Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
गभर्नरसाव र मुख्यमन्त्री
 

भारतको दादागिरी अव त अति नै भयो । लेउ, लेदो, कीरा, रसायन जे हालेर खानेकुरा भन्दै बेचे पनि भारतले नेपालमा छुट पाउनु पर्ने रे ! यसको बारेमा कुरै उठाउन नहुने रे !

तर कुरा उठाए छन् अनि कुरो उठाउने पत्रकारलाई उल्टो कारबाही गर भनेर आदेश पो दिन थाल्यो भारतले । यो त दिउसै नाङ्गो हिँडेसरी नै भयो । 'जो चोर उसैको ठूलो स्वर' भनेर हाम्रा बाबु बाजेले बनाएको उखान यहाँनेर भने राम्रै चरितार्थ भयो ।

हुन त भारतले यसो गर्‍यो, उसो गर्‍यो भनेर जति कराए पनि, जति उफ्रिए पनि न भारतले टेर्छ, न नेपालका कठपुतलीहरुले सुन्ने गर्छन् । मध्य पश्चिममा नेपालको एउटा सिङ्गो गाउँकै सीमा मिच्दा र गाउँलेलाई सताएको आम नेपालीले देख्दा र सुन्दा पनि परराष्ट्रमन्त्री बनेकी सुजाताले सुनिनन् र देखिनन् पनि । अथवा उनले हेर्न चाहिनन् वा सुन्न नै चाहिनन् । अनि जोसुकै कराएर के गर्नु ?

देशको पचासौं ठाउँमा सीमा मिचिएको छ । हरेक दिन भारतीय पुलिसले नेपाली पिटेको छ, लुटेको छ तर टाउके नेताहरु सुन्ने कान लाउने होइनन् । महिनौंपिच्छे कमिलाको ताँतीझैं दिल्ली ओहोर दोहोर गरेर भाग्य अजमाउने र इतिहास बनाउने खेलमा नै टाउके नेताहरु मस्तराम छन् ।

देशका मुलीहरु नै भारतीयहरुको सुली खाने भएपछि भैयाहरु कोसँग किन डराउँथे ? त्यसैले उल्टो पत्रकारलाई नै कारबाहीको माग गरे । तर यी सुली खाएका नेताहरु मौन छन् । सायद भित्रै भित्रै भैया सुदसँग घुँडा टेकेर माफी मागि नै सकेका होलान् ।

भारतीय दुतावासको एक कर्मचारी हाकाहाकी फोन गरेर सांसदलाई पद खोस्ने धम्की दिन्छ । नभन्दै धम्की दिएकै पर्सिपल्ट सांसद पद पनि खोसिन्छ । यो सबैले बुझेका छन् र यसको विरोधमा बोलेका छन् । तर सडक बोलेर के गर्नु, सिंहदरवार नै सर्लक्कै लैनचौरको उत्तरी टुँडामा भित्रिएपछि । भारतको सोचाई छ,-'सुद गभर्नर हो र माधव नेपालहरु मूख्यमन्त्री हुन् ।' त्यस्तैगरी माधव नेपालहरु पनि त्यही सोच्छन्,-'सुद गभर्नर र आफू मुख्य मन्त्री हो ।' कोही राम, कोही हराम भए कम्तीमा पनि यति सारो अचाक्ली त हुन्न थियो होला । तर यहाँ त हराम नै हराम परेछन् । हरामहरु मिलेर सिङ्गो नेपालनै हलाल गर्दैछन् । त्यसैले गभर्नरसाव आदेश दिन्छन्, मुख्यमन्त्री साव आदेश पालना गर्छन् । ती पत्रकार महोदयले पक्कै सजाय भोग्नुपर्छ । केवल थाहा हुन बाँकी छ, सजाय कस्तो खालको भोग्नुपर्छ । धन्य छिमेकी, धन्य मूख्यमन्त्रीहरु, धन्य गभर्नरहरु । अवाक् छन् जनताहरु ।

 
अन्य शीर्षकहरु
गभर्नरसाव र मुख्यमन्त्री
ब्रहृमाण्डमा नै नभएको जात्रा काठमाडौंमा
बेलायती ओली बाबा र नेपाली ओली बाबा -महर्षि गौतम
सीपीको उभयलिङ्गीमा रुपान्तरण- महर्षि गौतम
कहिल्यै नसकिने सिंहदरवार कप
खुराफातेश्वर महादेव ओली कि : जय ! ! - महर्षि गौतम
तिहारको रमझममा फोहोरको रजाई - नारद पण्डित
खाली हुन लागेको पदपुर्तिको लागि विज्ञापन
बाम-पथ र दक्षीण-पथ पछिको अर्को पथ नारद पण्डित
सेना, पशु र राष्ट्र कुनैको पनि पति फापेन नारद पण्डित
यी नेताले थाल माझ्लान् त ... नारद पण्डित
मुक्कातानदेखि हतियारतान विषयक अन्तरक्रिया कार्यक्रम-नारद पण्डित
जुन गोरुको सिङ छैन..... - नारद पण्डित
प्रधानमन्त्रीको च्याटरुम - नारद पण्डित
लौ चिन्नुस् त म को बोलेको ? - नारद पण्डित
नाम अनुसारको काम गर्ने पार्टीलाई बधाई छ - नारद पण्डित
तीन टाउके सक्रिय छ
छोरी महात्म्य जिन्दावाद नारद पण्डित
छोरी महात्म्य जिन्दावाद!! - नारद पण्डित नारद पण्डित
बकुला र स्यालको मितेरी – नारद पण्डित
विष्णु भगवानका कृपाले बुटवल झकाझकी नारद पण्डित
मेरो पत्रकार बन्ने रहर – नारद पण्डित
मिलौ भन्ने आह्वान एक्लै गर्न पाइन्न नारद पण्डित
जता सूर्य ढल्कन्छ सूर्यमुखी पुष्प उतै र्फकन्छ – नारद पण्डित
कसैलाई मिठो त कसैलाई नमिठो जुत्ताको स्वाद नारद पण्डित
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly