एक ताजा अध्ययनअनुसार टिनएजमा नै यौन सम्वन्ध राख्नाले क्यान्सर हुने खतरा दुगुना हुने गर्दछ । बेलायतमा गरिएको एक अनुसन्धानअनुसार कम उमेरमा बच्चा हुनु पनि क्यान्सरको एक कारण हो, तर पहिले भनिएजस्तै बढी यौनसाथीको संख्याले भने यसमा कुनै फरक नपर्ने बताइएको छ । यस अध्ययनमा करीव २० हजार महिलाहरु सहभागी भएका थिए । प्रमुख अनुसन्धानकर्ता तथा इन्टरनेश्नल एजेन्सी फर रिसर्च अन क्यान्सरकी डा. सिल्विया प|mेंचकीको भनाई छ कि जुन केटीले २० वर्षको उमेरमा पहिलो यौन सम्वन्ध राखे उनीहरुमा २५ वर्षको उमेरमा पहिलो पटक यौन सम्वन्ध राख्ने भन्दा बढि सर्भिकल क्यान्सरको शंका बढि थियो ।
बेलायतको एक दैनिक पत्रिकामा छापिएको रिपोर्टमा भनिएको छ कि गरीव अवस्थामा केटीहरु औषतमा ४ वर्ष पहिला नै यौनजन्य कार्यमा संलग्न हुन जान्छन् । जसले गर्दा कम उमेरमा नै एचपीवी भाइरसबाट संक्रमित हुने खतरा रहन्छ । भाइरसलाई पनि विस्तारको लागि बढी समय मिल्न जान्छ । एचपीवी यौनजन्य क्रियाकलापबाट सर्ने भाइरस हो जसलाई क्यान्सरको जिम्मेवार ठानिन्छ ।