|
दैनिक उपभोग्य वस्तुको लगत सङ्कलन आजदेखि सुरु |
|
|
| |
| |
| |
काठमाडौं , अगष्ट १ । दैनिक उपभोग्य वस्तुमा बजारमा चर्को मुल्य वृद्धि भएपछि सरकारले आजदेखि उपभोग्य वस्तुको लगत सङ्कलन सुरु गरेको छ । व्यापारीहरूले वस्तु संचिति गरी मुल्य वृद्धि गरेको उजुरी परेपछि त्यसका आधारमा बजार अवस्था बुझ्न लागिएको मन्त्रालयका सहसचिव गणेश ढकालले जानकारी दिए । बजार लगत संकलनमा उपभोक्ता अधिकारकर्मी र वाणिज्य विभागका अधिकारीको संलग्नता रहेको छ । बजारमा उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि भएको विषयमा अनुगमनका लागि खुद्रा तथा थोक मूल्यको लगत सङ्कलन गर्न सुरु गरीएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव पुरुषोत्तम ओझाको संयोजकत्वमा शुक्रबार बसेको बैठकले आज देखी लगत सङ्कलन गर्ने निर्णय गरेको हो !
ने.स्व.स.से |
|