Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
संसारका सवभन्दा अग्लो भवन 'बुर्ज दुवई' खुला
 

संसारको सबभन्दा अग्लो भवन 'बुर्ज दुवई' सोमबारबाट खुलेको छ । यो अद्भूत भवनको उचाई ८१८ मिटर रहेको छ । यस भवनले गगनचुम्बी महलको अहिलेसम्मको सारा रेकर्डलाई धेरै फरक पारेर उछिनेको छ । यस गगनचुम्बी भवन १६९ तले छ । यसभित्र १०४४ विलासी ˆल्याट छन् । ५० भन्दा बढि लिफ्ट छन् र ४९ वटा तला यस्ता छन्, जसको प्रयोग कार्यालयको रुपमा गर्न सकिन्छ ।

यस भवनको ७६ औं तलामा स्वीमिङ पुल छ । यस भवनमा २६ हजार ग्लास पेनल लगाइएको छ । यो भवन ९५ किलोमिटर परबाट पनि देख्न सकिन्छ । दुवई आर्थिक संकटको मारमा परेको भए पनि यस बुर्जको १०४४ विलासी ˆल्याटहरु भने विक्रि भइसकेका छन्, तर कार्यालयको लागि छुट्याइएको २८ हजार वर्ग मिटर भने जस्ताको तस्तै रहेको छ । उचाईको कारण यस बुर्जको डिजायनमा थुप्रै प्राविधिक तथा निर्माणसम्वन्धी समस्याहरु थिए । दुबई भूकम्प प्रभावित क्षेत्रको नजिक हुनु र तेज हावा हुरी चल्ने हुनाले पनि यो बुर्ज निर्माण एक चुनौतिपूर्ण काम थियो ।

विश्वभर छाएको आर्थिक मन्दीको कारण दुवईको घर भवन कारोवारमा ठूलो गिरावट आइरहेकै समयमा उद्घाटन गरिएको यो भवनको तल जमिनमा भन्दा माथि टुप्पामा तापक्रम २० डिग्री चिसो हुने पनि जानकारी दिइएको छ । सिकागोका ६५ वषर्ीय आर्टिटेक्ट एडि्रयन स्मिथबाट डिजाइन गरिएको यो बुर्जले अहिले सबैको ध्यान तानेको छ, तापनि गत नोभेम्वरमा हाउजिङ मार्केटमा दुवईमा आएको संकटले यो बुर्ज पनि 'सेतो हात्ती' बन्न सक्ने खतरा पनि रहेको छ । सन् २००४ बाट बनाउन सुरु गरिएको यो गगनचुम्बी भवन बनाउन साढे एक अर्ब अमेरिकी डलर लागेको थियो । विश्वको सबभन्दा अग्लो त्यस गगनचुम्बी भवनको उद्घाटन गर्दै दुबईका शाह शेख मोहम्मदले बुर्ज दुवईको नाम बदलेर 'बुर्ज खालिफा' गरिदिए । यो भवन बनाउन करिब १४ हजार श्रमिकले काम गरेका थिए, जसमा आधाजसो भारतीय थिए । यसभन्दा अघि ताइवानको १०१ तलाको ताइपे टावर संसारको सबभन्दा अग्लो भवनको रुपमा रहेको थियो ।

अन्य शीर्षकहरु
राष्ट्रसंघद्वारा अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना
बंगलादेशमा बुर्का अनिवार्य नभएको अदालत फैसला
पाकिस्तानमा ३५ लाख बालबालिका उच्च जोखिममा
इजरायलमा सैनिक दुर्व्यवहार का तस्विर सार्वजनिक
२ लाख पाउण्डमा कौमार्य बिक्री
नोटको चितामा आत्महत्या
पुरुष वेश्या, महिला ग्राहक
संसारका सवभन्दा अग्लो भवन 'बुर्ज दुवई' खुला
मरिसकेका प्रेमीसँग विवाह
टाटु खोपेर बेलायती सैनिकप्रति श्रद्धाञ्जली
लेडी थ्याचर बिरालुको निधन
बाइक हैन लाइकको युग सुरु
मन बुढो नभए जे पनि गर्न सकिन्छ
स्वाइन फ्लु विरामी अस्पतालबाट नै गायव
भारतको लालगढमा माओवादीको विजय जुलुस
आङ सान सुकी र बर्माको प्रजातान्त्रिक आन्दोलन
स्थानीय र यूरोपियन पार्लियामेन्टमा कन्जरभेटिभ पार्टी अगाडि
फ्रान्स फेरि नेटो समूहमा फर्कने
मोवाइलको धेरै प्रयोगबाट ब्रेन ट्युमर
रिमोट कन्ट्रोलको बिदाइ
लाज लाग्दा अनुहार रातो किन हुन्छ
वसन्तमा जन्मिएका बच्चा अग्ला हुन्छन्
टेबलेट खानासाथ प्रेम हुने
फुटबलबाट पनि यौन आनन्द
छ खुट्टे सिपाहीको कमाल
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly