यदि तपाई मोटाई घटाउने चक्की 'रेडिक्टिल' लिइरहनुभएको छ भने सावधान रहनुहोला किनकि यसले हृदयघात वा स्ट्रोक हुनसक्छ । बेलायतमा यस चक्कीको प्रभावको बारेमा जाँच पडताल गरिरहेको एक एजेन्सीको भनाई छ कि मोटाई घटाउनेमा प्रयोग गरिने रेडिक्टिल चक्कीले हृदयघात र मस्तिष्कघातको खतरा बढ्न जान्छ । यूरोपियन मेडिसियन एजेन्सी -इएमए)ले लगभग १० हजार मानिसमा क्लिनिकल ट्रायलको नतिजाको अध्ययन पछाडि यस्तो भनेको हो । एजेन्सीको भनाई छ कि रेडिक्टिलमा सक्रिय तत्व सिबुट्रामिन हुन्छ जसको कारणले घात हुने जोखिम बढ्दछ ।
उल्लेखनीय छ कि रेडिक्टिल मोटाई घटाउने औषधी हो र यो खानाले मानिसको मस्तिष्कमा यस्तो सन्देश पुग्दछ कि उसको पेट भरिएको छ । यसपछि ऊ खानामा परहेज गर्न थाल्दछ । यो चक्की यति लोकपि्रय छ कि सन् २००८ मा संसारभर ३
लाख ३३ हजार प्रेशक्रिप्सन लेखिएको थियो । यो पिल्स खान रोक्ने कि नरोक्ने भन्ने बारेमा अझै इएमए अध्ययन गरिरहेको र हाललाई जारी नै राख्ने तर एक महिनाभित्र पुरा रिपोर्ट तयार हुने पनि इएमएले बताएको छ ।