Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
मरिसकेका प्रेमीसँग विवाह
 

पेरिस/ भनिन्छ प्रेम कहिल्यै मर्दैन । यो कुराको थप प्रमाण फ्रान्समा एक महिलाले आफ्नो मृत प्रेमीसाग विवाह गरेर दिएकी छिन् । फ्रान्सका राष्ट्रपति निकोलस सारकोजीसँग अनुमति लिएर २६ वर्षकी मेगाली जेकीविक्जले आफ्नो प्रेमीको मृत्यू भएको एक वर्षपछि यो विवाह गरेकी हुन् ।

विवाहको लागि प्रेमी जोनाथनको एक ठूलो तस्वीर राखिएको थियो । जोनाथनको एक मोटर दुर्घटनामा मृत्यू भएको थियो । उनीहरुको बीचमा विवाहको तिथि तय भइसकेको थियो । जोनाथनले विवाहको तिथि भन्दा केवल २ दिन अघि दुर्घटनामा परेर ज्यान गुमाएका थिए ।

विवाहको औपचारिकता पुरा भएपछि मेगालीले आफ्ना नातेदारको उपस्थितिमा दुलाहको चिहानमा फूल चढाएकी थिइन् ।  फ्रान्समा मृत व्यक्तिका साथ विवाह गर्नको लागि कानुनले रोकेको छैन तर सम्वन्धित व्यक्तिले उसको प्रेमी या प्रेमिका मर्नुअघि विवाह गर्ने निर्णय गरेको प्रमाण दिन जरुरी हुन्छ । मेगाली र जोनाथन विगत ५ वर्षदेखि सँगै बस्दथे र उनीहरुको दुई बच्चा पनि थिए । त्यसैले मेगालीलाई यो विवाह गर्न इजाजत दिइएको थियो ।

अन्य शीर्षकहरु
राष्ट्रसंघद्वारा अन्तर्राष्ट्रिय समुदायको कडा आलोचना
बंगलादेशमा बुर्का अनिवार्य नभएको अदालत फैसला
पाकिस्तानमा ३५ लाख बालबालिका उच्च जोखिममा
इजरायलमा सैनिक दुर्व्यवहार का तस्विर सार्वजनिक
२ लाख पाउण्डमा कौमार्य बिक्री
नोटको चितामा आत्महत्या
पुरुष वेश्या, महिला ग्राहक
संसारका सवभन्दा अग्लो भवन 'बुर्ज दुवई' खुला
मरिसकेका प्रेमीसँग विवाह
टाटु खोपेर बेलायती सैनिकप्रति श्रद्धाञ्जली
लेडी थ्याचर बिरालुको निधन
बाइक हैन लाइकको युग सुरु
मन बुढो नभए जे पनि गर्न सकिन्छ
स्वाइन फ्लु विरामी अस्पतालबाट नै गायव
भारतको लालगढमा माओवादीको विजय जुलुस
आङ सान सुकी र बर्माको प्रजातान्त्रिक आन्दोलन
स्थानीय र यूरोपियन पार्लियामेन्टमा कन्जरभेटिभ पार्टी अगाडि
फ्रान्स फेरि नेटो समूहमा फर्कने
मोवाइलको धेरै प्रयोगबाट ब्रेन ट्युमर
रिमोट कन्ट्रोलको बिदाइ
लाज लाग्दा अनुहार रातो किन हुन्छ
वसन्तमा जन्मिएका बच्चा अग्ला हुन्छन्
टेबलेट खानासाथ प्रेम हुने
फुटबलबाट पनि यौन आनन्द
छ खुट्टे सिपाहीको कमाल
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly