Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
हाम्रो काम भनेको वाचडग हो : सुन्दरमणि दीक्षित अगुवा, नागरिक समाज
 

नेपालको नागरिक समाजको पछिल्लो अवस्था के हो ?

प्रायः सबै नेताहरुले संविधान समयमा नै लेख्न सकिदैन भनेपछि एकप्रकारले सबैले यो भनाई स्वीकार गरिसकेका थिए। तर हामी (नागरिक समाज) ले तिमीहरुले भने अनुसार जेष्ठ १४ मा नै संविधान चाहिन्छ भनि जोडदारसँग आवाज उठायौ। र हामी धर्ना पनि बस्यौं। देशव्यापी रुपमा यो आवाजलाई पुर्‍यायौं पनि। यहि आवाजका कारण जो जो नेताहरु समयमा नै संविधान बन्न सक्दैन भनिरहेका थिए तिनीहरु पछिल्तिर फर्किए। उनीहरु फेरि संविधान जेष्ठ १४ मा नै बनाउन सकिन्छ भन्न थाले। र हामीहरुले पनि यो राम्रो कुरा हो भन्ने ठान्यौं तर साथ साथै राष्ट्रिय सरकार र कटवाल का48डको कुरा त उठिराखेको थियो। त्यो कुरालाई नागरिक समाजले सुल्झाउन सकिरहेको थिएन र सक्ने कुरा पनि भएन। किनकि नागरिक समाज सभामा छैन। तर संविधान निर्माणमा नभैनहुने कुरा भनेको राष्ट्रिय सरकार थियो। यो उपाय त हामीहरुले बताइरहेका थियौं। कटवाल का48डपछि अन्य विभिन्न का48डहरु आउँदै गए र यी का48डले सहमतिको राष्ट्रिय सरकार बन्ने सम्भावना पनि टाढा टाढा हुदै गए। यीनै कारणले अहिले नागरिक समाजका आवाजहरु केहि कमजोर हुँदै गइरहेका छन।

नागरिक समाज अहिले कुन दिशामा गइरहेको छ?   नागरिक समाजले अझै पनि भनिरहेको छ कि राष्ट्रिय सरकार तुरुन्त बनाउ। राष्ट्रिय सरकार नभई केहि पनि हुन सक्दैन। हामीले जतिसुकै कराएपनि लोकतन्त्रको संरक्षक र लोकतन्त्रवादी भन्ने पार्टीहरु हाम्रो आवाज सुनेको नसुन्यै गरिरहेका छन। मैले देखिसकेको छु कि अहिले सरकारमा रहेको दलहरु राष्ट्रिय सरकार बनाउने पक्षमा छैनन् , यसो भएपछि सहमति हुने सम्भावना रहँदै रहेन। अर्काे कुरा हामी टायर बाल्ने मान्छे होइनौं। ढुंगामुढा गर्ने मान्छे पनि होइनौ तर अहिलेको सरकारले त यस्तो नगरि सुन्दै सुन्दैन। यहि कारणपनि हाम्रो आवाज कमजोर भइररहेको जस्तो लाग्छ। हामी कमजोर भएको भन्दा पनि जनताको आवाज कमजोर भएको जस्तो लागिरहेको छ। लोकतन्त्रमा त नागरिकको आवाज सुन्नु पर्ने हो तर यो आवाज सुन्ने व्यक्ति नै सत्तामा नरहेर यस्तो भएको हो। नेपालको नागरिक समाज फुट्ने जुट्ने फुट्ने जुट्ने राजनीतिक दलहरुजस्तै भएकोले पो कमजोर भएको हो कि? यो पनि ठिक कुरा हो। नागरिक समाजमा कहिले सयकडौं मान्छे देखिन्छन् कहिले एकदमै सानो समूह देखिन्छ कारण के भने हामी कुनै संगठन होइनौं। राजनितिक पार्टीहरुको त संगठन हुन्छ। एनजीओ/आइएनजीओहरुको पनि संगठन हुन्छ। तर, हामी नागरिक समाजको संगठन हुँदैन। हाम्रो खुल्ला सञ्जाल हुन्छ जवकि कुनै समस्या आउँछ र त्यो समस्यामा मलाई चित्त बुझ्छ म आउछु, त्यो समस्यामा चित्त बुझ्दैन म आउदिन। यसकारण नागरिक समाज स्वतन्त्र रुपमा आफ्नो विचार लिएर हिड्ने व्यवसायिक व्यक्तिहरुको चौतारी हो। चौतारीमा मान्छेहरु आउछन् जान्छन्। यसो भएको हो, हामी फुटेका जुटेका होइनौं नागरिक समाजले उठाएका कतिपय कुरामा मन नपरेर नआएका हुन्। उनीहरुको चित्तबुझ्दो विषय बस्तुको उठान भए पुनः आउनेछन्। खुल्ला सञ्जालको विशेषता नै यहि हो र पार्टी भन्दा फरकपन पनि यहि हो।

पछिल्लो पटक रुक्माङ्गत कटवाल प्रकरणपछि नागरिक समाज पनि दुई टुक्रा भयो वा भनौ ध्रुविकरण तीव्र भयो। यसले गर्दा मानिसहरुमा माओवादी समर्थक र माओवादी विरोधी नागरिक समाज छ भन्ने सन्देश पनि गयो। के त्यस्तै हो? ध्रुवीकरण बढेको होइन। माओवादी पक्ष र माओवादी विरोधी भन्ने त प्रश्न नै उठदैन नि। प्रश्न कहाँ रह्यो भने संविधान लेखनमा। हामीहरुले माओवादीलाई टेवुलमा ल्याएका हौं। हामीहरुले उनीहरुलाई चुनावसम्म पनि पुर्‍यायौं। उनीहरुलाई नै हामीले सभामा बस्ने अवस्थामा पुर्‍याएका हौं। यसो गर्नुमा नेपालमा दिगो शान्ति, संविधान निर्माण र गणतन्त्र स्थापना गर्नु उद्देश्य थियो। न त म माओवादी हु न त म कंाग्रेस या एमाले हँु। मेरो के लोभ छ र? म त व्यवसायिक मान्छे हँु, डाक्टरी गरिरहेको छु। एउटै उद्देश्य देशलाई स्थिर अवस्थामा पुर्‍याउँ। ताकि हाम्रो विकास होस्। अन्तर्राष्ट्रिय समुदायमा हाम्रो शीर ठाडो होस्। त्यती मात्रै हाम्रो उद्देश्य हो। जब कटवाल का48ड भयो हामीले के देख्यौ भने राष्ट्र फेरी द्वन्द्वमा फस्न आट्यो। त्यो बेला प्रच48डले गरेको राजीनामा ठीक थियो। मलाई अहिले पनि लाग्छ त्यो समयमा प्रच48डले ठीक गरेका थिए। भोलिपल्ट सम्म पनि उहाँ हामी अब सरकारमा जान्नौं भनिरहनु भएको थियो यसलाई हामीले ठीक भनिरहेका थियौ। तर पर्सिपल्ट नै उहाँले हामी सरकारमा जान्छौं भन्न थाल्नु भयो त्यो विलकुल गलत थियो। त्यसैले हामी माओवादीको पक्ष या विपक्ष भन्दा पनि राष्ट्र ठीक ठाँउमा गएको छ कि छैन, कुन दलले वाधा पुर्‍यायो कुन दलले फाइदा गर्‍यो भन्ने पहिल्याउने हाम्रो काम गर्छौ। नागरिक समाज कोप्रति उत्तरदायि हुने? नेपालमा नागरिक समाजको उत्तरदायित्व कोप्रति देखिन्छ? नागरिक समाज या हरेक नागरिकका कुरा गरौं। हरेकको एउटै जिम्मेवारी भनेको मेरो मुलुक, मेरो देश सहि दिशामा जाओस् भन्ने नै हो। मेरो मुलुकको इज्जत बढ्यो भने मात्रै मेरो इज्जत बढ्छ भन्ने हुनुपर्छ। अहिले नागरिक समाजलाई सन्तुलित भइदिनु पर्‍यो भनिरहेका छन्। सबैलाई समान हिसाबले हेर्नुपर्‍यो, सबैलाई बराबर हेर्नुपर्‍यो भन्छन्। हो हामी बराबर हेर्छाै। तर, मैले गल्ती गरेका दललाई तिमीले ठीक गरेका छौ र गल्ती नगरेका दललाई तिमीले पनि ठीकै गरेका छौ भनेर मिलाउने काम हाम्रो होइन। हाम्रो काम भनेको त तिमीले गल्ती गरेका छौ तिमी सच्चिनु पर्छ, तिमीले ठीक गरेका छौं तिमीलाई प्रोत्साहित गछर्ौं। जती बेलापनि सबैसँग लोलोपोतो गरेर व्यक्तिगत फाइदाका लागि अगाडि बढ्ने मान्छे हामी होइनौं। नागरिक समाजको जिम्मेवारी/उत्तरदायित्व भनेको सिर्फ राष्ट्र र जनता मात्रै हुन। निश्चित पार्टी र सरकारलाई नागरिक समाजले हेर्दैन। यदि सरकारले राम्रो काम गर्‍यो भने, हो सरकारले राम्रो गर्‍यो भन्छौं। अथवा नराम्रो गर्‍यो भने नराम्रो गर्‍यो भनेर जनतालाई सुसूचित गराउने काम नागरिक समाजको हो। नागरिक समाजले नागरिकका हक अधिकार र जनताको पक्षमा काम गर्ने हो न कि दलगत झगडा अथवा दलका आन्तिरक कुराहरुलाई मिलाउँदै हिड्ने। यहि सोचाइले राष्ट्रले दुःख पाइरहेको अवस्थामा जंगलमा रहेका माओवादीहरुलाई हामीले टेबुलमा ल्याएका हौं। हाम्रो काम भनेको वाचडग हो। मुलुमा जब संकट पर्छ, वा मुलुकले रातको समाना गरिरहेको हुन्छ त्यसवेलामा हामीले जागरुक भएर चोर देख्यांै भने भुक्नै पर्छ। चोरलाई पनि ठीक साधुलाई पनि ठीक भन्न नागरिक समुदायले मिल्दैन। कहिलेकाँही नागरिक समाजका व्यक्तिहरुले नै लाभको पद खोजेको वा नागरिक समाजबाट पनि सरकारमा प्रतिनिधित्व गराउनुपर्ने भन्ने जस्ता अभिव्यक्ति आउने गरेका छन। यसलाई कसरी लिने? हामीले त भनेका छैनौं। नेपालमा नागरिक समाज भनेर खडा गरेका सबैभन्दा पहिला हामीले हो। यसको नाम शान्ति र विकासका लागि नागरिक समाज थियो। यसको व्यापकता २०६३ सालको नागरिक आन्दोलनबाट भएको हो। त्यही आन्दोलनले धेरैलाई समेट्यो। तर त्यो नागरिक समुदायमा आवद्ध व्यक्तिहरुले कहिल्यै पनि हामी सरकारमा जान पाउछौं भनेर भनेनौ साथै हामी कहिल्यै पनि सार्वजनिक लाभका पदमा जादैनौं भन्ने प्रतिज्ञा गरेका छौं। मेरो नीजि जीवनको नै कुरा गरौं न, मिलिजुली सरकार हुँदा मन्त्री हुन आउ भनेका थिए। पहिलो संविधान सभामा पनि हामीलाई सिट छुट्टाइएको थियो। तर हामी त्यहाँ सहभागी भएनौं। हामीले त्यसबेला राष्ट्रपति बन्ने होइन सडकपति बन्ने हौ भनेर प्रष्टयाएका थियौ। यदि कसैले त्यसो भन्छ भने त्यो व्यक्तिको नीजि विचार हो। नागरिक समाजको कुनै संलग्नता रहदैन। अव विलकुल फरक प्रश्न सोधौं, तपाई त डाक्टर, औषधी उपचार विरामीको घेरा नाघेर नागरिक समाजको सदस्यका रुपमा आउँदा कस्तो अनुभव हुन्छ? नेपाली भएकै कारण कतिपय स्थानमा हिनिताबोध भयो मलाई। विदेश जाँदा पहिला नेपालबाट भन्दा सबै अच्चम मान्थे/सम्मान गर्थे तर पछिल्लो समयमा नेपाल भन्दा सबैले नाक खुम्च्याउन थालेको पाए। यो पीडा मेरो मनमा भित्रैदेखि रहिरहेको थियो। यसरी विदेशमा नेपालको नाम लिनासाथ नाक किन खुम्चाइयो भनेर सोच्न थाले। यसको मुल कारण त भ्रष्टचार, राजतन्त्र, अस्थिर राजनीतिक अवस्थाका कारण राष्ट्रले विकास गर्न नसकेको देखेँ। अनि यो देशलाई कसरी भ्रष्टाचारमुक्त गराउन सकिएला, कसरी राजनीतिक स्थिरता आउला, अन्य राष्ट्रले नेपाललाई कसरी राम्रो देश भन्लान् भन्ने उद्देश्य लिएर यता लागेको हुँ। हामी त डाक्टर जस्तो मान्छे मुलुक रोगी छ यसको पनि उपचार त गर्नु पर्‍यो भनेर यता लागेको हो। यो राष्ट्रलाई रोगी बनाउनेमा पहिला राजतन्त्र थियो, अहिले राजनीतिक पार्टीहरु देखिएका छन्। यसरी लाग्दा एकातिर मैले यसरी लागेर पनि के गर्न सकँे भन्ने लाग्छ। मेरै कतिपय साथीहरु अमेरीका बेलायत जस्ता बनिबनाउ देशमा पुगेका छन्। आनन्दको जीन्दगी बाँचिरहेका छन। तर उनीहरुले गरे के त? उनीले त सिर्फ पेशा मात्रै गरे। तर मलाई के पनि लाग्छ भने मुलुक अस्थिर छ मेरो मातृभूमि हो यो, यसमा मैले केहि न केही देन दिन सकेँ। मैले आफ्नो पेशा पनि गरिरहेको छु। समाजसेवा पनि गरिरहेको छु। अस्थिर राजनीतिक अवस्थालाई स्थिर बनाउन पनि मेरो केही योगदान रह्यो भन्ने लाग्छ। र, म आफुले गौरव अनुभव गरेको छु। तर अर्कोतर्फ मुलुक जति सफल हुनुपर्थ्यो त्यो भइरहेको छैन। आजको दिनमा त हामीले नयाँ संविधान पाइसक्नु पर्ने हो नपाएकोमा दुःख लागिरहेको छ।

नागरिक समाजमा लागेर के पाउनु भयो के गुमाउनु भयो?

मैले गुमाएको त केहि छैन। समय हो आखिर मानिस जन्मन्छ मर्छ यसमा कुनै अफशोच छैन। तर पाए के भन्दा इतिहासमा मुलुकलाई संकटमुक्त गर्न आफ्नो देन दिन सके। जननी जन्म भूमिश्च स्वर्गादपी गरीयसी भन्या छ, त्यो हिसावले मैले पक्कै केहि पाएको नै छु। जनताले कमसेकम यो मान्छे सत्यताको लागि लडेको छ भनेर चिनेका छन। कसैले फटाहा हो भन्लान्। तर म कुनै पद पदवी नलिइकन लागेको जनताहरुले पक्कै बुझेका होलान्। देश र जनताको स्वार्थ भन्दा बाहेक मेरो कुनै स्वार्थ रहेन। यदि यो मुलुकले सहि दिशा लियो र स्थिरता, विकास र उन्नती गर्‍यो भने पक्कैपनि मेरो देन देखिने आशा लिएको छु।

अन्य शीर्षकहरु
अनमिनको म्यादको निर्णय गर्ने जिम्मा प्रधानमन्त्रीलाई माओवादी-अन्य दलबीच विवाद
बस दुर्घटनामा ५ को मृत्यु ८ जना बेपत्ता
अज्ञात हतियारधारी समुहद्वारा शिक्षकको गोलि हानि हत्या
सभामुखको पहल भएन : कोइराला
प्रधानमन्त्री छनोटमा छैटौं पटक पनि व्यवस्थापिका संसद असफल पर्सि अर्को चुनाव
मधेसी मोर्चाबाट फोरम हट्यो आजको चुनाव बहिष्कार
देउवाद्वारा सभापतिको लागि उम्मेदवारी घोषणा
भोलिको प्रधानमन्त्री चुनावका सम्वन्धमा मधेसी मोर्चाभित्र हलचल
प्रधानमन्त्रीको चुनाव कस्तो ?
कार्यकाल एक पटक मात्र : कोइराला
बजेटका लागि सरकारी नीति/कार्यक्रम आवश्यक नपर्ने
सेनामाथिको अनुगमन हटाएर अनमिनको म्याद थप्ने तयारी
कांग्रेसको नीति तथा कार्यक्रम परिमार्जनसहित पारित
अपराधी किटान गर्दा पनि सरकारले कारबाही नगरेको गुनासो
उम्मेदवारी फिर्ता लिन्छौँ : भट्टराइ, सहमतिको विकल्प छैन : खनाल
महाधिवेशनका लागि रकम जुटाउन कांग्रेसले सहयोग रकम तोक्यो प्रधानमन्त्रीको अडान नत्याग्ने
सहमति नभए अर्को लङ्गडो सरकार बन्ने खनालको भनाई दासढुङ्गा घटना छानविन गर्न माग
दैवि प्रकोपमा २५८ को मृत्यु
प्रहरीमाथि सैनिक जवानको आक्रमण बैंक गार्डलाई छुरा प्रहार
एकतर्फी भए पनि प्रधानमन्त्रीको उमेदवार त्याग्ने माओवादी संकेत
परराष्ट्रमन्त्री कोइराला चीन प्रस्थान, खनाल र सूदबीच भेटवार्ता
देशलाई राजनीतिक निकास दिन उद्योगी व्यवसायीको आग्रह
सभासद कार्कीलाई २० दिन थुनामा राख्न विशेष अदालतको आदेश
असोज १० गतेभित्रै पूर्ण बजेट ल्याउने कामचलाउ सरकारको तयारी
राजीनामाको गलत व्याख्या गरिएको प्रधानमन्त्रीको गुनासो
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly