संस्मरण
सुनेको थिएँ चालिसे र साठी लाग्दा वैंश उम्रन्छ रे एकचोटी फेरि । अनि मैले पनि आफैलाई विचार गर्दै थिएा, अर्थात चालिसे पर्खादै थिए । यसै वर्ष नभन्दै चालिसेले झ्याप्प समातेछ थाहा नै नपाई । सोचेथो उनान्चालीस तिर हिड्दो हुँ । नेपाल जाँदा मङ्गल बजारको बज्राचार्य पण्डितकोमा चिना देखाउदा पो झल्याास्स भएा, चालीसे भन्ने वित्तिकै झस्किएँ ।
घर आएर एैना हेरेा, गाला पहिलाको भन्दा खुम्चिएको पााए - मःम जस्तो विशेष, हाँस्दा खेरी । कपाल रङ्गाएकोले फरक पाइनँ, पाखुराका मसलहरु यथावत नै पाएं हल्का जिम गर्ने बानीले होला । आखिरी चालीसेले छोए पनि नछोएको झैं महसुस गरें । त्यसो त २०२६ साल माघ २६ गते जन्मेकाले मलाई चालिसेले छोएकै हो ।
सुनेथेा यो उमेरमा अलिकति मान्छेहरु मात्तिन्छन् रे, नयाँउधुमहरु मच्चाउाछन् रे, नर नारीमा, नारी नरतिर आकषिर्त हुन्छन् रे । सोचिन्छ, गरिन्छ, भनिन्छ वा भयो होला, थियो होला, रत, हाम्रा पुस्तौं-पुस्तौदेखि आजसम्म पनि चालीसेको बखान गर्नमा कमि भा'छैन हाम्रो समाजको वरीपरी ।
सानोछंदा हजुरबुबाले नै पढाए क, ख, ग पहाडमा नै । श्री ३ चन्द्र शमशेरको आठ पहरियासम्म भएका बाजे अनररी कप्तानमा पेन्सिन पकाए पनि सामाजिक तथा राजनीतिक क्षेत्रमा बढि चासो राख्नुहुन्थ्यो । आफूले राम्रो नपढेपनि छोरा नातिलाई सक्दो पढाउने उहााको सोच थियो । यसै क्रममा मेरो बुबाले पनि रानीपोखरी छेउको दरबार हाइस्कुलमा पढ्नसम्म भ्याएछन् । त्यसताका दरबार हाइस्कुलमा जो पायो त्यही पढ्न पाउने थिएनन् रे । आज भोलीको एसएलसीलाई मेटि्रक भनिन्थ्यो त्यतिखेर । मेटि्रक पाससम्म गरेछन् आजका नेपालका वरिष्ठ सङ्गतिकार शम्भुजित बास्कोटा सागै ।
हामीलाई बेला बेलामा हजुरबाले 'राम्रो पढ नत्र क्षेत्रीहरुको हली बन्लास्' भन्नु हुन्थ्यो । हाम्रा गाउँमा क्षेत्री गाउँहरु बाक्लै भएकाले मुद्दा मामला गर्नु त्यतिखेर स्वभाविकै ठानिन्थ्यो । हजुरबाको गाउामा उपनाम थियो 'झगडिया कप्तान बुढा' । बाजे बाउहरु झगडा गरेर हिँडेतापनि हामी नाति नातिनाहरु चैं कुखुरे वैंशमा गाई भैंसी चराउथ्यौं, पाखा भित्तामा अनि लुकामारी पनि खेल्थ्यौं बुट्टयान र ओडारहरुमा । त्यतिखेरको उमेर, अनुभव र समयकालमा हामीले केही थाहा पाएका रैनछौंै । आज सम्झन्छु ज्ञान, विज्ञान र सभ्यताको सिाढी भन्दा हामी धेरै टाढा रहेछौं । तर बाजेहरु भने साठी काटिसक्दा पनि पाखुरा सुर्काउादै फुइँ-फुइँ गर्थे एक अर्कामा । सम्झन्छु आजकल त्यो बेलाको कचहरी भना-भैरी त्यतिखेरको फेसन नै रहेछ ।
मेरा बाबाले मेटि्रक पास गरेर गाउाको भिमसेनथानमा नै पााच कक्षासम्मको हेडमास्टर बन्नुभा'को थियो । केही वर्षपछि लाग्नुभएछ काठमाडौंतिर बरालिन, मलाई मात्र झिनो याद छ । अहिलेको ललितपुरको इन्जिनियरिङ कलेजमा ठेक्कापट्टा गर्दा म बालाई भेट्न काठमाडौं गएको थिएा । मलाई एकदिन लानुभएको थियो पाटनढोकातिर घुमाउन, पछि आफैं पाटन कलेजमा अध्ययन गर्न जाादा प्रस्ट थाहा भयोकि म पहिला नै यो ठाउामा आइपुगेको थिएँ ।
म पनि त्यही भिमसेनथानमा नै कक्षा पाँचसम्म, बेतालीमा सात कक्षा अनि जिरी हाइस्कूलमा दशसम्म जेन-तेन सकेर यहाासम्म आइपुगेको थिएा । बेतालीमा पढ्न जाँदा हजुरबाले बेला बेलामा कुरौनी अनि जिरी छँदा मावलको बजुले सुङ्गुरको मासु भुटेर दिएको सम्झना एकदम ताजै छ आजपनि । काठमाडौंमा आएर मामाको घरमा बसेर अध्ययन गर्न थालेा ललितपुरको महालक्ष्मीस्थानमा । यतिखेर बाबा पाल्पाको दर्छा टााडीमा नहर बनाउने प्रोजेक्टमा कार्यरत हुनुहुन्थ्यो । हजुरबुबा लगायत स-परिवार पहाडमा । दाई सूर्य नागालेण्ड तर पछि मैले नेपालमा नै झिकाएा, हाल काठमाडौंमा नै बसोबास छ उहाँको ।
आज धेरै लेख्न मन लागेको छ, भन्न मन लागेको छ । तर आˆनो एकहोरो गनथनले श्रोताहरुलाई दिक्क लाग्नेपो होकी भन्ने डरपनि । एउटा लेखकले सोच्न सके राम्रो आजभोलीको समयमा । कलेज पढ्दा म एक्कासी अनौठो पाराले बदलिन थालेा । म सागै पढ्ने अर्का दाइ थिए, रामकृष्ण आाकाला । उहाँको पनि नजिकको नाता पर्दथ्यो बाजे बजुको, मेरा मामा-माइज्यूलाई । उहाँसाइन्स पढ्नु हुन्थ्यो अमृत साइन्स कलेजमा । हल्का कविता लेख्नु हुन्थ्यो त्यतिखेर, साहित्य मासिक गरिमामा पनि उहााका कविता प्रकाशित हुन्थ्यो बेलाबखत । रामदाईको दाई र बाबा पनि लाहुरे भएको नाताले रवाफिलो भएर हिड्नु हुन्थ्यो । हाल बेलायतमा नै सैनिक सैक्षिक शाखामा कार्यरत हुनुहुन्छ ।
उहाँफुत्त भर्तिभएर हङ्गकङ्ग लाग्नुभो । म भने राजनीति र ब्याकरण घोक्न थालेा कलेजमा । मानविकी प्रथम वर्ष हा-हुमा नै बित्यो । यति बेलासम्म मैले सहरिया कााचुली फेरिसकेको थिएा । सत्र वर्षको जवानीका यी पापी आाखा खाली तरुनीतिर मात्र घोत्लिन थाले । नभन्दै एउटै ब्याजको केटीप्रति आकषिर्त बन्न पुगेछु । करिव एक वर्षसम्म सागै बसियो, हिडियो तर एक्कासी उनको विवाह भएपछि म एक्लो भएँ, एक्लै बााच्ने संकल्प गरेा । तर त्यो उनीप्रति बसेको माया भने ममा गाढिएको थियो कहिल्यै ननिस्कने गरेर । त्यति बेला मसाग बस्ने दाई रामकृष्ण भने भर्ति भएर गइसकेकाले मेरो पनि लाहुरे बन्न खोज्यो यो मनले । फलस्वरुप ११ नोभेम्बर १९८९ मा पोखराको बृटिश क्याम्पबाट म लाहुरेमा भर्ति भएँ। हामी धरान घोपाक्याम्पको अन्तिम छनोटको तथा पोखराका लागि पहिलो पूर्वेली जवानहरु थियांै ।
सन् १९९२ मा पहिलो छुट्ट िगइयो नेपालमा, विवाह बन्धनमा बााधियो । साथमा श्रीमती पार्वती, छोरी प्रेरिका १५ र प्रकृति ९ वर्षका साथमा आनन्दमय जीवन बिताएको बेलामा नेपथ्यमा साथीहरुले संकेतजी 'ल अब एउटा छोरा त पाउनुपर्यो नि' भन्ने पुराना पनि अति पुराना प्रवृतिका साथीहरुले मेरो श्रीमतीको मनमा रिक्तता रोप्ने काम गरिदिन्छन् कहिलेकाहीं । अनि सोध्ने गर्छे बेलाबखत 'छोराको खातिर कान्छी चंै नलेउ है मै पाइदिउला' भन्दै मेरो मन चिमोट्छे । म चालीसेले गााजिएको मान्छेले त्यस्तो सोच्नसम्म भ्याएको छैन भनेपछि मख्ख पर्छे । तर भविष्यलाई कसैले पढ्न चंै सकेको छैन आजसम्म भन्दा खिन्नताले मुख बिगार्छे ।
पाटनमा छादा धेरथोर राजनीतिमा लागियो । तर त्यसको टेस्ट लिन नपाउादै विदेशिन पुगियो । सायद खरदार जागिरमा नाम निस्केको र पे्रयसीसाग टाढा नभा'को हुादो हुात यतिखेर जिन्दगीको मोड नै अर्कै तिर मोडिएको हुन्थ्यो होला जस्तो महसुस भैराख्या छ ।
प्रत्येक मान्छेको जीवन शैली फरक त भई नै हाल्छ । गाउाले समाज, सहरको भन्दा पृथक, अनि सहर गाउाको भन्दा । बेलायत र अमेरिकाको पनि न बोलीको एक्सन मिल्छ न समाज नै । केही मिल्दैन, मात्र सैनिकीकरण सिवाए । भारत र चाइनाको मिल्दैन, अनि मिल्दैन कुनै पनि राष्ट्रको सभ्यता । मिल्नेभए संसारको विकासक्रम देखि लिएर सबै एकैनासका हुन्थे । यो धर्म, हिंसा, लडाई, धनी र गरीव बीचको दुरी टाढा रहने थियो । सभ्यताले जनस्तरमा ठूलो भूमिका खेल्दो रै'छ । सभ्यता भनेको देखेर, पढेर सिकिने कुरा हो तर हामीले कहिल्यै त्यसलाई हाम्रो सभ्यताभित्र समावेश गर्न सकेनौं । गर्यो भने पनि अपच खालका गर्यांै । तर त्यो पनि चाहिादो नै रहेछ समाज अनि देशलाई ।
ट्रेनिङ सकिनासाथ ब्रुनाई गइयो । तीन महिना पश्चात हङ्गकङ्गको ग्यालीपोली अर्थात फेन्लिङ भन्ने सानो सहर छेउामा । पल्टनघरमा छँदा नै आमाको स्वर्गवास भयो । नेपालमा जान दिएनन्, काजक्रिया सबै पल्टनघरमा नै गरियो । त्यो सम्झदा मन खिन्नताले कुँढिन्छ अझैं पनि ।
जगदिश घिमिरेज्यूले भनेझैं आत्मलापमा 'सधै धुमलिएका आकाश जस्तो देश' बेलायतमा पिंजडाको सुगाजस्तो जीवन गुजारा गरिरहेको छु । म मात्र हैन अरु थुप्रै छन् म जस्ता यो अनुभवमा रातदिन सल्किने भित्र मन मनै ।
भर्खरै मात्र जीवनमा पढ्नै पर्ने कितावहरु मध्ये केहीको अध्ययन गरि भ्याएा । अझै थुप्रै छन् बिस्तारै पढौंला । मैलेत केही बुैझेकै रैनछु, पढेकै रैनछु जस्तो लागिरहेछ । संसारका कुरा त परैजावस् । अध्ययन नगरी, नबुझीकन् लेखकले एकोहोरो आˆनैमात्र विचार पस्कनु हुन्नकी भन्ने मलाई लागेको छ यस बखत ।
नगरी नहुने मानव जीवनमा केही पनि छैन, रैनछ पनि । यति हो लागी परिरहनु पर्छ । संघर्ष गर्न छोड्नु हुदैन । 'पि|mडम इज नेभर कम इजिली वी हयाव टु फाइट फर इट' भने जस्तै सधै संघर्ष गर्नु पर्छ केही पाउनको लागि, सबैले प्राप्त नगर्लान् त्यो अर्कै कुरा हो ।
अब पो बल्ल लेख्न कम्मर कसेको छु । कविता, गीत, गजल, नियात्रा, खण्डकाव्य, उपन्यास, नाटक सबै लेख्छु अब । नगरिकन् नभन्नु भन्छन्, म भने नगरिकन भन्छु मेरो यो इच्छा हो । इच्छा र भावना आजको युगमा पनि वकालत गर्न पाइएन भने के उत्तरआधुनिकवाद ? के साइवर युग ?
२८ सेप्टेम्बर २००९ का दिन राजेश पायल राईको 'दर्शन नमस्ते' एलबमको विमोचन थियो होटेल एभरेष्टमा । मेरो पनि एउटा गीत छ तुावालो । उक्त एलबमका सबै सहकर्मीहरुलाई विशिष्ट संगीतकार अमर गुरुङज्यूले सबैलाई ट्रफी र खादा ओढाएर सम्मान गर्नुभयो । चिया पान गर्दा अमरदाईले तीन-चार वटा गीत दिनुस् म छानेर एउटामा संगीत भर्छु भन्ने बचन दिनुभयो । ताुवालो गीतमा नयाँशब्द र थिम पाउनुभयो रे, खुशी लाग्यो । त्यसैले गीत पनि लेख्दै छु् । एउटा एलबम निकाल्ने रहर जागेको छ । नियात्रा प्रेसमा छ । आफै जलेको देश कविता संग्रह आˆनै गाउासम्म पुर्याउन नपाउादा फेरि दोस्रो संस्करण छापिदै छ । पुराना कलेजका साथीहरु सम्पर्कमा आएका छन् । कोही ब्यापार गरौं भन्छन् । कोही भट्टी जाउँ भन्छन् । पुराना मायालुहरु अझै माया लगाऔं । माया गरौं भन्छन् । यी सबै चालीसेले छोएपछि आएका प्रस्तावहरुबाट भन्नु नै पर्दा पूर्णरुपले म मुछिएको छु । हालसालै काठमाडौंमा एउटा कन्सल्टेन्सी पनि खोली भ्याएको छु, काम भै रहेको छ । त्यसैले केहिहद सम्म मैले हल्का मन भएको महसुस पनि गरेको छु । झन् डा. तुलसी भट्टराईको साठी लाग्दाको क्षण पढेपछि त मनमा अर्कै आाटले टम्म भरिएको छ, ठेकीमा जमेको दही जस्तो भएर । दही पनि छ, भगवान कृष्ण पनि पाएको छु, तर लिलामोचन गर्न गोपिनीहरु भेटेको छैन । भेटेपनि ज्ञान र मोचन भन्दा भिक्षामाग्ने र दानमाग्नेको बीचमा पातलो विश्वाशभित्र रिक्तताको आभाष नीलो आकाशमा मडारिएको देख्छु ।
जीवनको जिउने क्रममा आफूले आफैलाई हामीले चिनेका रैनछौ । अनि आफूले आफैलाई नचिनेको मान्छेले अरुको पछाडिबाट किन बोल्ने ? जो कसैलाई पनि प्रत्येक मान्छेमा एक भन्दा बढि समस्याबाट निचोरी रहेको हुन्छ । समस्या नभएको मान्छे आजसम्म पाउन सकेको छैन यो विशाल ब्रम्हाण्डमा । एउटा बालक पनि एक प्रकारले टोलाइरहेको हुन्छ, उसले पनि कलिलो दिमागबाट निस्कको, कलिलो विचारबाट उब्जेको समस्याले सताएको हुँदो हो । अनि त मान्छे न सन्तुष्ट हुन्छ न पूर्ण नै । जीवन यसरी नै बगिरहेको, चलिरहेको अनि कसैले प्रयोगमा लिइरहेको हुँदो रै'छ । बिना प्रयोगमा बााचेको मान्छेको मन कस्तो हुन्छ ? आजसम्म उत्तर मिलिरहेको छैन ममा ।
चालीसे नकाट्दासम्म साथीभाइ इष्ट मित्रहरुले मलाई छटपटे छस् त भन्थे तर आज म चालीसे नाघिसकेा तरपनि छटपटे नै छु म ।
१७ मार्च २००७ मा यूकेमा सुनुवार समाजको स्थापना गरियो मेरै पहल र आग्रहले । त्यो मेरो रहर थिएन । अरुले संस्था खोले, हामीले पनि खोलौं भन्ने देखासेखीले पनि थिएन । अनि थिएन पदको कुनै लालचा । कुनै पनि संघसंस्थाहरु जाति विशेष तथा हाना थापीले खोलिने हैन । संस्थाको उद्देश्य भनेको भ्याएसम्म हरेक क्षेत्रमा विकास, आˆनो संस्कृति, भाषा-भेषभूषा, रहन-सहनको संरक्षण तथा सम्बर्द्धन गर्नुको साथै संस्था भित्रका कमजोर सदस्यहरुलाई उनीहरुको आपतकालीन समयमा सहयोग पुर्याउनु हो । यो भन्दा बढी अरु केही होइन । अझै सम्पन्न राष्ट्रहरुमा यो गरिरहन पनि वास्तवमा समयको बर्बादी बाहेक अरु होइन भन्ने कुरा प्रमाणित गर्नु नपर्ला ।
११ तारिख २००८ सालमा डा. लाल स्यााकुरेल रापचाज्यूलाई बेलायतमा -किराात सुनुवार सेवा वेलफेयर सोसाइटी) ले गरेको अन्तरक्रिया 'किराात समुदायहरु बीच सुमधुर सम्झौता तथा परामर्स' कार्यक्रममा संस्थाको सचिवको हैसियतले बेलायत झिकाउने बन्दोबस्त गरियो जर्मनबाट । आहृवान गरियो संस्थाका सबै सदस्यहरुलाई हैसेमा होस्टे थप्न । भन्नु पर्ने सवै संस्थाका पदाधिकारीहरुलाई पनि इमेल तथा पत्रमार्फत अबगत गराइयो । आफू इराकमा कार्यरत भएता पनि विभिन्न माध्यमबाट हरप्रयत्न गरियो । फोन गरियो, जर्मनमा, युकेमा, नेपालमा, केचैं गरिएन ? कम्पनीले दिएको समयमा युके आइनपुग्ने भएपछि आˆनै खर्चमा कम्पनीका घोरण्डा गोरा र हाल्फ गोराहरुसाग भनाभन पनि गरियो । कार्यक्रममा याक्थुङ चुम्लुङ, यायोख्खा र देवान समुदायका सबै संस्थापक कार्यकारिणी सदस्यहरु लगायत विभिन्न बुद्धिजिवी तथा पत्रकार साथीहरुलाई चुले निम्तो दिइयो । सबैको उपस्थिति रहृयो । भ्याएसम्म आफूले जानेको बुझेको सबै गरियो । प्रकाश, धर्म विक्रम, राम, हरि र होमदाई लगायत अरु थुप्रै साथीहरुले ज्यानदिलो दिए कार्यक्रमको माहौलमा कमिकमजोरी आउन नदिनको खातिर । आˆनै संस्थाका अध्यक्ष, उपाध्यक्ष र सल्लाहकारहरु नआउादा पनि कार्यक्रम सफल बनायांै । लागेको खर्च संस्थाले बेहोर्ने कुरा भएपनि आजसम्म फर्किएको छैन । अनि मैले अपेक्षा पनि राखेको छैन । खर्चको हकमा डा. लाल सरकोे टिकट भाडा लगायत सबै मैले नै बेहोरेको थिएा । मैले आˆनै गोजी टकटकाएर तिरेपनि मलाई कुनै पछुतो छैन । तर आज आएर मज्जाले यी दाातहरुमा ढुङ्गा लागेको महसुस भने मनग्यै नै गरेको छु । मान्छेहरु फाटिएका छन् । कुराहरु काटिएका छन् । अरुले बिर्से पनि डा. लालसरले चैं बिसर्नु हुन्नहोला भन्ने लागेको थियो तर मज्जाले नै बिर्सनु भो । यहाा सम्झना पोख्ने बाटाहरु धेरै छन् गर्नेलाई, यो जीवन र जगतमा । यतिखेर कस्तो लाग्दै छ भने आˆनो जस्तो भलो मन चिताएर समाजलाई मीठो चिज पस्किादा पनि नमीठो हुँदो रै'छ । खाएपनि अपच हुँदो रहेछ भने, यो संस्थाप्रति आˆनो परिवारबाट समय चोरेर निकाल्नु, ढाँटेर अफिस नजानु जस्ता कुरा फेरि मबाट दोहोरिने छैनन् कहिल्यै पनि आगामी दिनहरुमा ।
अबत झन् चालीसेले छोयो, गाला च्याउझैं चाउरिएता पनि मन चाउरिएको छैन । झन् भित्रभित्रै काउकुती लागिरहेछ बेतोडले । हेरौं यो बुढो तर कलिलो उमेरमा अरु के के हुने हो, लेख्दै जाने छु ।