बेलायतका एक पूर्व सैनिकले अफगानिस्तानमा मारिएका सैनिकहरुको लागि श्रद्धाञ्जली दिने एक नयाँ तरिका अपनाएका छन् । शान क्लार्क नाम गरेका ती व्यक्तिले अहिलेसम्म अफगानिस्तानको यूद्धमा मारिएका २२३ जना सैनिकहरुको नाम आफ्नो शरीरमा लेखाइसकेका छन् । उनको अफगानिस्तानमा मारिएका सबै सैनिकहरुको नाम लेखाउने इच्छा रहेको छ ।
पहिलो नाम खोपाउँदा भने निकै दुखेको उनले बताए । तर, यसपछि ती सैनिकहरुको सम्झना गर्दै चार घण्टासम्म शरीरमा नाम खोपाउन उनी लागिरहे । उनको यो शिलशिला यहीा नै खतम भएको छैन । अझै केही सैनिकहरुको नाम खोपाउन बाँकि नै रहेको छ । यसैले उनी भन्छन् 'अझ यस्तो पीडा सहन बाँकि नै छ । तर, यो पीडा यूद्धमा मारिएका सैनिक र तीनका परिवारले भोगेको भन्दा कम छ ।'
यूद्धमा मारिएका सैनिकप्रतिको उनको मोह देखेर टाटु बनाउनेले पनि शुल्क नलिएको उनी बताउाछन् । क्लार्क यस्तो टाटु बनाउनुको अर्थ केवल श्रद्धाञ्जली नभई यसको माध्यमबाट रकम संकलन गरी सैनिकका परिवारलाई सहयोग गर्नु पनि रहेको बताउँछन् । उनको यस्तो हरकत देखेर पहिला परिवारले उनलाई पागल भएको आरोप लगाएका थिए रे Û तर अहिले परिवार पनि उनको समर्थनमा रहेको पनि उनी बताउँछन् ।