Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
बेलायत पुगेका विद्यार्थीहरु अत्तालिएका छन् तर पनि काठमाडौंका कन्सल्टेन्सीहरुमा भिड घटेको छैन
 

काठमाडौं/ राजधानीका अधिकांश वेलायत पठाउने कन्सल्टेन्सीहरूमा अहिले युवावर्गहरूको घुइँचो बढ्दै गएको छ । गत मे महिनादेखि वेलायत सरकारले त्यहाँ पढ्न जाने नेपाली विद्यार्थीलाई सजिलोसँग भिसा लाग्ने बनाइदिएपछि नेपाली युवाहरूको वेलायतमा पढ्न जाने इच्छा एकाएक पुरा हुँदै गएको छ ।

सामान्य औपचारिक कागजादका साथमा २८ दिनसम्म बैंकसँग रहेको व्यालेन्स पुष्टि हुन आएमा लगभग ९० प्रतिशत भिसा पक्का हुने गरेको शैक्षिक परामर्श केन्द्रहरू -कन्सल्टेन्सी) ले बताएका छन् । पछिल्लो समय सजिलैसँग जान सकिने भएकाले बेलायत जानेको संख्या दिनदिनै बढ्दै गइरहेको नयाँ वानेश्वरस्थित व्यार्डफोर्ड एजुकेशन कन्सल्टेन्सीका काउन्सिलर करिश्मा शाहीले बताइन् ।

तीन महिनाभित्र ३ दर्जन भन्दा बढीलाई वेलायत पठाइसकेको जानकारी दिँदै शाही भन्छिन् -'एक सय चांैतीस जना विद्यार्थी बेलायत जाने लाइनमा छन् ।' विगतको तुलनामा भन्दा हाल आएर बेलायत जानेहरूको संख्या निकै बढ्दै गइरहेको जानकारी दिादै शाहीले अहिले अष्टे्रलिया र अमेरीकाको तुलनामा बेलायत जानेको साख्या दोव्वर भएको उल्लेख गरिन् । उनको कन्सल्टेन्सीमा आएका नरेन्द्रकुमार यादव एक अभिभावक हुन् । उनी आफ्नो छोरालाई बेलायत पढ्न पठाउन चाहन्छन् । त्यसैले त यही कुरा वुझ्न उनी यहाा आएका रहेछन् । यादव भन्छन् -'छोराको सुनौलो भविष्य निर्धारण गर्न बाहिर पढाउन लागेको हो, नेपालमा डिग्री गरेको मानिसले भन्दा बाहिरबाट पढेको मानिसले धेरै महत्व पाउाछ, जसले गर्दा उसले संसारको जुनसुकै ठाउामा गएर पनि काम गर्न सक्छ त्यसैले यहाा आएको ।'

त्यसो त उनको जस्तै कथा धेरै अभिभावकहरूको छ । करिब डेढ महिनादेखि बागबजारस्थित रिगल एजुकेशन कन्सल्टेन्सी धाउादै गरेका पल्लव कार्कीको भनाई पनि फरक छैन । 'पढ्नको साथसाथै पैसा पनि कमाउने उद्देश्यले छोरालाई बेलायत पठाउन लागेको हो'- उनले खुसी हुादै वेलायत रोज्नुको कारण यसरी सुनाए -'त्यहाा गएपछि पढाई पनि हुन्छ, कमाई पनि हुन्छ, अहिले अन्त भन्दा बेलायत नै ठीक रहेछ ।' छोरालाई बेलायत पठाउने सिलसिलामा नै अनामनगरस्थित डि्रम होरिजन एजुकेशन कन्सल्टेन्सीमा आइपुगेका अर्का अभिभावक हुन् केशवप्रसाद सापकोटा । बेलायत जान कति खर्च लाग्छ भनेर बुझ्न आएका उनलाई केही कुरा बुझाउादै सोही कन्सल्टेन्सीका काउन्सिलर सुरज थापाले भने -'भोकेशनल कोर्षको लागि पााचदेखि सात लाख चाहिन्छ, यदि युनिभर्सिटिमा बसेर अध्ययन गर्ने हो भने कम्तिमा १० लाखसम्म लाग्छ ।'

गत ६ महिनामा सो कन्सलटेन्सीले करिव ६ दर्जन विद्यार्थीलाई बेलायत पठाइसकेको छ भने त्यत्तिकै संख्यामा वेलायत जान विद्यार्थी तयारी अवस्थामा लाइनमा रहेका छन् । बेलायत जाने युवाहरूको क्रेज जति बढ्दो छ त्यसमा अधिकांश केटाहरू नै छन् । प्रायगरी १८ देखि २७ बर्षभित्रका युवाहरू बेलायत गइरहेको प्रोफेशनल एजुकेशनल कन्सलटेन्सीका राजु सिंहले बताए । उनले भने -'प्राय अभिभावक छोरालाई नै विदेश पढाउन चाहन्छन् । त्यसैले गर्दा केटीको तुलनामा विदेश जाने केटा नै बढी छन् ।' त्यसो त जोडीकै भिसामा बेलायत जानेहरू पनि धेरै छन् । यसका लागि कतिले सााच्चिकै विहे गर्छन् भने कतिले बेलायत जानको लागि मात्रै ।

हुन त बेलायत पुगिसकेका विद्याथीहरुको स्थिति अत्यन्त खराव रहेको छ भन्ने कुरा नेपालमा पनि थाहा नभएको होइन । तर त्यस्तो अवस्था यदा कदा मात्रै भएको भन्दै कन्सल्टेन्सीहरूले विद्यार्थी खोज्नका लागि थुप्रै बिज्ञापन गरीरहादा बेलायतको आकर्षण झन् भन्दा झन् बढेर गएको छ । 'हाइ रिस्क, हाइ प्रोफिट' भन्ने मान्यतालाई अंगाल्दै डिपेन्डेन्सी भिसामा बेलायत जान लागेका व्यक्ति हुन रामचन्द्र तिमिल्सिना । उनी भन्छन् -'जुन ठाउामा रिस्क वढी हुन्छ प्रोफिट पनि त्यही हुन्छ त्यसैले मेरो रोजाई बेलायत नै बनेको हो ।' पछिल्लो समयमा बेलायत जानेको तुलनामा अष्टे्रलिया, यूएसए, क्यानडालगायतका देशमा जानेहरूको संख्या निकै कम छ । जता हावा लाग्यो त्यतैतिर पात हल्लिन्छ भने झै नेपालमा अहिले लहर चलेको छ बेलायत जानेहरूको ।

नेपालका कन्सल्टेन्सीहरुमा यतिखेर जतासुकै रौनक छाएको छ र सबै कन्सल्टेन्सीहरु मालामाल भएका छन । विद्यार्थीले दिने रकम अनि बेलायतका कलेज शिक्षण संस्थाले दिने रकम गरी दुवै पक्षसाग रकम असुल्न पाएका कन्सल्टेन्सीहरु अब करोड नकमाउने कमै होलान् । ती कन्सल्टेन्सीहरु आफ्नो आम्दानी लुकाएर सरकारलाई कर नतिर्ने काममा पनि खप्पिस छन् ।

तर बेलायतमा भने नेपाली विद्यार्थीको बिचल्ली भएको छ । कन्सल्टेन्सीले बताएको कुराहरु कतिपय विद्यार्थीहरुलाई यहाा उल्टो भएको छ । कतिपय विद्यार्थीहरु जुन कोर्सका लागि आएका थिए, त्यो कोर्समा पढ्न पाएका छैनन् । कतिपय कलेजहरुले आफ्नो क्षमता भन्दा बढी विद्यार्थी बेलायतमा उतारेका छन् । त्यसले गर्दा पढाई सञ्चालन नै गर्न नसकेको अवस्था पनि रहेको छ । कैयााैं विद्यार्थीहरु कलेजलाई आफ्नो आइपुग्ने मिति जानकारी नदिएका कारण पनि एयरपोर्टमा अलपत्र पर्ने गरेका छन् भने कतिपय कलेजकै लापरवाहीको कारणले पनि अलपत्र पर्ने गरेका छन् ।

बेलायत सरकारले मन्दीबाट देशलाई उठाउन पनि अहिले विद्यार्थीहरुको बाढी नै बग्न दिएको छ । सरकारले अघोषित रुपमा भए पनि नेपाली विद्यार्थीहरुलाई प्राथमिकता दिएको छ । करिब २० हजार नेपालीले भिसा पाएको र त्यती नै संख्यामा भिसा आवेदन अझै पर्ने आंकलन पनि रहेको छ । तर यो तथ्याङ्कको पृष्टि भएको भने छैन ।

बेलायतमा अहिले करिब २५ लाख मानिस बेरोजगार छन् । यस्तो बेलामा बेलायत आइपुगेका नेपाली विद्यार्थीहरु अहिले काम नपाएर अत्तालिएका छन् । कतिपय विद्यार्थीहरु फर्कि सकेका पनि छन् । एक जना विद्यार्थीले मानसिक सन्तुलन नै गुमाएको र पासपोर्ट नै च्यातेको खबरले पनि विद्यार्थीहरुको बेलायती अवस्था बताएको छ ।

कतिपय विद्यार्थीहरुले नेपालबाट ल्याएको रकम खर्च गरिसकेका छन् । र बेखर्ची हुन थालेका छन् । विद्यार्थीहरुको लागि राम्रो काम गर्ने थलो बन्न सक्ने रेष्टुरेण्टहरुमा कामको खोजी गर्नेहरुको भीड लाग्ने गरेको छ । एक नेपाली रेष्टुरेण्ट व्यवसायीले नाम नखोल्ने शर्तमा भने - 'एक दिनमा १०/१२ जनासम्म रेष्टुरेण्टमा नै कामको खोजीमा आइपुग्छन् भने अरु १०/१२ कल फोन कामको लागि आउने गरेको छ ।'

बेलायतमा आफ्ना नजिकका नातेदार हुनेहरु अझै जेनतेन उनीहरुको सहयोगमा 'भविष्य बनाउने' दौडमा सामेल भइरहेका छन् । तर केही विद्यार्थीहरु थाकिसकेका छन् । बेलायतमा काम समेत खोजी दिने आश्वासन बााडेर विद्यार्थी तान्न सफल केही कलेजहरु अहिले आफूले दिएको झूटो आश्वासनको कारण तनावमा पनि पर्न थालेका छन् ।

अस्टे्रलियामा भारतीय विद्यार्थीहरुले जे जस्तो विगत भोगेका छन्, बेलायतमा नेपाली विद्यार्थीहरुले त्यही हविगत भोग्नु पर्ने स्थिति सिर्जना हुादे गइरहेको छ । नेपालबाट आउने अधिकांश विद्यार्थीहरु पढ्न भन्दा पनि कमाउन आउने हुन् भन्ने कुरा बेलायती सरकारलाई पनि थाहा छ तर पनि नेपालीलाई भिसा दिन बेलायत सरकार लालायित रहिरहेको छ । यसमा उसको ठूलो स्वार्थ लुकेको छ । पाकिस्तानी, बंगलादेशी भन्दा नेपालीलाई बेलायतले सजिलै भिसा दिएको छ । बेलायत आउनेमा भारतीय विद्यार्थीहरुको संख्या पनि ठूलो रहेको छ । तर, भारतीयहरुको नेटवर्क बेलायतमा ठूलो रहेको र उनीहरु अधिकांश व्यापार-व्यवसायमा संलग्न रहेकोले भारतीय विद्यार्थीहरुले नेपाली बराबरको समस्या भोग्नु परेको छैन ।

भारतीय विद्यार्थीहरु सकेसम्म लण्डन बाहिरका कलेज वा आफ्ना नातेदारहरु रहेको इलाकाका कलेजमा पढ्ने गरी आएका छन् । तर नेपाली विद्यार्थीहरु अधिकांश लण्डन भित्रकै कलेजमा पढ्ने गरी आएका छन् । जसले गर्दा आफ्नो बन्दोवस्त नभएसम्म नातेदारहरुकहाा बस्ने सम्भावनामा पनि काँडो तेर्सिएको छ । विद्यार्थीहरु पार्कमा बस्ने गरेको हल्लाले पनि बेलायतवासी नेपाली समुदायलाई चिन्तित बनाएको छ ।

बेलायतको अर्थतन्त्र अझै उठिहाल्ने अवस्था रहेको छैन । त्यसैले ज-जसले अहिलेको यो अवस्थासाग मुकाविला गर्न सक्छन्, उनीहरु तग्न सकेमा केही न केही काम समयको अन्तरालमा पाउन सक्ने सम्भावना रहेको छ तर धेरै विद्यार्थीहरुको भिसा १ वर्ष मात्र लागेकोले फेरि भिसा थप्नको लागि पर्ने कठिनाईले पनि विद्यार्थीलाई मारमा पार्ने निश्चित छ । त्यसैले नेपालबाट आइ नसकेका विद्यार्थीहरु बेलायत आउने बारेमा तीन पल्ट सोच्नु जरुरी छ ।

 

अन्य शीर्षकहरु
भएका संरचना पनि बेहाल - अस्तित्व गुम्दैछ उजिरसिंह पार्कको
नेताहरुको कृयाकलापले निराश छन् जनताहरु
अनुगमनको अभावबीच नेपालमा बढ्दो स्पा
झापड हान्ने मन्त्रीलाई कारवाही नगर्न निर्देशन दिए प्रधानमन्त्रीले
बेलायत पुगेका विद्यार्थीहरु अत्तालिएका छन् तर पनि काठमाडौंका कन्सल्टेन्सीहरुमा भिड घटेको छैन
मृत्यु पर्खनुभन्दा गाह्रो काम अरु केही होला र ?
शोकमा ढुव्यो एउटा खुसीको भेला
के हुन सक्छ गिरिजाबाबुको अन्तिम इच्छा ? माधव निर्दोष
'हाम्रो भूमिमा भारतको रजाइँ छ, भ्रमणको के औचित्य ।' माधव निर्दोष
कटवाललाई मन परेका नेता केपी ओली
क्षेत्रि ट्याक्सि चढेर बाहिरिए, भट्टराई माला पहिरिएर भित्रिए - माधव निर्दोष
कन्सल्टेन्सीहरुमा वेलायत जाने बिद्यार्थीको घुईंचो - राधिका ढकाल
कर्णालीमा सुन भेटियो, उत्खनन् कार्य सुरु राधिका ढकाल
नेपाल आउने वेलायती पर्यटकहरु बढे
पुड्काहरुको बिहे- मन मिलेपछि राधिका ढकाल
दैनिक सोह्र घण्टे लोडसेडिङ - एक झलक – माधव निर्दोष
घरेलु महोत्सवमा विदेशी सामानको व्यापार
डान्स रेस्टुरेन्ट व्यवस्थित गर्न सर्बोच्चको निर्देशिका
मजदुर आन्दोलनले ग्रसित हुँदैछन् उद्योगहरु
पैसा भएन नीजि क्याम्पसमा पढ्न सकिन
छोरा-छोरीहरु कुलतमा फसेपछि...
सरकारको नीति तथा कार्यक्रमका प्रमुख बिषयहरु -
३३ बर्षपछि मुद्दा जितिन् सत्यमाया मानन्धरले - माधव निर्दोष
११ बर्षमै अर्काकी श्रीमति बनिन् सिर्जना
श्रीमति कुटपिट गर्ने पक्राउपरेपछि.....
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly