प्रभातकालीन आकाशको एक कुनामा घामको रातो रङ्ग रंगिन पाएको थिएन । रातभरिको लखतरान हिडाई र केही खान नपाएको स्याल एउटा गुफा छेउमा बसेर टोलाई रहेको थियो । डर लाग्दो गर्जन गर्दै आˆनो गुफामा फर्किरहेको बनको राजा सिंहसाग जम्का भेट हुनु अघि स्यालले कसरी त्यो गर्जने सिंहको मुटु कलेजो खान सकिन्छ होला भनेर मनमनै उपाय सोच्न थाल्यो । भोकको ज्वालाले रन्किएको सिंह स्याललाई देख्ने वित्तिकै आˆनो भोक मेट्न के अघि बढेको थियो । चतुर स्यालले विन्ति गर्दै भन्यो । हे Û बनका महाराज क्षमा गर्नु होला । हजुरको भोकको ज्वाला मेटाउन आएको हुँ तर तपाईको दुश्मन भालुले पठाएको समाचार भने सुनि दिनु होला । सिंहले गर्जादै भन्यो, सिंहको राज्यमा सिंहलाई समाचार पठाउने को हँ ? सिंहको गर्जनमा नआत्ति स्यालले विन्ती विसायो । हे महाराज मलाई थाहा छ, यो बनको सर्वशक्तिमान महाराज तपाई नैं हुनु हुन्छ । तर त्यो पहाडको फेदीमा एउटा अजङ्गको भालु बसेकोछ । उसको जगर -रौं) ठाडा ठाडा, दाात डर लाग्दो र उसको घमण्ड यति उदण्ड खालको छ कि ऊ बनमा भएका कुनै पनि जीवहरुलाई टेर्दैन । उसले समाचार पठाएकोछ । महाराजसाग युद्ध लड्न चाहन्छ । सिंहले धैर्य गरेर सुनिसके पछि भन्यो - मेरो राज्यमाथि द्वन्द्व गर्न चुनौति दिने मेरो शत्रुको खवर ल्यायौ, गएर भन म ऊसाग द्वन्द्व लड्न तयार छु । तिम्रो ज्यान बच्यो ।
सिंह वा भालु कुनै न कुनै एउटाको मुटु खाने जुक्ति सफल हुने छनक पाएपछि छट्टु स्याल आाखाको झिमिक्कमा कुलेलम ठोक्यो । जाादा जाादा मौरीको घार काढेर मह खाने उपाय सोच्दै गरेको भालुलाई भेट्यो । वैशाखे घामको प्रचण्ड गर्मी र मौरीको चिलाईले आजित भएको भालु रिसले चुर भएको थियो । स्याललाई भालुले के देखेको थियो, आक्रमण गर्ने सुरले जगर ठाडो बनाएर कान फड्कार्दै अघि बढ्यो । स्यालले बढो नम्र भएर भन्यो । हे Û बनका अजङ्ग शक्तिका बलवान महाराज म हजुरकै भोक मेटाउन आएको हुा तर मलाई समाचार सुनाउन दिनु होला । भालुले रौं हल्लाउादै भन्न लाग्यो - म जस्तो बढेमानको भालुलाई समाचार पठाउने को हो ? स्यालले बढो नम्र भएर भन्यो । हे Û बनको डर लाग्दो भालु राजा ऊ त्यो डााडाको मुन्तिर ठूलो ढुङ्गाको ओढारमा बस्ने सिंहले महाराजको इहलिला समाप्त गरी मुटु कलेजो खाने रहर पालेकोछ । ऊ बनमा भएका सम्पूर्ण जीवहरुको सर्वनास गर्न चाहन्छ । हजुर बाहेक अव यो दुनियाामा हामीलाई बचाउने कोही पनि छैनन् प्रभु दया होस्
स्यालको कुरा सुनेर भालु असाध्यै रिसायो । त्यो सिंह आˆनो ओढारमा कतिखेर फर्किन्छ त्यो मात्र भनिदेऊ त्यसले मेरो मुटु कलेजो चपाउने होइन त्यो घमण्डी सिंहको सिकारबाट मेरो भोक मेटिनेछ । स्यालले नम्र हुँदै भन्यो - हे महाराज Û ऊ विहानको उज्यालो खस्ने पहिलो प्रहरमा फर्किन्छ । मेरो मुटु कलेजो चपाउन खोज्ने सिंहको समाचार सुनायौ । गएर भन, यो बनको भालु राजा भोली विहानको मिरमिरेमा द्वन्द्व गर्न आउनेछ । तिम्रो प्राणको दान बक्स भयो जाऊ भनेर आˆनो शरीरलाई ठाडो उठाएर स्याललाई विदाई गर्यो । स्याल आˆनो बुद्धिको तारिफ गर्दै त्यही गुफाको अलि टाढाको झाडीमा लुकेर बस्यो । आकाशमा ताराहरुको टिमटिम मधुरो हुदै गएको थियो । सिंह डर लाग्दो गर्जन गर्दै गुफातिर फर्किंदै गरेको मधुरो स्वर सुनेर स्यालको मन रमाइरहेको थियो । केही बेरमा लमक लमक गर्दै भालु पनि आई पुग्यो । घमण्डी सिंह र बडेमानको भालुको द्वन्द्व सुरु भयो । भालुले ठाडो उभेर झाप्पु चलाउँथ्यो । सिंहले भालुको घाँटी टोक्न खोज्थ्यो । अन्तमा सिंहको पञ्जाले भालुको दुवै आँखा फोरी दियो र भालु अन्धो भयो । भालु अन्धो भएको मौका पारेर सिंहले भालुको घाँटी अठ्याई दियो । केही बेरमा भालुको इहलीला समाप्त भयो । सिंहले भालुको मुटु कलेजो झिकेर खान लाग्दा छट्टु स्याल आई पुग्यो । बढो नरम भएर भन्यो । हे । बनको सर्वशक्तिमान महाराज यस्तो मरेको जावो भालुको सिनो मुटु कलेजो खाएर आˆनो अपमान गर्दै हुनु हुन्छ । बनको सिंहले जिउादो सत्रुको मुटु कलेजो मात्र खान सुहाउाछ । सिंह जस्तो बलवान बनको राजाले घमण्डी भालुको मासु खायो भने तपाईको शक्ति नाश हुनेछ । सिंहले छट्टु स्यालको कुरा सुनेर राम्ररी विचार गर्यो । यो बनको महाराज सिंहले मरिसकेको भालुको मुटु कलेजो खानु साँच्ची नामर्दपन हो । ऊ भालुको मुटु कलेजो नखाई आˆनो गुफातिर लाग्यो । सिंह बाटो लागेपछि छट्टु स्यालले भालुको मुटु कलेजो खाएर धेरै दिनको भोक मेट्दै आनन्दको दहमा डुबुल्की मार्यो ।
दुई सय वर्षको गोर्खाली इतिहासमा उक्त माथिको लोककथा जस्तै गोर्खालीविरुद्ध असमानताको लडाईंमा लड्ने पात्र-पात्राहरुले यो कथाको शिलशिलालाई दोहोर्याई रहेका छन् । गोर्खाली मुद्दामा सफलताको हात लगाउन गोर्खाली संघ संस्थाका अगुवा र त्यसका योजनाकारहरु कोही सिंह भएका छन् कोही भालु भएका छन् । वास्तवमा बुद्धिको खेल खेलेर छट्टु स्याल बनेको बि्रटिस सरकारले त्यसको फाइदा पहिले पनि लिएको थियो र अहिले पनि लिंदैछ । बि्रटिस सरकारको एम.ओ.डीले कसैलाई नोकरी दिएर दुःख पाएका हाम्रा समकक्षी बि्रटिस सेवा निवृत गोर्खाली सेनाहरुको लागि हेरविचार गर भनेर देखाउँने दाँत हाँसीरहेको देखाए पनि चपाउने दातलाई कसरी चपाउन सकिन्छ भनेर उध्याई रहेको छ । अथवा एम.ओ.डीको खेल समुद्रको वीचमा भुइचालो गएपछि उठेको सुनामी जस्तैछ । प्रशान्त महासागरमा भुइचालो गएपछि समुद्रको पिँधमा विशाल खाल्डो भर्नको लागि समुद्र सतहको पानी त्यो खाल्डोमा जम्मा हुन जाँदा सुनामीको लहर देश देशान्तरसम्म फैलिएको ज्वारभाटा भएर समुद्री किनारमा ठोकिन पुग्छ । त्यही रणनीतिमा गोर्खाली मुद्दाका अगुवाहरु एक अर्कामा ठोक्किने ज्वारभाटा भइरहेका छन् । गोर्खालीविरुद्ध असमानताको लडाईामा गोर्खालीहरुले सफलता हात पारेको भनिए पनि बि्रटिस सरकारलाई दुवै हातमा लड्डु हात लागेकोछ । दुई शताब्दी रगत र पशिनाले साटेको गोर्खालीहरुको चल, अचल सम्पत्ति बेलायत भित्रिादै छ । पेन्सन बृद्धि र वर्क परमिटको अनुमति अघि सारे बि्रटिस सरकारलाई घाटा हुने भएपछि आवासीय भिसाको ढोका खोलिदिएको हो । पेन्सन बृद्धि, अङ्ग भङ्ग साथै लडाईाको मैदानमा शहादत प्राप्त गोर्खाली योद्धाहरुका विधवा श्रीमतीहरुलाई दिने क्षतिपूर्ति महङ्गो हुने हिसाव किताव निस्केपछि गोर्खाली मुद्दाको जनलहरलाई छत्ताछुल्ल बनाउन आवासीय भिसाले मद्दत पुर्याउने भएपछि आवासीय भिसाको स्वागत गरिएको हो भन्नु अत्युक्ति नहोला ।
यता गोर्खाली संघ, संस्थाहरु बीच पेन्सन र क्षतिपूर्तिको विषयमा समझदारी कायम गर्नु भन्दा बाघ, भालु बनेर विज्ञप्ति युद्ध, आ-आˆनै सघं संस्थाको नाम कमाउ युद्ध, आˆनै थाप्लोमा सफलताको श्रेय थोपार्ने युद्ध, कसरी दुई चार पैसाको जोहो गर्न सकिन्छ भनेर जालसाजी गर्ने युद्धले आˆनो योजनाहरु अघि बढाएकै छ । गोर्खालीहरुको साझा सवाल पेन्सन बृद्धि, लडाईंमा अङ्ग भङ्ग भएका अशक्त दाजुभाईहरुको अवस्था प्रति मै राजा मै रानीको खेल दोहोरिने क्रमसँगै छट्टु स्याल बनेको बि्रटिस सरकार पनि असमानता र साझा सवालको मुटु कलेजो खाँदै मुस्कुराइरहेको छ । गोर्खाली मुद्दाका चार संस्थाहरु चारतिर फर्किएका छन् । गेसोको सस्थापक पक्ष र असन्तुष्ट पक्षको दोहोरी कहाा पुगेर टुङ्गिने हो यसै भन्न सकिएको छैन । गेसोको संस्थापक अध्यक्ष पदमबहादुर गुरुङ बि्रटिस सरकारले जे दिनु पर्ने हो त्यो दिइसक्यो अव लडाई गर्नुको औचित्य समाप्त भयो भन्ने घोषण गरेपछि कस्तो रणनीतिको तयारीमा छन् ? थाहा भएको छैन । बीजीडब्ल्यूएस सन् २०१० को एउटा महसुर निशानाको सााध राखेर मुद्दाको सुनुवाईको प्रतिक्षा पछि त्यो सुनुवाईबाट कस्तो उपलब्धि प्राप्त भयो ? त्यो साँधले सम्पूर्ण गोर्खालीहरुको मागलाई समेट्न सक्छ कि सक्दैन ? कतिसम्म न्यायसंगत लडाईाको चालवाजी हो, आफैले आत्मसमिक्षा गर्दै होला । युबीजीएन यी सबै गोर्खाली संघ संस्थाहरुका साझा एजेण्डाहरुलाई एउटै बनाएर लड्न सकिए सफलता हातलाग्छ कि भनेर मुसो दौडमा दौडिरहेको देखिन्छ । नेसाको रणनीति कसरी अघि बढ्दैछ ? पोखराको स्वागतकाण्ड पछि सार्वजानिक भएको देखिँदैन । हुन त जे जसरी भए पनि यी हाम्रा नेताहरुले यी मुद्दाहरुलाई बि्रटिस पार्लियामेन्टसम्म नपुर्याएको भए बि्रटिस सरकारको रौं हल्लिादैन थियो । असमानताविरुद्धको लडाईंमा रौं मात्र हल्लाउने होइन । सबै संघ सस्थाहरु मिलेर सबै संघ सस्थाका अगुवाहरुको अगुवाइमा असमानता नामको मुटु हल्लाउनु पीडित पक्षको आग्रह हो । पीडित गोर्खाली परिवारहरुको अनुरोध हो ।
विडम्वना Û यी यस्ता साझा सवालहरुलाई लात मारेर सिंह र भालुको द्वन्द्व लड्नुको पर्दा पछाडिको रहस्य नबुझेर पीडित गोर्खालीहरु अन्यौलमा परेका छन् । देसको आर्थिक उन्नति र भविश्यको लागि गरिने नाफा नोक्सानको हिसाब किताव गर्ने नैं हो भने समानताको हकमा आवासीय भिसाको मुद्दा जिते पनि पेन्सन वृद्धि, लडाईामा अङ्ग भङ्ग भएका बि्रटिस सेवानिवृत गोर्खा सैनिक र उनीहरुको विधवाहरुलाई क्षतिपूर्ति दिलाउन सकिएन भने यो आवासीय भिसाको लडाईा जित्नुको औचित्य छैन । बाघ, भालु र सिंह बनेका गोर्खाली नेताहरुले यो असमानताविरुद्धको युद्ध जितेका होइनन् । गोर्खालीहरुलाई आवासीय भिसा दिएर बि्रटिस सरकारले नोक्सानको ब्यापार गरेको छैन बरु लाखौं गुणा आर्थिक आयको फाइदा गरेको छ । दुई सय वर्ष जम्मा गरेका बाबु बाजेको विर्ता बेचेर गोर्खालीले आवासीय भिषा पाउन खर्च जुटाएका छन् । बाबु बाजेले जोडेको चल अचल सम्पति बेचेर बेलायतको महङ्गो मोर्गेज लिएका छन् । कमाएको दुई चार पौण्ड नेपाल नजाने भएको छ । पहिलो पुस्ताले दुःख सुःख आ-आˆनो धर्म, भाषा र सांस्कृति जगेर्ना गर्न सके पनि भविष्यमा गोर्खालीका सन्तानहरुले आ-आˆनो आइडेन्टिटी गुमाउने सम्भावना छैन भन्ने ठाउा छैन । यसरी एउटा ठूलो भााडामा राखेको पानीमा नुन बिलाए जस्तै बिलिन हुन स्वीकार गर्ने गोर्खाली र बिलिन गराउने बि्रटिश सरकारले किन पेन्सनको सवालमाथि न्याय गर्दैन ? बिलिन हुन मञ्जुर भएका गोर्खाली संघ सस्थाहरुले आवासीय भिसामा चित्त नबुझाएर पेन्सन र क्षतिपूर्तिको साझा सवालमा एकता नै बल हो भन्ने उक्तिलाई आत्मसात नगरी किन हाम्रा नेता र कार्यकर्ताहरु सिंह, भालु र छट्टु स्यालको लोककथाको पात्र-पात्रा भइरहन्छन् ? दुई सय वर्ष खपेको असमानताको लडाई अन्त गर्न सिंह र भालु भएर जित्न सक्ने सम्भावना छैन । अव पनि लोककथाको पात्र बनेर वाक युद्ध, इन्टरनेट युद्धको जिहाद छेड्ने अग्रसरता देखाउादै अघि बढने हो भने आधुनिक युगको छट्टु स्यालले मुटु कलेजो खानु भन्दा पहिले गिदी र जिब्रो पनि खाई दिनेछ ।
पाठक महोदय Û सायद यो लोककथाको अन्तिम अध्याय हुनेछ । फि्रडम अफ एक्सप्रेस भनिने बि्रटिशको देशमा कसैले गल्ती गरेकोछ लौ त्यसलाई सुधार गरेर यो बाटो जाउ, यो हाम्रो साझा सवाल हो भन्यो भने उस्लाई शिखण्डी भनिन्छ । हाउ मित्र Û यो गोर्याटोले त भिरमा पो पुर्याउँछ कि क्या हो ? भन्यो भने यो त मेरो महायात्रा हो, नदीले कहिले पनि भीरको पर्वाह गर्दैन । हाम्रो आगत र विगत कसरी गुजि्रदैछ कलमको मसीमा गोहीको आँसु नचुहाउनु वेश होला कि ? भन्ने राय अघि सार्यो भने वर्तमान मेरो हातमा छ, सत्यताको सतहमा को उत्रिरहेको छ ? इतिहासको मुल्याङ्कन भनेको खुँडाको धार हो भन्छ । यी अभिब्यक्ति र लेखाइहरुले के बुझाउाछ भने हामी लोककथाका पात्रहरु जस्तो भूमिका निभाउदैछौं, त्यही रण मैदानमा गोर्खाली मुद्दाको सवालहरु गुजि्ररहेकोछ । मतलव साझा सवालको घडीमा एउटा पेण्डुलम घडी झुण्डीरहेकोछ । जस्ले संधै १२ बजाइरहेको हुन्छ । पेण्डुलम जति हल्लिए पनि घडीको काँटाले एक बजेको सूचना दिँदैन । तर पेण्डुलमले दोहोरि पिङ मच्चाई रहन्छ । गोर्खाली मुद्दाको सवालमा चार बजेको छ, तर थाहा छैन यो विहानको चार बजेको हो कि दिउँसोको चार बजेको हो ? लाग्छ, एउटा बुढो क्याप्टेन साहेवको घरको भित्तामा टाङ्गिएको कुक्कु पेण्डुलम घडी जस्तो र त्यहा भित्र भएका मसिना काँटा चम्चा जस्ता मेसिनहरु सलबलाई रहे झैं ।
वास्तवमा बि्रटिस सरकारले गोर्खालीहरुलाई बि्रटिस समकक्षी सेना बराबर पेन्सन दिन नमिल्ने जिकिर गरेर सन् १९४७, सन् १९९७ वा बीजीडब्यूएसले लिएको अडान २०१० को साध राख्नु नैं असमनता हो । सन् १९४७ सालको त्रिपक्षीय सम्झौता हो । यो सम्झौतालाई अन्डर स्डान्डिङ रेगुलेसन भनेर बि्रटिस सरकारले जिकिर गरे पनि क्षतिपूर्ति दिनु पर्ने कारणले त्यसलाई सम्झौता नमान्नु बि्रटिस सरकारको अडान मात्र हो । बि्रटिस सरकारलाई नोक्सानी नपुर्याउने एम.ओ.डीको रणनीति मात्र हो । त्यसकारण बि्रटिस सरकारको यस्तो सुनामी रणनीतिविरुद्ध लड्न सबै गोर्खाली संघ संस्था एवं शुभचिन्तकहरुको मत्तो एकै ठाउँमा गोलबद्ध हुन सक्यो भने छट्टु स्यालले न भालुको मुटु खान पाउँछ न सिंहले भालुको दुवै आँखा फोड्नु पर्छ । तर गोर्खालीहरुको मत्तो एक हुन सकेन भने यो ध्रुव सत्य हो, लोककथाको अन्त जस्तै चतुर स्यालको भोक मात्र मेटिनेछ । इतिहास निमार्ण गर्ने नेतृत्व वर्गले सुनामी रणनीतिविरुद्ध एउटा ठोस निर्णय गर्न ढिलाई गर्न हुँदैन । अव पनि लोककथाको द्वन्द्व दोहोरीरहने हो भने बि्रटिश साम्राज्यको लागि वीरगति प्राप्त गर्ने ती वीर गोर्खालीहरुको आत्माले सराप्नेछ । अङ्गभङ्ग भएका र नाम कटुवामा परेका जिवित गोर्खालीहरुको मन रुनेछ । युद्ध मैदानमा वीरगति प्राप्त योद्धाहरुको विधवा र टुहुरा टुहुरी छोरा छोरी प्रति अन्याय हुनेछ ।
अन्तमा, दुईसय वर्षसम्म भएको गोर्खाविरुद्ध असमानताको लडाईमा वैचारिक मत भिन्नता भए पनि साझा सवालमा फरक मत नराखी एक हुन सकियो भने जित्नै पर्ने पेन्सन बृद्धि र क्षतिपूर्तिको मुद्दा जित्न सकिनेछ । मुल कुरो लोककथाको पात्र सिंह र भालुको जस्तो चरित्रमा सुधार हुनु पर्छ । कुनै न कुनै निहुँ बनाएर सिधा-साधा आफ्नै दाजु भाइहरुको आना-सुकी टक्टक्याएर समानताको लडाइ लड्ने गफ हाँक्दै एक अर्कामा द्वन्द्व गर्ने चालवाजीहरु रोकिनु पर्छ । पेन्सन र क्षतिपूर्ति जस्तो साझा सवालमा सबै गोर्खाली संघ संस्थाहरुको मतो एक हुन सक्नु पर्छ । यो मुटु कलेजो खाने छट्टु स्यालको लोककथाले सबै गोर्खाली संघ संस्थाका नेतृत्व गर्ने अगुवा र कार्यकर्ताहरुलाई सुबुद्धि दिन सकोस् । गोर्खालीहरुविरुद्ध असमानताको लडाईमा विजय हुने सुनिश्चित छ । जय गोर्खाली .........