काठमाडौं, मे ९ । उद्योगी व्यवसायीहरुले माओवादीको हड्ताल फिर्ता भएपछि सहमतिका लागि ढोका खुलेको भन्दै प्रधानमन्त्रीलाई सहमतिको पहल गर्न आग्रह गरेका छन् । राजनीतिक सहमतिका लागि लचिलो भएर आउन प्रधानमन्त्रीलाई उनीहरुले आग्रह गरे ।
प्रधानमन्त्रीलाई भेट्न निवास बालुवाटार पुगेका उद्योग व्यवसायीहरुले सहमति नभएसम्म गतिरोध विद्यमान रहने र त्यसको मर्का सम्पूर्ण व्यवसायीमाथि पर्ने भन्दै सहमतिको पहल गरेका हुन् । जवाफमा प्रधानमन्त्री नेपालले सहमतिका नाममा माओवादीको सडक आन्दोलन र दवावले राजीनामा नदिने जिकिर गर्नुभयो । माओवादीको धम्कीबाट नडराउने भन्दै प्रधानमन्त्रीले सेना समायोजन नभएसम्म सहमति पनि नहुने र राजीनामा पनि नआउने बताउनुभयो ।