Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
'मन त नेपाली हो' भन्दै रुने दिन डिलैमा आउँदैछ
 

जति टाडा गयो, माया झन नजिकिँदो रहेछ । नेपालका रैथाने नेपालीलाई भन्दा नेपालबाट टाढिएका नेपालीलाई नेपाली भाषा, संस्कृति र नेपालीपनको माया छ । नेपालबाट धेरै टाढा जान पर्दैन, नेपाली शासकहरुले गोराहरुसँग आत्मसमर्पण गरेबापत पुरस्कार पाएका सुगौली सन्धिले भारतीय हुन पुगेका दार्जिलिङ्गहरुलाई नेपालका रैथाने भन्दा नेपाली भन्दा नेपाली भाषा प्यारो छ । नेपाली लोकगीत प्यारो छ । नेपाली भेषभूषा प्यारो छ । नेपाली संस्कृति प्यारो छ । उनीहरु नेपालीत्व बचाउनको लागि नेपाली छुट्टै राज्यको आन्दोलनमा छन् । उनीहरुका हरेक आन्दोलनका कार्यक्रममा नेपाली भाषा, संस्कार, संस्कृति भेषभूषा आदि छचल्किएका छन् ।

भानुभक्त दार्जिलिङमा आदरणीय छन् । देवकोटा पुजनीय छन्, तर नेपालमा भानुभक्त र देवकोटाहरु औपचारिकताको श्राद्ध खाएर बस्न बाध्य छन् । भानुभक्तको जन्म घर लथालिङ्ग छ । अहिले जसरी दार्जिलिङमा नेपाल छाएको छ त्यसरी नै बेलायतमा पनि नेपाल छाएको छ । बेलायतवासी नेपालीहरु हरेक कार्यक्रमलाई नेपालमय बनाउँछन् । राष्ट्रिय, क्षेत्रीय, जातीय, हरेक भाषा, संस्कृति र संस्कारहरु बेलायतभरी नेपाल बनेर छरपस्ट छरिने गरेका छन् । आफ्नो जन्मभूमिबाट टाढा भएर होला झन् बढी नेपाल र नेपाली भाषा, क्षेत्रीय भाषा, जातिगत भाषा अनि विभिन्न संस्कृतिप्रति मोह बढेको छ । नयाँ पुस्ता पनि अहिले नेपालीत्वको खोजीमा छ । उनीहरु पनि बेलायतमा नेपाली बनेर नै बाँच्न चाहन्छन् ।

हरेक हप्ताजसो बेलायतमा विभिन्न कार्यक्रमहरु हुने गर्छन् । यी कार्यक्रमहरुमा अब्बल दर्जाका नेपालीको लाइसेन्सप्राप्त दूतावासका अधिकारीहरु पाइण्ट, टाई, सर्टमा पश्चिमा भेषमा पुग्छन् तर नेपाल सरकारले तिमीहरु नेपाली होइनौ भनेर लाइसेन्स खोसेका नेपालीहरु भने नेपाली भेषभूषामा पुगेका हुन्छन् । नेपाली शैलीमा नै उनीहरु रमाइरहेका हुन्छन् । कार्यक्रमलाई नेपालमय बनाउन उनीहरु कुनै कसर बाँकि राख्दैनन् । मनभरि नेपाल पालेका छन् । रगत रगतमा नेपालको माया घुसेको छ, तर विडम्वना यिनै नेपाली मनहरुलाई नेपाली सरकारले विदेशी बनाउने भएको छ । दोहोरो नागरिकता दिने सवालमा संविधानका मस्यौदाकारहरुको वथानले पुरै नकारात्मक निर्णय लिएका छन् । निर्धारित समयभित्रै संविधान बनेमा अब ५ महिनाभित्र संविधान बनिसक्नुपर्छ अन्यथा मनमा नेपाल, तनमा नेपाल, रगतमा नेपाल बोकेका तीसौं हजार नेपालीहरुको नेपाली हुँ भन्ने लाइसेन्स रहने छैन ।

विगतका २५० वर्षको नेपालको इतिहासलाई हेर्ने हो भने नेपालले कहिल्यै पनि असल शासक पाउन सकेन । शाह, राणादेखि लिएर २०४६ सालदेखि यता शासन गर्ने नेताहरु कोही पनि जनताको नजरमा खरो उत्रिन सकेनन् । राजा कहलाएका शाह र राणाहरुले आसामको कोइलाखानीमा र रेलको लिक बिछ्याउन गोराहरुलाई नेपाली आमाका होनहार सन्तानहरु बेचेर नेपालीलाई प्रवासी बनाउन सुरु गरे । यसपछि आफ्नो भ्रष्ट र निरकंुश शासन टिकाउन अंग्रेजी सेनामा नेपालीलाई भर्ती हुन पठाए । आसामको कोइलाखानी र रेलको लिकमा काम गर्न बाध्य बनाइएका कैयौ नेपालीहरुले आफ्नो देह लिला, औलो लगायतका रोगको कारण त्यही समाप्त गरे । बचेखुचेका केहीले त्यही घरजम गर्न बाध्य भए । अहिले तिनै जवरजस्ती आसाम पुर्‍याइएका नेपालीहरु त्यहाको दोस्रो दर्जाका नागरिक बनेका छन् । उनीहरु न नेपाली न भारतीयको हैसियतमा सधै आतंकको बीचमा बाँचिरहेका छन् । आसामका नेपालीहरु अहिले जुन भुक्तमान भोगिरहेकाछन्, यो सबै देशले असल शासक नपाएको कारणले नै हुन गएको हो ।

राणाहरुले गोराहरुलाई रिझाएर आफ्नो निरंकुश तागत जोगाउन नेपाली यूवाहरुलाई गोराको सेनामा पठाइदिए । परिणामस्वरुप आफ्नो देश कुनै खालको यूद्धमा समावेश नभए पनि पहिलो विश्वयूद्ध र दोस्रो विश्वयूद्धको मारमा ६० हजार नेपाली र तिनका परिवारहरु परे । अहिलेसम्म पनि कैयौ आफ्नो पति र्फकने आशामा बाटो हेरिरहन बाध्य छन् । कतिपय बाबु आउँछन् कि भन्ने आशा पाल्न बाध्य छन् । कैयौ अपाङ्ग छन् । हजारौ हजारको सिंदुर पुछियो । दोश्रो विश्व युद्धपछि पनि नेपालले कहीँ कतै यूद्ध लडेको छैन । भारतले सीमा मिचेको मिच्यै छ । नदीनाला एकलौटी बनाइरहेकोछ, सीमामा बाँध हालेको हाल्यै छ । नेपाली भूमिमा भारतीयहरुको ज्यादती बढेको बढ्यै छ, तर यसलाई रोक्नको लागि नेपाली युवाहरुले ज्यान गुमाएका होइनन् कि नेपाली यूवाहरु मलेसिया, ब्रुनाई, फकल्याण्ड, इराक, अफगानिस्तानमा ज्यान गुमाउन बाध्य छन् । यो सबै नेपाली भूमिले असल शासक जन्माउन नसक्नुको परिणाम हो ।

राणा र शाहलाई गाली गरेर मात्र नेपालीहरुको पीडा शान्त हुँदैन । २०४६ सालदेखि यता शासन गर्नेहरु पनि राणा र शाहभन्दा प्रबृत्तिगत रुपमा कुनै फरक देखिएनन् । परिणामस्वरुप यसपछि झन् ठूलो संख्यामा नेपालीहरु विदेशिन थाले । राजनीतिक पार्टीहरुको सिद्धान्तहीनता र भ्रष्ट नेताहरुका कारण देशमा रोजगारी नपाएपछि बाध्य भएर लाखौ नेपालीहरु विदेशिए र अहिले पनि त्यो क्रम जारी छ । कुशासनको कारण शाह राणादेखि अहिलेसम्मका शासकले नेपालीलाई प्रवासी बनाए, तर अहिले प्रवासीहरुलाई दोहोरो नागरिकता दिने सवालमा यिनै भ्रष्ट शासकहरु विरोधमा उत्रिादै छन् । एनआरएनको बैठक, सम्मेलन वा विदेशमा भएका कार्यक्रममा दोहोरो नागरिकताको पक्षमा वकालत गर्छन् तर जब कार्यान्वयनको सवाल आउँछ, उनीहरु विरोधमा उत्रिन्छन् । शासक वर्गहरुमा इमान्दारिता नभएको कारण जसरी आज लाखौ लाख नेपालीहरु विदेशिएका छन् तथा बाध्य भएर विदेशी नागरिकता लिएका छन् अब आफ्नो हरेक रक्तकणमा नेपालीपन सवार भए पनि अनेपाली हुन बाध्य हुँदैछन् । नेपाली शासक वर्गमा प्रबृत्तिगत रुपमा कुनै भिन्नता नआएको कारणले नै दोहोरो नागरिकताको सवाल असफलताको विन्दुतर्फ उन्मूख भएको छ । नेपालको शासकवर्गका गलत प्रबृत्तिको विरुद्धमा प्रवासीहरुले पनि आन्दोलन गर्नु जरुरी छ । आन्दोलन के हुन सक्छ ? कस्तो हुन सक्छ ? यसबारेमा चिन्तन मनन गर्दै अब अगाडि नबढ्ने हो भने 'यो मन त नेपाली हो' भन्ने गीत गाउादै जन्मभूमि सम्झादै रुने दिनहरु डिलैमा आइपुगेको छ ।

चेतना भया ।

अन्य शीर्षकहरु
कांग्रेसको महाधिवेशन र युवाहरुको प्रतिनिधित्व -शिवजी श्रेष्ठ
बेलायतमा नेपाली स्वाभिमान कसरी कायम राख्न सकिन्छ ? -विजयराज न्यौपाने
कहिले नथाक्ने प्रधानमन्त्रीका धावकहरु र नेल्सन मण्डेला - शिवजी श्रेष्ठ
दोहोरो नागरिकता र लगानीको सवाल - सुरेन्द्र श्रेष्ठ
नेपालको वर्तमान राजनीतिक अवस्थाका कारणहरु- केभिन छन्त्याल
गोर्खाली शानलाई अवमूल्यन गर्ने षडयन्त्र - दयाकृष्ण राई
जातीय संघीयता र विलास कुमारीको दाइजो - शिवजी श्रेष्ठ
गोर्खालीहरुविरुद्ध सर्वोच्चको फैसला : टंक वनेम
'मन त नेपाली हो' भन्दै रुने दिन डिलैमा आउँदैछ
मैले नबुझेको दोहोरो नागरिकता र परिचय पत्र - रोहितकुमार गुरुङ्ग
सर्वसम्मत एनआरएन युके र आशाहरु - शिवजी श्रेष्ठ
तीसहजार नेपालीलाई विदेशी बनाउने तयारी महर्षि गौतम
बेलायतमा एनआरएन : निर्वाचनको सन्दर्भमा - सुरेश चन्द्र
नेपाल प्रहरीमा तीस वर्षे खेल- शिवजी श्रेष्ठ
नेपालीमा दासत्व - दिल साहनी
जनसम्पर्क समिति बेलायतको भावि नेतृत्व- चिरन शर्मा
नयाँ सरकारको कर्म कुण्डली - पं. पराशर कौडिण्यायन
यलम्बरहाङको नालिबेली - प्रसाद थेबे
तीतो यथार्थ विश्वास गर्नै गाह्रो छ, सावधान - बिक्रान्त
ऋषि धमलाका न्यायाधीश सुरेशचन्द्र
नमार्नु भन्ने आफैं मारिदा शिवजी श्रेष्ठ
सस्तो र महंगो भाउमा राष्ट्रियतालाई जोख्दा सुशील मौदगैल्य
भाषा र संस्कृति जगेर्नामा बेलायतका नेपाली मिडियाको योगदान र चुनौतीहरु विश्वासदीप तिगेला
शरणार्थी सम्बन्धी मुद्दा फरछ्यौट कार्यक्रम अवसर कि चुनौती कीर्तिविलास पन्त
नयाँ नेपालको पहिचान - थालौं जनकल्याणकारी अभियान -सुरेन्द्र श्रेष्ठ
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly