लण्डन/गौतम बुद्धका सन्देशहरुको प्रचार प्रसार, नेपाललाई विश्व सामु परिचित गराउने, नक्कली कपिलबस्तुलगायत बिभिन्न गतिबिधिका कारण बुद्धको जन्मस्थलबारे सिर्जित विश्वव्यापी भ्रम निस्तेज पार्ने उद्देश्यले कपिलवस्तु दिवस अभियान विश्व कार्यसमिति गठन गरिएको छ ।
अभियानलाई संस्थागत गर्न बेलायतमा बसोबास गर्ने रामकुमार श्रेष्ठको विश्व संयोजकत्वमा पछि दुई जना थप्ने गरी २१ सदस्यीय कपिलबस्तु दिबस अभियान विश्व कार्यसमिति गठन गरिएको हो ।
समितिका अन्य सदस्यहरुमा अबि शर्मा, संयोजक (क्यानडा), बाबुराजा महर्जन संयोजक (न्यूजिल्याण्ड), भानु पौड्याल संयोजक (क्यानडा), विनय शाह संयोजक (हङकङ), चन्द्र राई संयोजक (क्यानडा), डा. हरिकुमार श्रेष्ठ संयोजक (ताइबान), हरि नेपाली संयोजक (कतार), लक्ष्मण देबकोटा संयोजक (पोर्तुगल), लक्ष्मण पुरी संयोजक (नेपाल), श्रीमती लक्ष्मी सिंखडा संयोजक (अमेरिका), ओम गुरुङ संयोजक (जापान), राज श्रेष्ठ संयोजक (नेपाल), रामहरि श्रेष्ठ संयोजक (वेलायत), सन्तोष न्यौपाने संयोजक (बेल्जियम), सुश्री सानु घिमिरे संयोजक (अष्ट्रेलिया), शैलेश श्रेष्ठ संयोजक (अमेरिका), शम्भु कट्टेल संयोजक (अमेरिका) र सुजन न्यौपाने संयोजक (अष्ट्रेलिया) छन् ।
अभियानको गतिविधिलाई सहज बनाउन आ-आफ्नो क्षेत्रको क्षेत्रीय संयोजक समेत रहने गरी नौ जनाको सेक्रेटरियटको व्यवस्था समेत गरिएको छ ।