Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
राष्ट्रपति आफैले गल्ती सच्याउनु नै सबैभन्दा उत्तम हुन्छ
खगेन्द्र संग्रौला,अगुवा, नागरिक समाज
 

मुलुकको पछिल्लो राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

अहिलेको राजनीतिक अवस्थालाई तत्कालै निराकरण गर्नेगरी ठोस रुपमा विश्लेषण गर्ने आधार छैन । सिंगापुरमा प्रचण्ड र कोइरालाबीच वार्ता भएपछि राजनीतिक क्षेत्रमा एउटा आशाको किरण देखिएको छ । तर त्यही वार्तालाई नकारात्मक रुपमा हेर्ने र सरकार टिकाइरहनका लागि त्यसलाई विभिन्न लाञ्छनायुक्त तवरले लिने कामहरु पनि यदाकदा भएका छन् । विशेषगरेर सिंगापुर वार्तापछि अन्य नेता र अन्य पार्टीमा तरंग उत्पन्न भएको छ । यही अवस्थामा सरकार टिकाउनका लागि दिल्ली धाइरहने गरेको पनि पाइएको छ । एमालेका केपी शर्मा ओली यही समयमा भारत भ्रमणमा गएर फर्किएका छन् । यी सबै कुरालाई हेर्दा तत्काल सहमतिको सम्भावना मैले देख्दिन । यो बीचमा माओवादीले ३ दिन संसद खोल्न सहमति दिएको छ । यसले माधव नेपाल सरकारको आयू त बढाउला तर समस्या समाधान भने हुादैन ।

समस्या खडा गरिरहने खास वाधक तत्व को देख्नुहुन्छ ?

तत्कालको कुरा गर्ने हो भने एउटा कर्मचारी रुक्माङ्गद कटवाललाई सरकारले कार्वाही गर्दा राष्ट्रपतिले सो कदम उल्टाए । राष्ट्रपतिको यो काम नै गलत हो । माओवादी, जसले राष्ट्रपतिको कदम संसदमा छलफल गरौं भनेर संकल्प प्रस्ताव बोकेर गए उनलाई यो कुराका बारेमा संसदमा छलफल नै हुादैन भनेर अरु दलले भनेको कुरा नै बेठीक हो । जव कांग्रेस-एमालेहरुले राष्ट्रपतिलाई पूर्व राजाको स्थान भन्दा पनि माथि राखेर व्याख्या गरे त्यसैको फलस्वरुप यो अवस्थाको निर्माण भएको हो । यसकारण राष्ट्रपति आफैले यो कदम गल्ती थियो भनेर सच्चाउनु नै सबैभन्दा उत्तम रहन्छ भन्ने मलाई लाग्छ ।

राष्ट्रपतिको कदम सच्चिने सम्भावना रहला र ?

सच्चिनु पर्छ । नागरिक सर्वोच्चता स्थापित गर्नु र राष्ट्रपतिले आफ्नो गल्ती स्वीकार गर्नु राष्ट्रपतिप्रतिको अपमान होइन । माओवादी यति धेरै लचिलो भैरहादा संसदमा राष्ट्रपतिको कुरा ल्याउन हुादैन र त्यसबारेमा केही पनि उल्लेख गर्न हुादैन भन्ने कुराले द्वन्द्व नै चाहेको बुझिन्छ । यसले अग्रगामी पद्दतिलाई रोक्ने र राष्ट्रपतिलाई अघि सारेर अर्को राजा बनाउने योजना बनाएको बुझिन्छ । यसबारेमा आम नागरिक र आम जनता सचेत छन् । अहिलेको समयमा राष्ट्रपतिलाई संविधानभन्दा माथि राखेर राजा बनाउन खोज्नु नागरिक अपमान हो र आम जनताको अपमान हो ।

के अहिलेको अवस्था हेर्दा राजनीतिमा अग्रगामी र यथास्थितिवादबीच द्वन्द्व बढेकै हो त ?

अग्रगामी शक्ति र यथास्थितिवादी शक्तिबीचको द्वन्द्व त हो नै । किन पनि हो भने अहिले मुलुकले खोजेको के हो ? भन्ने कुरालाई मध्यनजर गर्न आवश्यक छ । ऐतिहासिक कालदेखि जसले देशको भोगचलान गरेका थिए । खासगरी २२ दलमा रहेका दक्षिणपन्थीहरुको प्रभूत्वले नै अवरोधको स्थिति सिर्जना भएको छ । अहिलेको सरकार हारेकाहरुको बाहुबलमा स्थापित सरकार हो । लोकतान्त्रिक पद्दतिको मर्म निर्वाचन हो । हामीले पनि गरेको त्यही हो । राजा निर्वाचित नभएको हुादा उनी हटाइएका हुन् । अहिलेको सरकारमा हेर्नुस् त्यस्तै अवस्था छ । प्रधानमन्त्री लगायत धेरै हारेका मानिस छन् । उनीहरुले चुनाव नजित्ने स्थितिलाई मध्यनजर गरेरै आफू र आफ्नो अस्तित्व जोगाउन खोजेका छन् । यसले नै स्पष्ट रुपमा राजनीतिक ध्रुबिकरण देखाएको छ ।

माओवादीको आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

आफ्ना आवाज उठाउने माध्यम स्वरुप प्रतिपक्षका लागि संसद र सडक नै मुख्य स्थान हो । प्रतिपक्ष सडकमा जानुलाई म स्वभाविकै ठान्छु । लामो समयसम्म संसद अवरुद्ध गरेर जाादा पनि माओवादीले उठाएका मागहरु सम्बोधन हुने स्थिति रहेन । जसका कारण उ आफ्ना मागहरु लिएर सडकमा गएको छ । यस्लाई स्वभाविक रुपमा नै लिनुपर्छ ।

प्रचण्डले भने जस्तै के तत्कालै राष्ट्रिय सरकार बन्ने सम्भावना रहला त ?

असहमतिको प्रणाली पहिलै सुरु भैसकेको हो । जतिवेला नेपाली कांग्रेस माओवादी नेतृत्वको सरकारमा सहभागी भएन । एउटा ठूलो दल जसले सरकारको नेतृत्व गरेको थियो । त्यहीबेला कांग्रेस सरकारमा जानु पर्ने थियो तर उ सरकारमा गएन । राष्ट्रपतिको निर्वार्चन पछि कांग्रेस सरकार बाहिर बस्नु नै असहमतिको सुरुवात थियो । अहिले माओवादी प्रतिपक्षमा छ । एउटा सबैभन्दा ठुलो दल सडकमा छ । यो अलिक फरक कुरा नै देखिएको छ । किनभने लोकतन्त्रको बलियो आधार भनेकै जनताले चुुनेका प्रतिनिधि हुन् । उ सरकारभन्दा बाहिर हुादा शान्ति प्रक्रिया सम्पन्न हुने र संविधान निर्माण हुने आशा गर्न सकिादैन । के यी २२ दलले संविधान बनाउन सक्छन् ? के उनीहरुले सेना समायोजन गर्न चाहन्छन् ? यो कुरा नै अहिलेको प्रमुख कुरा हो । राष्ट्रिय सरकार आवश्यकता हो । यो आवश्यकतालाई कसकसले कसरी विश्लेषण गर्छन् त्यो भिन्न कुरा हुन सक्ला । तर राष्ट्रिय सहमतिको सरकार जनताले दिएको मतका आधारमा निर्माण गरिनुपर्छ ।

माओवादी आन्दोलनबाट सहमति जुट्ला ?

वर्तमान सरकार परिवर्तन नभएर राष्ट्रिय सहमतिको सरकार नबनेसम्म माओवादी त आन्दोलनमै जाने देखियो । अव माओवादीको आन्दोलन कतातिर जान्छ र यसले कति जनतालाई आन्दोलनमा उतार्न सक्छ भन्ने कुरा मुख्य कुरा हो । माओवादी सडकमा गइसकेपछि जनताको हातमा निर्णय हुन्छ । जनता कत्तिको आन्दोलनमा आउँछन् या जनता आन्दोलनमा आउँदैनन् । जनता आन्दोलनमा आए भने निश्चित रुपमा आन्दोलनले सहमति जुटाउला । यदि जनता आन्दोलनमा आएनन् भने पनि सहमति जुट्ला । जव छलफल र सम्वादबाट सहमति हुन सक्दैन त्यतिबेला त आन्दोलनको अर्को विकल्प के रहला र ?

अझैपनि मुलुकको राजनीति गिरिजाप्रसाद कोइरालाको हातमा छ भन्ने कुराहरु उठ्ने गरेका छन् । त्यसैले होला सिंगापुरमै माओवादीले उहाासाग वार्ता पनि गर्‍यो । तपाइ के भन्नुहुन्छ यसबारेमा ?

अव सबैभन्दा पहिले नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइराला कत्तिको बलियो हुनुहुन्छ भन्ने कुरा अर्को महत्वपूर्ण कुरा हुन आउाछ । प्रचण्ड र गिरिजाप्रसाद कोइरालाको सिंगापुरको वार्ता नै महत्वपूर्ण छैन भनेर पनि कांग्रेसका अरु नेताले भनेका छन् । अहिलेको सरकार राष्ट्रपतिको कदमका आडमा चलेका कारण त्यस्तो देखिएको हो । तर कोइरालाका कुरा कांग्रेसमै पनि कम महत्वका हुन थालेका छन् । उहाँभन्दा अरु शक्तिशाली हुन थालेको अवस्थामा यही भन्न सकिदैन । अव एमालेको कुरा पनि त्यस्तै छ । एमाले त दुइटा पार्टी हो या एमाले भन्ने पार्टी नै छैन जस्तो देखिन्छ । यसर्थ यहाा एकैजनाको मात्रै भूमिका मुख्य हुने भन्ने त देखिदैन । तर कोइरालाले पहल गर्दा अरुको तुलनामा केही चााही हुन सक्छ ।

सरकार दिल्लीबाट चलेको भन्ने कुरा पनि आयो । के सरकार सााच्चै दिल्लीबाटै चलेको हो त के लाग्छ तपाइलाई ?

वर्तमान सरकार राष्ट्रपतिको कदमलाई टेकेर उभिएको छ । यो सरकार दिल्लीबाटै बनेको हो र दिल्लीकै निर्णयमा चल्ने देखिन्छ । यो सरकार हेर्दा मात्रै २२ दलले बनाएजस्तो देखिन्छ । तर त्यस्तो छैन । अव शेरवहादुर देउवा दिल्ली गए, भारत यही सरकारको पक्षमा छ भन्ने कुरा ल्याए । झलनाथ दिल्ली गए भारत यही सरकारको पक्षमा छ भन्ने कुरा आयो । फोरम अध्यक्ष उपेन्द्र यादवले पनि त्यही सन्देश ल्याए । केपी ओली गए, उनले त झन् ल्याउने नै भए, त्यही सन्देश ल्याए । यसरी हेर्दा दिल्लीको कुरा बुझेर मात्रै यहाँ निर्णय गरिन्छ भन्ने स्पष्ट देखियो । जसकारण पनि अहिलेको सरकार टिकाइरहन दिल्लीको ठुलो हात रहेको देखिन्छ ।

सरकारका पछिल्ला गतिविधि नितान्त सरकार लम्व्याउने खालका देखिए नि ?

आफ्नो कुर्सी टिकाउनका लागि माधवकुमार नेपालले आफ्नै मन्त्रीले सिडिओ कुट्दा पनि हेरेरै बसीरहे । सरकारको नीति विपरित रक्षामन्त्रीका अभिव्यक्ति आउादा पनि उनी निरिह रहे । यो अवस्थामा वर्तमान सरकार त कुनै लायकको सरकार हुँदै होइन । यो जनताको म्यान्डेटमा बनेको सरकार पनि होइन । यसर्थ यसलाई यो र उ भन्न पनि खासै महत्व रहँदैन ।

नागरिक आन्दोलन पनि खै कता कता हरायो ?

नागरिक आन्दोलन अहिले पहिलेको स्थितिमा छैन । जुनवेला नागरिक समाजका मानिस सडकमा जाँदा जनता सडकमा आउँथे र आए पनि । जतिवेला पार्टीहरु राजाको पछि लागेका थिए ती पार्टीमा रहेका बुद्धिजीवि सडकमा थिए । तर अहिले ती राजाबाट फालिएका पार्टीहरु कोही एनजीओमा फर्किए र कोही सरकारमा फर्किए । उनीहरु पनि अर्थात नागरिक समाज पनि दलहरुका गुटबन्दी बन्नतर्फ लागे । यसर्थ अहिले नागरिक आन्दोलन सााघुरो भएको छ । जसजसले कतै पछि नलागेर बसे उनीहरु मात्रै नागरिक समाजमा रहे । यसर्थ नागरिक आन्दोलन चाहे अनुसारले उठ्न नसकेको हो ।

अन्तमा निकास के त अव ?

अव अहिलेको स्थितिमा त राष्ट्रपतिले आफ्नो गल्ती स्वीकार्नै पर्छ । २२ दलहरुले त्यो कदम फिर्ता गर्न नलगाएसम्म राजनीतिक सहमति जुट्छ जस्तो मलाई लाग्दैन ।

 

अन्य शीर्षकहरु
हामी माओवादीकै नेतृत्वमा पनि सरकारमा जान तयार छौं-सुप्रभा घिमिरे (महिला सभासद तथा नेत्री नेपाली कांग्रेस)
करिव करिव व्यवस्थापिका नै असफल भइसकेको छ-काशीराज दाहाल, (संविधानविद तथा अध्यक्ष प्रशासकीय अदालत)
युवाहरुको आगमनले पार्टीको पूनर्जागरण होला भन्ने अपेक्षा गरेको छु : नरहरि आचार्य (नेता, नेपाली कांग्रेस)
कुनै पनि राजनीतिक पार्टीर्हरुको प्राथमिकतामा संविधान भन्ने नै छैन : सुर्दशन बराल मगर (यूवा नेता, एनेकपा माओवादी)
एमाले पर्टिभित्रका गुटहरु साँस्कृतिक हिसावले विचलित छन्-योगेश भट्टराई (युवा नेता, नेकपा एमाले)
अव हुने द्वन्द्व वहुपक्षीय हुने देखिन्छ : खगेन्द्र संग्रौला (अगुवा, नागरिक समाज)
माओवादी आन्दोलनले देशव्यापी तनाव सिर्जना गरेको छ - झलनाथ खनाल (अध्यक्ष नेकपा एमाले)
राष्ट्रपति आफैले गल्ती सच्याउनु नै सबैभन्दा उत्तम हुन्छ खगेन्द्र संग्रौला,अगुवा, नागरिक समाज
हाम्रो पार्टी अहिलेको अवैधानिक सरकारमा जाँदैन – उपेन्द्र यादव, अध्यक्ष, फोरम
हामी सहमतिको नजिक पुगेका छौं । युवराज ज्ञवाली, एमाले नेता
जनताको मतको ठुलो अपमान भएको छ कृष्ण पहाडी, अधिकारकर्मी
संविधान बेलैमा लेख्नेतर्फ सोच्नु पर्छ । कृष्णप्रसाद सिटौला, नेता नेपाली काङग्रेस
मलाई उनीहरुले दिन प्रतिदिन उपेक्षा गरे - जेवी टुहुरे, जनगायक
उपप्रधानमन्त्रीको लोभमा एमाले र काँग्रेसले हामीलाई फूटाउने षड्यन्त्र गरे - उपेन्द्र यादव (अध्यक्ष, मधेसी जनअधिकार फोरम)
यही अवस्था रहे मुलुक पाकिस्तान बन्न सक्छ - रामराजाप्रसाद सिंह (गणतन्त्रवादी नेता)
मैले चाहे ज्ञानेन्द्रलाई यहीँ भेट्छु इण्डिया जानु पर्दैन – गिरिजाप्रसाद कोइराला
संविधान निर्माणमा माओवादीले चासो दिएको छैन – केपी शर्मा ओली, नेता नेकपा एमाले
आकाशै खसेपनि मैले गेसोको नेतृत्व छोड्दीन – पदमबहादुर गुरुङ, अध्यक्ष गेसो काठमाडौं
नयाँ नेतृत्व चयन गर्नेबाहेक कांग्रेससँग अरु विकल्प छैन – नरहरि आचार्य, नेता नेपाली कांग्रेस
रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
कानून तथा संविधानसभा मन्त्री देव गुरुङसँग
गृहमन्त्री वामदेव गौतमसँगको बार्ता
नेपाली काङ्ग्रेसका उपसभापति गोपालमान श्रेष्ठसँगको बार्तालाप
ज्ञानेन्द्रलाई लखेट्नु पर्ने अवस्था निम्तिन सक्छ । डा. सुन्दरमणि दीक्षित, नागरिक समाजका अगुवì
वाइसीयलले ठोक्ने र कुट्ने काम गरिरहेको छ -केपी शर्मा ओली, नेता - नेकपा एमाले
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly