Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
इण्टेक ७९ को वाषिर्क भेटघाट
 

रामचन्द्र गुरुङ

अल्डरशट/नोभेम्बर १९७९ मा भर्ती भएका भूपू गोर्खाहरुको तेस्रो वाषिर्क भेटघाट मे १ तारिख अल्डरशट कनाउट स्कूलको प्राङ्गढमा एक कार्यक्रमबीच भएको छ । भेलामा बेलायतमा बसोबास गर्दै आएका १९७९ का नम्वरीहरुको उपस्थिति थियो । भेलामा नम्वरीहरुले आफ्ना अनुभवहरुको स्मरण गर्दै पारिवारिक मिलनको अनुभूति गरेका थिए । नम्वरीहरु भेला भएको सो रमाइलो वातावरणमा कार्यक्रमका मुख्य व्यवस्थापक सुवास गुरुङले भेलाको उद्देश्य र महत्वको बारेमा चर्चा गर्नुभएको थियो । रामचन्द्र गुरुङले संस्थाको हालसम्मको आयव्ययको विवरण प्रस्तुत गर्नु भएको थियो । त्यसै गरी भेलाको स्थान र खानपान व्यवस्थापक रुद्र शाहीले ढिलै भएपनि धेरैजनाको उपस्थिति भएकोमा सबैलाई धन्यवाद दिँदै अन्तिमसमयमा नाम नपठाउनाले खानाव्यवस्थामा अप्ठेरो परेको भन्दै भविष्यमा अलि छिट्टै नाम पठाउन अनुरोध गर्नु भएको थियो ।

भेलामा उपस्थित सबैका अनुहारहरु रसिला हंसिला र फूर्तिला देखिन्थे । वर्तमान भन्दा अतित मीठो हुन्छ भनेझैं ३० वर्षअघिका क्षणहरुलाई नम्वरीहरुले एकआपसमा स्मरण गरेका थिए । बेलायतको व्यस्त जीवनका बाबजुद नम्वरीहरुले यस्तो भेलालाई निरन्तरता दिई आपसी सम्वन्धलाई दीर्घ राख्ने प्रण समेत गरेका छन् । हालै हृदयघात भइ निधन हुनुभएका नम्बरी २११६२९६५ हुमबहादुर थापाको आत्माको चीर शान्तिको कामना गर्दै नम्वरीहरुले २ मिनेट मौनधारण श्रद्धाञ्जली प्रकट गरेका थिए ।

कार्यक्रममा नम्वरीहरुले नाचगान गरी रमाइलो गरेका थिए । मथुरा र हेम गुरुङको सुमधुर गीत, तिर्थको चुटि्कला र कविताले कार्यक्रमलाई थप मनोरञ्जक बनाएको थियो । लोकदोहोरी गीतको भाकामा आआफ्नै पारामा नाचेर सबै नम्वरीहरुले आनन्द लिएका थिए ।

अन्य शीर्षकहरु
नेपाली जनप्रगतिशिल मंच नर्वेको प्रथम अधिबेशन सम्पन्न
खोटाङ सेवा समाजको दोस्रो वार्षिक भेला सम्पन्न
नेपाली मेला २०१० भव्यताकासाथ सम्पन्न
याक्थुङ चुम्लुङको आश्फोर्ड समिति
नेपाली मेलामा किराँत सुनुवार समाजको सहभागिता
नेप्लीज कम्युनिटि अक्सफोर्डसायरको कम्युनिटि डेभलपमेन्ट प्रोग्राम सम्पन्न
जीसीएससीको सबै विषयमा 'ए स्टार' वा 'ए'
लिम्बू भाषा पठन-पाठन सम्बन्धी पुरस्कार र वनभोज
टीएनजीसी नेपाली भाषा पाठशाला
शेर्पा संघ यूरोपद्वारा पाठ्यपुस्तकप्रति आपत्ति प्रकट
भारतीय हाई कमिशन अगाडि प्रदर्शनकासाथ प्रनेसको वाषिर्कोत्सव कार्यक्रम सम्पन्न
वनेम कल्याण संस्था यृ्केको भेटघाट कार्यक्रम सम्पन्न
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्पर्क कार्यसमिति बेलायतको पुनर्गठन
वागीश्वरी समाजको भेटघाटमा कवि विजयराज न्यौपाने
बेलायतमा किरात राईहरुको यलम्वर दिवस
लण्डन मेलामा घन्कियो नेपाली नौमती बाजा
घाचोक माछापुच्छ्रे सेवा समितिको भेटघाट कार्यक्रम
पीएनएस यूकेको छैंटौं वर्ष प्रवेशको कार्यक्रम
चुम्लुङले मनायो सिसेक्पा तङनाम
विश्व आदिबासी दिवसको उपलक्ष्यमा कार्यक्रम
नेपाल युनाइटेड फूटवल टीम विजयी
सगरमाथा कप २०१० मा मंगोलियन भान्जाज विजयी
बीएफबीएसको ईन्द्रेणी भेला सम्पन्न
वेल्सबासी भीम राईद्वारा खोटाङका विद्यालयलाइ सहयोग
संखुवासभा समाजको वार्षिक भेटघाट सम्पन्न
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly