Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
हाम्रो पार्टी अहिलेको अवैधानिक सरकारमा जाँदैन
– उपेन्द्र यादव, अध्यक्ष, फोरम
 

तपाईंको भारत भ्रमण कस्तो रहृयो ?

भारत भ्रमणलाई मैले त्यति धेरै महत्व दिएको छैन । तर पनि एउटा छिमेकी देश भएका कारण नेपालको राजनीतिमा भारतसागको कुरा चासोपूर्वक लिइने गरिन्छ । भारत भ्रमणका बेला भारतको नेपालप्रतिको चाहना र नेपाली राजनीतिमा हुने उसको भूमिका अझ नजिकबाट बुझ्ने र जान्ने अवसर मिल्यो । हुन त अहिलेसम्मको अवधिमा पनि भारतको भूमिका बारे धेरै थाहा थियो । तर पनि यसले भारतप्रतिको दृष्टिकोण अझै बढी छर्लङ्ग गराएको छ ।

नेपालको राजनीतिप्रति भारतको दृष्टिकोण के पाउनुभयो ?

भारत वर्तमान माधव नेपाल नेतृत्वको सरकारलाई निरन्तरता दिन चाहन्छ भन्ने कुरा राम्ररी बुझेा । त्यसका साथै भारतको रणनीति माओवादीलाई नेतृत्वमा देख्न नचाहने पनि हो । भारत माओवादीप्रति शशंकित भएको मैले पाएा । भारतमा विद्रोह गरिरहेका भारतीय माओवादी र नेपालको माओवादीबीचमा कुनै सम्वन्ध छ कि भन्ने आशंका भारतसँग रहेछ ।

के भारत नेपालमा माओवादी सरकार नेतृत्वमै नजाओस् वा सत्ता बाहिरै बसोस् भन्ने चाहन्छ त ?

हो । बरु अहिलेको सरकारमा माओवादी पनि सहभागि होस् भन्ने चाहना रहेछ भन्ने मैले बुझें । मुलत भारत माधवकुमार नेपाल नेतृत्वकै सरकार निरन्तर रहोस् भन्ने चाहनामा छ ।

त्यसरी समस्या समाधान हुन्छ भन्नेमा आशा रहेछ र ?

वर्तमान सरकारले सबै समस्या समाधान गर्न सक्छ र सम्पूर्ण नेपालीको चाहना बमोजिम जान सक्छ भन्ने कुरामा भारत विश्वस्त छैन । नेपालको स्थायी शान्ति प्रकृया, सेना समायोजन तथा नयाँसंविधानको निर्माण जस्ता महत्वपूर्ण कुरामा नेपालका केही दलले मात्रै काम गर्न सक्छन् वा माओवादी जस्तो ठुलो पार्टीलाई बाहिरै राखेर समस्या समाधान हुदैन भन्ने कुरा भारतलाई पनि थाहा छ । त्यति हुदा हुदै पनि तत्काल सरकार परिवर्तन हुनुपर्छ भन्ने मान्यतामा उ देखिएन ।

तपाईको पार्टीलाई पनि सरकारमा सहाभागी हुन आग्रह गर्‍यो रे नि त भारतले ?

आग्रह नै गरेको त होइन । आशय व्यक्तचाँहि गरेको हो । हामी पनि सरकारमा गए यो सरकार अलि बलियो हुन्छ कि भन्ने चाहना भारतमा रहन सक्छ । किनभने भारतले यही सरकारलाई निरन्तरता दिन चाहानुले पनि त्यो कुरा बुझिन्छ । त्यसमा मैले अन्यथा लिएको छैन । त्यो उसको कुरा हो ।

तपाईको पार्टी सरकारमा जाने भन्ने कुरा पनि सुनिएको छ । के हो कुरा प्रष्ट पारिदिनुस् न ?

हामीलाई सरकारमा सहभागि हुन प्रधानमन्त्री माधव नेपालले अनुरोध गर्नुभएको छ । यो सरकारका पक्षधरहरु जो जो छन् ती सबैले त्यस्तो किसिमको आशय देखाएका छन् । तर, हामी वर्तमान सरकारमा सहभागी हुने भन्ने कुरा रहादैन । हामीले त विगतमा भएका ९ बुँदे सहमतिलाई कार्यान्वयन गर्नुपर्‍यो भनेर माग गरिरहेका छौं । अहिलेको सरकारले समस्या समाधान गर्न सक्छ भन्ने आधार र विश्वास राख्नै सकिन्न । यसर्थ हाम्रो पार्टी अवैधानिक तवरले बनेको अहिलेको सरकारमा जादैन ।

के भारत नेपालमा अस्थीरता चाहन्छ त ?

विदेशी राष्ट्रहरुले नेपालको हित मात्रै चाहन्छन् भन्ने होइन र विदेशीहरु नेपालमा अस्थिरता चाहन्छन्, विदेशीहरु यहााबाट आफूले फाइदा चाहन्छन् भन्ने पनि हो । विश्वको राजनीतिलाई नै हेर्ने हो भने पनि अफगानिस्तान आफै ध्वस्त भएको हो र ? त्यहाँ कसको हस्तक्षेप भयो ? यी कुरालाई देखेर पनि हामीले पाठ सिक्न जरुरी छ ।

भारत भ्रमण पछि तपाई र तपाईको दलमा आएको केही परिवर्तन ?

त्यस्तो कुनै परिवर्तन आएको छैन । नेपालको राजनीति हस्तक्षेपबाट मुक्त हुन सकेको छैन । यो कुरालाई अझ नजिकबाट बुझ्ने काम भयो । नेपालको समस्या समाधान हुन नसक्नु यसैको एउटा कारण पनि हो जस्तो लाग्छ । आन्तरिक समस्या हामी आफैले समाधान गर्न नसक्दा विदेशी सक्रियता बढ्ने हो । यसर्थ यहााको राजनीतिमा यहााका दलहरु नै बढी जिम्मेवार हुन आवश्यक छ ।

तपाईहरु अर्थात फोरम र माओवादीलाई मानिसहरु उस्तै उस्तै ठान्छन् । फोरम र माओवादीबीचको निकटता के छ ?

हामी माओवादीसँगनिकट छैनौं । कतिपय मुद्दाहरु समान हुन सक्छन्, त्यो वेग्लै कुरा हो । चाहे त्यो गणतन्त्रको मुद्दा होस् या त संघीयताको विषयमा होस् । यी इत्यादि कुराले निकट देखिनु एउटा विषय होला । तर, पार्टीगत रुपमा माओवादी र हामी निकट भने होइन । अहिले मुलुकमा दुईथरी राजनीतिक धार देखिएका छन् । एउटा चाहि यथास्थितिवाद र अर्को परिवर्तनकारी शक्ति । यसले गर्दा पनि त्यस्तो देखिएको होला । हामी परिवर्तन चाहन्छौ । आम नेपालीको हक अधिकार चाहन्छौा र आम मधेसी जनता जो मिचिएका छन् ती जनताको हित चाहन्छौं । तर कैयौं यस्ता तत्वहरु छन् जसले मुलुकलाई यथास्थितिमै राख्न चाहन्छन् । जसका कारण नै अहिलेको अवस्था सृजना भएको हो ।

पछिल्लो समय राष्ट्रसंघद्वारा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दिएको सुझावलाई कांग्रेस एमाले सहितका दलले हस्तक्षेप भनेका छन् । यसमा तपाईको दृष्टिकोण के छ ?

राष्ट्रसंघले दिएको सुझाव नेपालको हितमा छ । उसले विश्वकै शान्ति प्रक्रियालाई नजिकबाट नियालेको छ । नेपालको राजनीतिमा अहिले जुन स्थिति पैदा भएको छ यो स्थितिलाई समाधान गर्ने माध्यम भनेको राष्ट्रिय सरकार नै हो । राष्ट्रिय सहमतिको सरकारबिना मुलुकको स्थायी शान्ति प्रक्रिया, राजनीतिक स्थिरता र संविधान निर्माण जस्ता कुरामा टुङ्गो लाग्न सक्दैन । यसमा राष्ट्रसंघले दिएको सुझावलाई हस्तक्षेप भन्नु जायज होइन । उसले भनेको कुरा हामीले मान्नु नमान्नु हाम्रो विषय रहला । तर यसलाई वैदेशिक हस्तक्षेप भन्न मिल्दैन । वैदेशिक हस्तक्षेप त कहााबाट भैरहेको छ भन्ने कुरा सारा जनताले देखिरहेको कुरा हो । नेपालको शान्ति प्रक्रियामा सहयोगी भूमिका खेलेको राष्ट्रसंघको भूमिकालाई नकारात्मक रुपमा हेरिनु आम नेपाली र सिंगो नेपालकै हित विपरित हुनेछ ।

दलहरुबीच सहमति हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

सहमतिविना त राजनीतिक समस्या समाधान सम्भव हुदैहुन्न । संविधानसभामा निर्वाचित दलहरु, जसले जनताको म्याण्डेड पाएका छन् । उनीहरु एक ठाउामा आउनै पर्छ । यदि त्यसो भएन भने मुलुक ठूलो दुर्घटनातिर जान्छ । जनताको म्याण्डेडलाई नबुझिकन अगाडि बढ्न कुनै पनि स्थितिमा मिल्दैन । त्यसरी अघि बढ्दा जनताको अपमान हुने मात्रै नभएर तोकिएको समयमा संविधान बन्न पनि सक्दैन । यसर्थ सहमतिका लागि दलहरु तयार हुनुपर्छ । तर यहाा त पदकै लागि मात्रै राजनीति गरेको स्थिति देखियो । यो नै नेपाली जनताका लागि दुर्भाग्यको कुरा हो ।

तपाईको पार्टीको नयाँ रणनीति र योजना के छ अहिले ?

हामी मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन चाहन्छौा । हामी सम्पूर्ण नेपाली जनताको हक अधिकार चाहन्छौा । विगतमा सरकारसँगभएको सहमति कार्यान्वयन भएको छैन । यसर्थ हामी ती सहमति कार्यान्वयन होस् भनेर सरकारलाई बारम्बार भनिरहेका छौं । तर सरकारले सुनेको स्थिति छैन । यदि यस्तै अवस्था रहिरहने हो भने हामी आन्दोलनका कार्यक्रम घोषणा गर्न वाध्य हुनेछौं ।

 

अन्य शीर्षकहरु
हामी माओवादीकै नेतृत्वमा पनि सरकारमा जान तयार छौं-सुप्रभा घिमिरे (महिला सभासद तथा नेत्री नेपाली कांग्रेस)
करिव करिव व्यवस्थापिका नै असफल भइसकेको छ-काशीराज दाहाल, (संविधानविद तथा अध्यक्ष प्रशासकीय अदालत)
युवाहरुको आगमनले पार्टीको पूनर्जागरण होला भन्ने अपेक्षा गरेको छु : नरहरि आचार्य (नेता, नेपाली कांग्रेस)
कुनै पनि राजनीतिक पार्टीर्हरुको प्राथमिकतामा संविधान भन्ने नै छैन : सुर्दशन बराल मगर (यूवा नेता, एनेकपा माओवादी)
एमाले पर्टिभित्रका गुटहरु साँस्कृतिक हिसावले विचलित छन्-योगेश भट्टराई (युवा नेता, नेकपा एमाले)
अव हुने द्वन्द्व वहुपक्षीय हुने देखिन्छ : खगेन्द्र संग्रौला (अगुवा, नागरिक समाज)
माओवादी आन्दोलनले देशव्यापी तनाव सिर्जना गरेको छ - झलनाथ खनाल (अध्यक्ष नेकपा एमाले)
राष्ट्रपति आफैले गल्ती सच्याउनु नै सबैभन्दा उत्तम हुन्छ खगेन्द्र संग्रौला,अगुवा, नागरिक समाज
हाम्रो पार्टी अहिलेको अवैधानिक सरकारमा जाँदैन – उपेन्द्र यादव, अध्यक्ष, फोरम
हामी सहमतिको नजिक पुगेका छौं । युवराज ज्ञवाली, एमाले नेता
जनताको मतको ठुलो अपमान भएको छ कृष्ण पहाडी, अधिकारकर्मी
संविधान बेलैमा लेख्नेतर्फ सोच्नु पर्छ । कृष्णप्रसाद सिटौला, नेता नेपाली काङग्रेस
मलाई उनीहरुले दिन प्रतिदिन उपेक्षा गरे - जेवी टुहुरे, जनगायक
उपप्रधानमन्त्रीको लोभमा एमाले र काँग्रेसले हामीलाई फूटाउने षड्यन्त्र गरे - उपेन्द्र यादव (अध्यक्ष, मधेसी जनअधिकार फोरम)
यही अवस्था रहे मुलुक पाकिस्तान बन्न सक्छ - रामराजाप्रसाद सिंह (गणतन्त्रवादी नेता)
मैले चाहे ज्ञानेन्द्रलाई यहीँ भेट्छु इण्डिया जानु पर्दैन – गिरिजाप्रसाद कोइराला
संविधान निर्माणमा माओवादीले चासो दिएको छैन – केपी शर्मा ओली, नेता नेकपा एमाले
आकाशै खसेपनि मैले गेसोको नेतृत्व छोड्दीन – पदमबहादुर गुरुङ, अध्यक्ष गेसो काठमाडौं
नयाँ नेतृत्व चयन गर्नेबाहेक कांग्रेससँग अरु विकल्प छैन – नरहरि आचार्य, नेता नेपाली कांग्रेस
रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
कानून तथा संविधानसभा मन्त्री देव गुरुङसँग
गृहमन्त्री वामदेव गौतमसँगको बार्ता
नेपाली काङ्ग्रेसका उपसभापति गोपालमान श्रेष्ठसँगको बार्तालाप
ज्ञानेन्द्रलाई लखेट्नु पर्ने अवस्था निम्तिन सक्छ । डा. सुन्दरमणि दीक्षित, नागरिक समाजका अगुवì
वाइसीयलले ठोक्ने र कुट्ने काम गरिरहेको छ -केपी शर्मा ओली, नेता - नेकपा एमाले
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly