कार्डिफ/बेलायतमा रहेका नेपालीहरुले बेलायतभित्र पनि एउटा सानो नेपालको आभास दिएका मात्र छैनन् बेलायतको स्थानीयतालाई आत्मसात गरेर आफ्नोपन र स्थानीयताबीचमा सामञ्जस्य ल्याउने कार्यमासमेत लागिसकेका छन् । भर्खरै संगठित वेल्स नेपाली समुदाय, कार्डिफ पनि आफ्नो स्थापनाकालदेखि नै स्थानीय सरकार, संसद, काउन्सिल, समुदायसँग सम्वन्ध विस्तारमा लागिरहेको छ । यसैको निरन्तरताको रुपमा गत बुधवार ३१ मार्च २०१० मा स्थानीय ल्यान्रोम्नीका काउन्सिलरहरुसँग भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
वेल्स नेपाली समुदाय, कार्डिफका अध्यक्ष चित्रबहादुर राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ल्यान्रोम्नीका काउन्सिलरहरु डेरिक मोर्गन र हिदर जोइस तथा ज्याकी पेरीसँग भेट गरेको थियो । समुदायको प्रतिनिधिमण्डलमा अध्यक्ष राईको अलवा उपाध्यक्ष रबिन्द्र तुम्वाहाम्फे, सदस्यहरु हुमबहादुर थापा, कमलकेशर चेम्जोङ, उर्मिला श्रेष्ठ, विभुषणमान श्रेष्ठ तथा शिवजी श्रेष्ठ हुनुहुन्थ्यो ।