Contact us / About Us/ टिकटसम्पर्क
       
 
नेपाली सन्देश साप्ताहिक पिडिएफमा
पेज 1 2 3 4 5 6
7 8 9 10 11 12
 
खाली हुन लागेको पदपुर्तिको लागि विज्ञापन
 

 

निकट भविष्यमा खाली हुन गैरहेको एक पद पुर्ति गर्नु पर्ने भएको हुनाले यो विज्ञापन प्रकाशित गरिएको छ । तल उल्लेख गरिएको योग्यता आफुमा भएको दावी गर्ने ब्यक्तिले मैलपोश सुरुवाल यस पटक काम नलागे कुनै पटक त काम लागिहाल्छ भन्ने सोचेर हरेक तीन चार महिनामा खाली हुने यस पदको प्राप्त गर्ने कसरतमा जुट्न यो सूचना जारी गरिएको हो ।

यो पदमा विराजमान महोदयका लागि आवस्यक समर्थन फिर्ता हुन थाले पछि दिनगन्ति सूरु भएको यो पद कुनै पनि समयमा खाली हुनसक्ने भएको हुनाले आवेदकहरुलाई तम्तयार हुन समेत यसै विज्ञापन साथ सूचित गरिन्छ ।

यस पदको न्यूनतम योग्यता मध्येको सवै भन्दा महत्वपूर्ण योग्यताका रुपमा एक विरामी भैराख्ने बृद्धकी छोरीलाई सके आप\mनै पद दिएर खुसी पार्न सक्ने नसके "उप" जोडिएको पद दिनु पर्ने रहेकोछ ।

दोस्रो महत्वपूर्ण योग्यता पहिलो योग्यता भन्दा पनि महत्वपूर्ण हुँदाहुँदैपनि देखाइमा दोस्रो र सारमा पहिलो महत्वपूर्ण योग्यता हो । यस योग्यता अन्तर्गत दाढीवाल ब्यक्तिका पछाडिको शक्तिलाई पहिचन गर्न सक्ने र त्यो शक्तिको भक्त हुन सक्नु मुल मर्म हुने छ । ती दाढीवाल सन्त महन्त होलान भनेर मन्दिर तिर खोज्न जाने भूल गर्नेहरुको आवेदन स्वतहः रद्द हुने छ । पशुपतिनाथका परम भक्त भएका कारण ती महोदय आजभोलि पशुपतिको चक्कर काट्ने र भट्टहरुको भक्तिमा जुटेको देखिए पनि र दाढी पालेका भए पनि उनी जोगी होइनन् भन्ने कुरामा निवेदक ढुक्क हुन आवस्क ठहरिने छ ।

यस्ता दाढीवाल महोदयका अनुकम्पा प्राप्त भएका खण्डमा जनताले रद्दीका टोकरीमा फालेको ब्यक्तिलाई पनि उक्त खाली पदमा भर्ती गर्न सकिने छ । बृद्ध बुढाको घरायसी चाकरीको अनुभवलाई ग्राहृयता दिइने भएता पनि काम गर्ने स्थल नेपाल भएको हुनाले चिनसंगको सम्बन्ध विस्तार र सुदृढ गर्न लागेको खण्डमा नियूक्ति स्वतह बदर भएको मानिने छ ।

एक अति मिलनसार छिमेकी राष्ट्रको चाहना अनुसारको कागजमा हस्ताक्षर गरेर राष्ट्रको जुनसुकै कुरा हकछाडी दिादा सन्धि सम्झौता गरेको छैन, संसदलाई र जनतालाई बताइराख्न पर्दैन भन्ने परम्परालाई कायम गर्न नसक्ने उम्मेदवारले झुक्किएर नियूक्ति पाइहालेमा पनि विना सूचना गलहत्याएर धकेलिने कुरामा आवेदक होसियार हुन अनुरोध छ ।

माथि उल्लेखित अति न्यूनतम योग्यताका साथमा, सके सम्म निर्वाचनमा दुई वा दुई भन्दा बढी स्थानबाट हार खाएको अनुभवी ब्यक्तिहरुले रिक्त हुनलागेको उक्त पदको लागि आवेदन पेश गर्न सक्ने छन् ।

आवेदन दिने स्थानः आवेदकले आवेदन तयार गर्नु भन्दा पहिला बृद्ध विरामी बावुसंग परामर्श गर्न सके नियूक्ति प्राप्त गर्न बढी अङ्क मिल्ने छ । बृद्धबाबुसंग अर्ति बुद्धि प्राप्त गरेका भरमा तयार पारिएको निवेदनलाई लैनचौर स्थित कार्यालयबाट प्रमाणित गरिएका प्रमाणपत्र संलग्न भएको निवेदनलाई मात्र मान्यता दिइने छ । त्यस्तो निवेदन लिई आवस्यक पर्दा जस्तो कदम चाले पनि दाढीवालको अनुकम्पाले संवैधानिक हुने कार्यालयमा बृद्ध विरामी बुढाको झोली चुहिएर फुत्केको सिंहासनमा विराजमान 'नेपाल-पति'को कार्यालयमा धाउनु होला । यो कार्यालय आवस्यक परे मध्यरातमा पनि खुल्ने भएता पनि 'आवस्यक कार्यालय'बाट प्रमाणित प्रमाणपत्र ल्याउन नसक्ने जनप्रतिनिधिहरुका लागि भने कार्यालय अवधिमा पनि द्वार बन्द हुने छ ।

माथि उल्लेखित योग्यता आफुमा पुगेको छ भन्ने लाग्ने ब्यक्तिले नेपाली जनताले आफुलाई तिरस्कार गरेको थप प्रमाण समेत लिएर यथा सम्भव चाँडै भरसक मध्यरात पारेर निवेदन पेश गर्न आहृवान गरिन्छ

अन्य शीर्षकहरु
गभर्नरसाव र मुख्यमन्त्री
ब्रहृमाण्डमा नै नभएको जात्रा काठमाडौंमा
बेलायती ओली बाबा र नेपाली ओली बाबा -महर्षि गौतम
सीपीको उभयलिङ्गीमा रुपान्तरण- महर्षि गौतम
कहिल्यै नसकिने सिंहदरवार कप
खुराफातेश्वर महादेव ओली कि : जय ! ! - महर्षि गौतम
तिहारको रमझममा फोहोरको रजाई - नारद पण्डित
खाली हुन लागेको पदपुर्तिको लागि विज्ञापन
बाम-पथ र दक्षीण-पथ पछिको अर्को पथ नारद पण्डित
सेना, पशु र राष्ट्र कुनैको पनि पति फापेन नारद पण्डित
यी नेताले थाल माझ्लान् त ... नारद पण्डित
मुक्कातानदेखि हतियारतान विषयक अन्तरक्रिया कार्यक्रम-नारद पण्डित
जुन गोरुको सिङ छैन..... - नारद पण्डित
प्रधानमन्त्रीको च्याटरुम - नारद पण्डित
लौ चिन्नुस् त म को बोलेको ? - नारद पण्डित
नाम अनुसारको काम गर्ने पार्टीलाई बधाई छ - नारद पण्डित
तीन टाउके सक्रिय छ
छोरी महात्म्य जिन्दावाद नारद पण्डित
छोरी महात्म्य जिन्दावाद!! - नारद पण्डित नारद पण्डित
बकुला र स्यालको मितेरी – नारद पण्डित
विष्णु भगवानका कृपाले बुटवल झकाझकी नारद पण्डित
मेरो पत्रकार बन्ने रहर – नारद पण्डित
मिलौ भन्ने आह्वान एक्लै गर्न पाइन्न नारद पण्डित
जता सूर्य ढल्कन्छ सूर्यमुखी पुष्प उतै र्फकन्छ – नारद पण्डित
कसैलाई मिठो त कसैलाई नमिठो जुत्ताको स्वाद नारद पण्डित
Contact: Email: info@nepalisandesh.com
Phone- Fax: 0044(0)1733530444 //

Copyright 2008. Nepalisandesh.com. All rights reserved.

The Nepali Sandesh Weekly