ हस्पीटलले १ लाख, स्पाइस नेपालले २ लाख, काठमाण्डौ महानगरपालिकाले १ लाख ६२ हजार, नेपाल अरब बैंकले १ लाख ५२ हजार रुपैया सो कोषमा संकलन गरेका छन् । विभिन्न दर्जनौ अस्पताल, बैंकहरु, मन्त्रालयहरु, विद्युत प्राधिकरण देखि लिएर अन्य कार्यालयहरुमा कायरत कर्मचारी र सर्वसाधारणले सहयोग कोषमा रकम जम्मा गरेका छन् । माथि

चिकित्सकहरुद्वारा राज्यलाइ कर नतिर्ने घोषणा

काठमाण्डौ, १९ अप्रिल/ जनआन्दोलनमा राज्यले गरेको बर्बर दमनका विरुद्ध अधिराज्यभरीका चिकित्सकहरुले राज्यलाइ कर नतिर्ने घोषणा गरेका छन् ।

नेपाल चिकित्सक संघले आन्दोलन उत्कर्षमा पुगेको ठहर गर्दै दमनमा उत्रिएको निरंकुश राज्यलाइ कर नतिर्ने घोषणा गरेका हुन् । चिकित्सक संघको यो निर्णयसंगै देशभरीका निजी क्लिनिक, नर्सि्ङहोम र अस्पतालहरुले कर तिर्न बन्द गर्नेछन् । चिकित्सक संघले प्रमुख दलहरुलाइ आन्दोलनमा खुट्टा नकमाउन आब्हान पनि गरेको छ । चिकित्सक संघका महासचिव डा. किरण श्रेष्ठका अनुसार राज्यले थप दमन गरेको खण्डमा एवं आन्दोलनलाइ वास्ता नगरेमा सबै असप्ताल बन्द गरेर सडकमा घाइतेहरुको उपचार गर्ने तयारी गरिने छ । माथि

ऐक्यवद्धता जनाउँदै वायूसेवा संचालक संघले सबैखाले उडान बन्द गर्ने

काठमाण्डौ, १९ अप्रिल/ जारी लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै भोली विहिबार वायूसेवा संचालक संघले सबैखाले उडान बन्द गर्ने भएको छ । सातदलले भोली राजधानीको चक्रपथमा घेराबन्दी गर्ने कायक्रमलाइ वायूसेवा संचालक संघले सहयोग गर्नुका साथै ऐक्यवद्धता जनाउने घोषणा गरेको हो ।

नेपालमा रहेका सबैखाले उडानको छाता संगठन रहेको सो संघले तत्काल लोकतन्त्र पूनर्वहाली गर्न र राजालाइ राजनीति छोड्न आग्रह पनि गरेको छ । यसैबीच सात राजनीतिक दलहरुले राजधानीको चक्रपथमा घेराबन्दी गरेर धर्ना दिने तयारी पुरा भएको बताएका छन् । राजधानीका प्रत्येक घरबाट १ जना अनिवाय घेराउ कायक्रममा उपस्थित हुन पनि ती दलहरुले आग्रह गरेका छन् ।

माथि

Back